पुस १९, २०८२ आइतबार | १७:२२:३६
रञ्जन र रविनलाई उपाधि राजनीतिक तनावका कारण भारत र बंगलादेशको खेल रद्ध हुने शंका राजनीतिक तनावका कारण भारत र बंगालदेशको खेल रद्ध हुने शंका न्युजिल्यान्डविरुद्ध गिलले भारतको कप्तानी गर्ने आर्सनलको कमब्याक जित, ६ अंकको अग्रता दूरी बढाउँदै बार्सिलोना कैलाली जिल्लास्तरीय फुटबल: संघर्ष र फारवेस्ट विजयी अस्ताए नेपाली बक्सिङका हस्ती थापा आर्मीलाई सोझो सेटमा हराउँदै हेल्प नेपाल च्याम्पियन रवीन्द्र ढाँट ब्रान्ड हाउसको ब्रान्ड एम्बासडर रञ्जन र रविनलाई उपाधि राजनीतिक तनावका कारण भारत र बंगलादेशको खेल रद्ध हुने शंका राजनीतिक तनावका कारण भारत र बंगालदेशको खेल रद्ध हुने शंका न्युजिल्यान्डविरुद्ध गिलले भारतको कप्तानी गर्ने आर्सनलको कमब्याक जित, ६ अंकको अग्रता दूरी बढाउँदै बार्सिलोना कैलाली जिल्लास्तरीय फुटबल: संघर्ष र फारवेस्ट विजयी अस्ताए नेपाली बक्सिङका हस्ती थापा आर्मीलाई सोझो सेटमा हराउँदै हेल्प नेपाल च्याम्पियन रवीन्द्र ढाँट ब्रान्ड हाउसको ब्रान्ड एम्बासडर
शनिबारको दिन ब्ल्याक लाइभ म्याटर्स

'ब्ल्याक लाइभ्स म्याटर'

रोयटर्स । विश्व खेलकुदमा समय–समयमा रङ्गभेदी दुव्र्यहार भएका घटना बाहिरिइरहन्छन् । त्यसमाथि पनि जर्ज फ्लोयडको हत्यापछि रंगभेदको विरुद्धमा सुरु भएको  दि ब्ल्याक लाइभ्स म्याटर (बिएमएल) अभियानले सन् २०२१ मा अझ तीब्रता पायो । यसअघि विरोधसभा र बहसमा मात्र सीमित यो कदम कार्यन्वयनको चरणमा प्रवेश गर्यो । यो वर्ष खेलाडीहरुले नै यसमा अग्रसता देखाए ।

टेनिस कोर्टदेखि फुटबल मैदान मात्र नभएर फर्मुला वानका खेलाडीले पनि सन् २०२० सम्म सामाजिक संजालमार्फत् मात्र यो अभियानमा सहभागी हुने गरेका थिए । तर अब यो अभियान सामाजिक संजाल र मैदानमा मात्र सीमित रहेन । यो अभियान बितेको एक वर्षमा थप प्रभावकारी देखिएको छ ।

कुनै लिग अथवा उत्तर अमेरिकाको टोलीमा समावेशिता देखिएको छ भने त्यो वर्ष २०२१ मै हो । रंगभेदी दूर्व्यवहारको उन्मुलनका लागि खेलाडी र समर्थकको चर्चा दबाब कै कारण सम्बोधनको विषय बन्दै आएको छ ।

‘हामी हाम्रो लिगलाई नयाँ ढाँचामा अघि बढाउने प्रयासमा छौं,’ मेजर लिग सकरका कमिस्नर डन गार्बरले भने, हामीले पछिल्ला वर्षहरुमा के भएको थियो भन्ने बारे थाहा पाउनु जरुरी छ र त्यस्तै प्रकृतीका घटना नदोहोरियोस् भनेर सतर्क रहन पनि आवश्यक छ ।

‘हामीले सबै प्रतियोगिताहरुलाई समावेशी बनाउने निर्णय लिएका छौं र यो त्यति सहज भने छैन । तर हाम्रो यो कार्यले केही परिवर्तन भने अवश्य ल्याउने छ,’ उनले भने ।

जर्ज फ्लोयडको हत्यापछि विश्वभरका खेलाडीहरु रंगेभदी दूर्व्यवहारविरुद्धको यो अभियानमा जोडिएका थिए । प्रहरीले घुँडा टेकाएर नौ मिनेट सम्म घाँटी अठ्याउँदा उनको मृत्यु भएको थियो ।

फ्योडको हत्यापछि यो अभियानले अझै तिब्रता पाएको हो । वर्ष २०२१ मा विश्वभर भएका विभिन्न खेल सुरु हुनुअघि खेलाडीहरुले मैदानमा घुँडा टेकेर बिएलमएम अभियानमा समर्थन जनाउँदै आएका थिए ।

जापानी टेनिस स्टार नामोमी ओसाकाले युएस ओपन दौरान प्रयोग गरेको मास्कमा अमेरिकी प्रहरीले हत्या गरिएका पिडितको नाम लेखिएको पाइएपछि यो विश्वभरका संचार माध्यमको उच्च प्राथमिकतामा परेको थियो ।

२०२१ मै एनएफएल फुटबलमा प्रयोग हुने हेलमेटका साथ फर्मुला वानको स्टेरिङमा रंगभेदी दूर्व्यवहार अन्त्य गरौ भन्ने नारा लेखिएको थियो ।

टोकियो ओलम्पिकमा खेलाडीहरुको मानसिक स्वास्थका समाचारहरुले चर्चा पाइरहँदा केही खेलाडीहरुले भने बिएलएम अभियानलाई विश्व खेलकुदको महाकुम्भमा पनि आवाज उठाएका थिए ।

ब्रिटेन, अमेरिका र स्विडेनको महिला सकर टिमले पनि खेलअघि मैदानमा घुँडा टेकेर यससम्बन्धी जनचेताना बढाउने प्रयास गरेका थिए ।

‘अहिले जुन गतिविधीहरु भैरहेको छ, त्यसले रंभगेदी दूर्व्यवहार हटाउन धेरै प्रभावकारी बन्दै गइरहेको छ,’ एनएएसिपीका प्रवक्ता ठ्रोभान विलियम्सले भने, ‘जनचेताना नभएररै यस प्रकृतीका घटना बारम्बार भैरहन्छ । त्यसैले प्रभावकारी जनचेतनाको कार्यक्रम महत्वपूर्ण छ । पछिल्लो १८ महिनामा जे जति पनि कार्यक्रमहरु भएका छन्, ती सबै कार्यहरु प्रभावकारी देखिएको छ ।’