चैत्र १७, २०८२ मंगलबार | ०६:१४:१७
लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा
शनिबारको दिन किताबका कुरा

सुवर्ण क्षेत्रीको सपना, विश्वास र अठोट

काठमाडौं । यो खेलकुदसम्बन्धी किताब हो, यो खेलकुदसम्बन्धी किताब होइन । हो, किनभन्दा यसमा नेपाली खेलकुदबारे बाक्लै चर्चा छ । होइन, किनभन्दा यसमा खेलकुद बाहेकका अन्य धेरै छन् । हामी खेलकुदसँग सम्बन्धित किताबका कुरा चलाउँदै छौं, यसमा पहिलो रोजाइ बनेको छ, सुवर्ण क्षेत्रीको ‘सपना, विश्वास र अठोट ।’ 

भलै यो सम्पूर्णतः खेलकुदबारे मात्रै छैन । अहिले त होइन, केही नभए पनि दुई दशकजति अघि जाने हो भने क्षेत्री नेपाली खेलकुदका लागि परिचित नाम हो । 

सन् १९९९ मा काठमाडौंमा भएको आठौं दक्षिण एसियाली खेलकुदताका उनी नेपाली खेलकुदमा एकदिन बिराएर भेटिनेमा पर्छन् । त्यो भन्दा अगाडि सायद पुरानो पुस्ताले त दिनहुँ भेट्दा हो । उनी कुनै समय आफैं खेलाडी थिए । अलिकति टेनिस खेले । अलिकति क्रिकेट खेले अनि फुटबल पनि । खेल पत्रकार पनि भए, खेल पदाधिकारी पनि । यसबीच उनले ‘मिस नेपाल’ आयोजनामा पनि उत्तिकै भूमिका खेले । जेसीजतिर पनि सक्रिय रहे । 

यो भयो, २०२५ सालपछिको कुरा । उनले खेल पत्रकार भएर आफूले बेहोरेको केही महत्त्वपूर्ण घटना उल्लेख गरेका छन् । सँगै त्यो बेला समग्र नेपाली पत्रकारिता नै कस्तो थियो, त्यसबारे पनि चर्चा गरेका छन् । पछि उनी नेपाल क्रिकेट संघको सहसचिवसम्म भए ।

हाम्रो रुचि त स्वाभाविक रूपमा नेपाली खेलकुदसँग जोडिएको पक्षमै बढी छ । ठ्याक्कैभन्दा यो आत्मकथा हो । तर क्षेत्री स्वयं यसलाई आत्मकथा मान्ने पक्षमा छैनन् । लेखेका छन्, किनभने उनी यसरी आत्मकथा लेखिनुपर्ने मान्छे नै होइनन् । गजब छ, यो भनाइ । तर, उनले जति जानेर सुनेर आफ्ना स्मरण टिपाएका छन्, यो धेरे उपयोगी छ । यसमा कुनै शंका छैन । पुस्तकका चार भाग छन् । पहिलो हो, उनको सुरुआती दिन । यसबारे ‘शेर क्याम्पदेखि बेलायत र कलकत्ता’ मा चर्चा छ । हाम्रो बढी रुचि भएको भाग दोस्रो हो । 

शीर्षक नै रहेको छ, ‘पत्रकारिता, खेलकुद र जेसीज’ । त्यसपछि ‘ब्रान्ड मिस नेपाल’ र ‘विचार अनुभूति’ छन् । क्षेत्री लगभग पहिलो पुस्ताका खेल पत्रकार हुन् । सायद उनीभन्दा अगाडि एकाध अन्य खेल पत्रकार मात्र होलान् । उनले राइजिङ नेपालमा जागिर खाएका थिए । यसैक्रममा खेलकुदलाई आफ्नो क्षेत्र बनाए । उनले फुटबल, क्रिकेट र टेनिसका खेललाई आफ्नो समाचारमा समेटेका छन् ।

यो भयो, २०२५ सालपछिको कुरा । उनले खेल पत्रकार भएर आफूले बेहोरेको केही महत्त्वपूर्ण घटना उल्लेख गरेका छन् । सँगै त्यो बेला समग्र नेपाली पत्रकारिता नै कस्तो थियो, त्यसबारे पनि चर्चा गरेका छन् । पछि उनी नेपाल क्रिकेट संघको सहसचिवसम्म भए । उनले यस पुस्तकमा सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको १० औं एसियाली खेलकुदबारे अलिकति बाक्लै चर्चा गरेका छन् । यसको कारण स्पष्ट छ । उनी नेपाली टिमका ‘सेफ द मिसन’ थिए । 

यस अगाडि क्षेत्री सन् १९८२ को नयाँ दिल्ली एसियाली खेलकुदमा ‘डेपुटी सेफ द मिसन’ थिए । मुख्य ‘सेफ द मिसन’ भने कमल थापा । त्यस एसियाली खेलकुदसँग जोडिएको एउटा घटना पुस्तकमा उल्लेख छ । यो यहाँतिर कोट्याउँदा राम्रै हुन्छ । भएको के थियो भन्दा नेपाली खेलाडी सबै कडा निगरानीमा थिए, कतै कोही बरालिएला भनेर । फेरि यो आवश्यकता पनि थियो । राति ९ बजेभित्र खेलाडी भिलेजको आफ्नो कोठामा फर्किनुपर्ने नियम थियो । 

तर पौडीको केही खेलाडी राति ११ बजे एउटा रेस्टुरेन्टमा भेटिए । तिनीहरू मस्त नृत्यमा संलग्न थिए । अझ तिनीहरूको खेल त्यस रातको भोलिपल्ट बिहानै थियो । यस्तोमा निर्णय गरियो, प्रतियोगितामा सहभागी नै हुन नदिने अनि घर फर्काइदिने । भयो यस्तै नै । के अहिलेको समयमा यत्तिको कडा अनुशासन सम्भव छ त ? मनमा प्रश्न उठ्छ नै । क्षेत्रीले आफू जोडिएका अन्य केही राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताबारे पनि चर्चा गरेका छन् ।

अनि अन्त्यमा ‘विचार र अनुभूति’ मा नेपाली खेलकुदको स्थिति, यसका नकारात्मक पक्ष र विकासका लागि के कस्तो गर्नुपर्छ भनेर पनि आफ्नो मत राखेका छन् क्षेत्रीले । नेपाली खेलकुदमा रुचि राख्नेका लागि यो किताब पक्कै पनि पढ्न लायक छ नै । यसका लागि क्षेत्रीलाई धन्यवाद दिनैपर्छ । क्रियटिभ बुक्सको प्रकाशन हो यो । जनक नेपालले सम्पादन गरेका छन् अनि ईश्वर ज्ञवालीले भाषा हेरेका छन् । यो वर्ष ०८० को कात्तिकमै मात्र आएको किताब हो ।