फाल्गुन २२, २०८२ शुक्रबार | २३:३५:१९
एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा
शनिबारको दिन पारा खेलकुद

पारा खेलकुदः उपलब्धि चुलिएको वर्ष

काठमाडौं । फरक क्षमताका खेलाडीले खेल्ने पारा खेलकुदका लागि वर्ष २०८० उपलब्धिको हिसाबले ऐतिहासिक बनेको छ । यसै वर्ष नेपाली पारा खेलाडीले एसियाली खेलकुदमा पहिलो पटक पदक र ओलम्पिकसम्मको यात्रा गरेका छन् ।

यी दुवै सफलतासँग जोडिएकी छन्, पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धन । कात्तिकमा चीनको हाङचाउ एसियाली खेलकुदमा कांस्य पदक जितेकी पलेशा पेरिस ओलम्पिक २०२४ का लागि सोझै छनोट भएकी छन् । उनी एसियाली छनोट प्रतियोगिता जितेर पेरिस ओलम्पिकलाई पनि छानिएकी हुन् ।

पलेशाले छनोट प्रतियोगिता पार गरेर ओलम्पिक खेल्ने समग्रमै नेपालको तेस्रो खेलाडीको रूपमा आफूलाई उभ्याएकी छन् । यसअघि एसियाली छनोट चरण पार गरेर संगीना वैद्यले सन् २००४ को ग्रिस ओलम्पिक र दीपक विष्टले २००८ को बेइजिङ ओलम्पिक खेलेका थिए ।

चीनको ताइयाङमा चैत पहिलो सातामा सम्पन्न एसियाली छनोट प्रतियोगिताको फाइनलमा इरानी प्रतिद्वन्द्वी लिला मिर्जाइलाई हराएर उनले पेरिस पारालम्पिकको टिकट पक्का गरेकी थिइन् ।

के–४४ क्याटगोरीको महिला ५७ केजी तौल समूहकी पलेशाले मिर्जाइलाई ५–४ स्कोरले हराएकी थिइन् । त्यसअघि पलेशाले उज्वेकिस्तानकी करिमा मेलिकुजिइभाविरद्ध सफलता पाएकी थिइन् ।

टोकियो पारालम्पिक खेलिसकेकी पलेशाले त्यतिबेला भने वाइल्ड कार्डबाट सहभागिता जनाएकी हुन् । टोकियोमा उनले दुई खेल जितेर आफ्नो ओलम्पिक सम्भावनालाई उजागर गरिसकेकी थिइन् ।

यता, नेपालले पारा एसियाली खेलकुदमा पहिलो संस्करण (बेइजिङ २०१०) देखि नै सहभागिता जनाउँदै आएको हो । यसै वर्ष सम्पन्न चौथो संस्करणमा पलेशाले कांस्य दिलाएकी हुन् ।

पारा एसियाडमा नेपालले १० खेलमा १९ खेलाडीलाई सहभागी गराएको थियो । पहिलोपल्ट एसियाडमा नेपालले धेरै खेल र खेलाडी प्रतिस्पर्धी गराउँदा तेक्वान्दोले पदक जितेको हो । पारा तेक्वान्दो यसैपालि मात्र एसियाडमा समावेश गरिएको खेल थियो ।

पलेशाको पदक उपलब्धिबाहेक पावर लिफ्टिङमा पवन घर्तीमगरको राष्ट्रिय कीर्तिमान हाङचाउको अर्को उपलब्धि थियो ।

ओलम्पिकको एसियाली छनोटमा पलेशास‘गै पारा तेक्वान्दोका भरतसिंह महता र अमिर ब्लोनले पनि सहभागिता जनाएका थिए । ५८ केजीमुनि तौलमा भरतले इन्डोनेसियाका एम कुर्निभानलाई हराएर सेमिफाइनलमा स्थान बनाएका थिए । त्यहॉ उनले मंगोलियाका खेलाडीलाई पार लगाउन सकेनन् । अमिर पहिलो खेलमा चाइनिज ताइपेईका खेलाडीसँग हारेका थिए । पारा तेक्वान्दोका प्रशिक्षक कविराज नेगी लामा पेरिस पारालम्पिकमा पलेशाबाट पदक आशा गर्न सकिने बताउँछन् ।

पलेशालाई लामो समयदेखि प्रशिक्षण गराइरहेका अन्तर्राष्ट्रिय लेभल–२ पारा तेक्वान्दो प्रशिक्षक लामा राम्रो तयारी पाए पलेशाबाट ओलम्पिक पदक जित्ने सम्भावना देख्छन् । भन्छन्, ‘पलेशाले टोकियोमा वाइल्ड कार्डबाट खेलेकी थिइन् । यसपालि एसियाली छनोट जितेर जाँदै छौं । राम्रो तयारी पाए पलेशाले पेरिसमा पदक जित्न सक्छिन् । उनीसँग त्यो क्षमता छ ।’ हाल पलेशा चीनको सांघाईमा उच्च शिक्षा अध्ययनरत छन् ।फरक क्षमताका खेलाडीको लागि वर्ष २०८० मा महिला दृष्टिविहीन क्रिकेट खेलाडीले आफ्नै भूमिमा भारतसँग दुईपक्षीय टी–२० क्रिकेट शृंखला खेल्यो । वर्षको सुरुआतमै भएको क्रिकेट शृंखला नेपालले ३–१ ले जितेर दृष्टिविहीन क्रिकेटलाई उत्साहित बनाएको थियो । यस वर्ष ह्विलचेयर बास्केटबलका पनि छिटपुट प्रतियोगिताहरू आयोजना भए ।

वर्ष २०८० मा पारा खेलाडीका लागि अर्को एउटा सुखद सन्देश भनेको पारा राष्ट्रिय खेलकुद आयोजनाको प्रस्ताव अगाडि बढ्नु हो । ओलम्पिक, एसियाडजस्ता ठूला अन्तर्राष्ट्रिय खेलकुदमा जस्तै पारा खेलाडीका लागि जसरी छुट्टै प्रतियोगिता हुन्छ, त्यस्तै बृहत राष्ट्रिय खेलकुदमा पनि राष्ट्रिय प्रतियोगिता गर्न राष्ट्रिय खेलकुद परिषदले खेलकुद मन्त्रालयमा प्रस्ताव पठाएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भए अर्को वर्ष कर्णालीमा हुने दसौं राष्ट्रिय खेलकुददेखि नै पारा राष्ट्रिय खेलकुद हुनेछ ।

नेपाल खेलकुद पत्रकार मञ्च, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघजस्ता खेल संस्था आयोजना गर्ने स्पोर्ट्स अवार्ड कार्यक्रममा विगतदेखि नै पारा खेलाडीलाई समेट्दै आएको छ । देशको आधिकारिक खेलकुद निकाय राष्ट्रिय खेलकुद परिषदले पनि आफ्नो वार्षिकोत्सवमा प्रदान गर्ने अवार्ड कार्यक्रममा पारा खेलाडीलाई यस वर्षदेखि विधा छुट्याएर सम्मान गर्ने परम्पराको थालनी गरेको छ । विगतमा पारा खेलाडीलाई सम्मान गरे पनि समग्रमा मात्र गरेको थियो । यो पारा खेलाडीका लागि खुसीको कुरा हो ।