पुस १६, २०८२ बिहीबार | ०३:०८:१७
एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित
शनिबारको दिन दशैं

टेलिभिजन खेल पत्रकारको दशैंः बिदा पाइन्न, दशैं मनाउन छाडिन्न

काठमाडौं । आज कार्तिक ४ अर्थात फुलपाती, नेपालीको महान चाड विजया दशमीको सातौं दिन । आजबाट ५ दिनसम्म नेपालीहरु सरकारले दशैंका लागि भनेर छुट्याएको बिदामा रमाउनेछन् । दशैं त्यो चाड हो, जहाँ परिवारको पुनर्मिलन हुन्छ । ठूलाबडाहरुबाट आशीर्वाद लिईन्छ । विभिन्न उत्सवहरुमा संलग्न भइन्छ ।

माथि भनिएका दशैंको रीतिरिवाज बाहेकका कुराहरु हुन् । नेपालीहरु सम्पूर्ण कार्यहरुलाई ब्रेक लगाउँदै दशैं मनाउन आ-आफ्नो घर फर्कने चलन छ । दशैंको सातौं दिनसम्म आइपुग्दा उपत्यकामा मानिसहरुको लर्को ह्वात्तै घटेको छ ।

यी समाचारकर्मीलाई पनि त मन हुँदो हो, आफ्नो परिवारसँग बसेर दशैं मनाउने । तर, दर्शकलाई सही र समयमै सुचना प्रसार गर्न प्रतिबद्ध भएका उनीहरु दशैंका बेलामा पनि आफ्नो जिम्मेवारी लिइरहेका हुन्छन् ।

तर, एकाध पेशा यस्ता पनि छन् जसलाई दशैं अथवा कुनैपनि चाडपर्वले छेक्दैन । ती मध्ये एक हो, हाम्रै पेशा अर्थात, पत्रकारिता । विशेषगरी टेलिभिजन पत्रकारिता । समाचारले कहिले पनि ब्रेक लिँदैन, र टिभी पत्रकारहरुले विशेष गरी दशैं जस्तो महान चाडका बेलामा पनि दर्शकलाई सुचना प्रवाह गर्ने कालाई निरन्तरता दिइरहेका हुन्छन् । 

यी समाचारकर्मीलाई पनि त मन हुँदो हो, आफ्नो परिवारसँग बसेर दशैं मनाउने । तर, दर्शकलाई सही र समयमै सुचना प्रसार गर्न प्रतिबद्ध भएका उनीहरु दशैंका बेलामा पनि आफ्नो जिम्मेवारी लिइरहेका हुन्छन् ।

आज हामीले यिनै समाचारकर्मी, विशेषगरी टेलिभिजन खेलपत्रकासँग उनीहरुको अनुभव, यसपाली दशैंको योजना के छ ? लगायतका विषयमा केन्द्रित रहेर कुरा गरेका छौं ।

१. सरिता श्रेष्ठ, ग्यालेक्सी फोर के

 

दशैंको बेला काम पनि गरिरहेकै हुन्छु । चाडपर्वका बेला काम गर्ने बानी नै परिसकेको छ । काठमाडौंमै बस्ने भएकाले दशैंको बेलामा जिम्मेवारी झन् बढि हुन्छ । धेरै सहकर्मीहरु उपत्यका बाहिरका भएकाले अफिस खाली खाली जस्तै हुन्छ । तर, अफिसमा हामी रमाइलो भने गर्छौँ । यसपाली त झन् धेरै खेलहरु छन् । सिनियर क्रिकेट टोलीले घरमै अन्तर्राष्ट्रिय शृंखला खेलिरहेको छ । लगत्तै विश्वकप छनोट खेल्दैछ । यु–१९ टोलीले एसिया कप छनोट, प्रिमियर कप खेलिरहेको छ । त्यसैले यसपालीको दशैंमा यतै व्यस्त भइन्छ । 

२. सविना कार्की, कान्तिपुर टेलिभिजन 

५-६ वर्ष नै भइसक्यो मैले परिवारसँग बसेर दशैं मनाउन नपाएको । अहिले त यस्तो भइसक्यो कि, परिवारले पनि मेरो बिदा नमिल्ने भएर मलाई घर आउ भन्न छाडिसके । सकेसम्म परिवारसँगै बसेर दशैं मनाउन मन छ । तर, हाम्रो पेशा नै यस्तो छ की हामीले चाहेर पनि घर परिवारसँग दशैं मनाउन पाउँदैनौं । दशैंका बेलामा घरको एकदमै याद आउँछ । अफिसमा आफू जस्तै अरु साथीहरु पनि हुनुहुन्छ । आफ्नो जिम्मेवारी पनि हो, त्यस हिसाबले खुसी पनि लाग्छ ।अरुले दशैं मनाइरहँदा आफू चाहिँ जिम्मेवारीमा बस्नुपर्दा नराम्रो त लाग्छ । तर, आफ्नो पेशा नै त्यस्तो भएको भएर धेरै गुनासो चाहिँ रहन्न । तर, कहिले काहिँ आफ्नो साथीहरुले गुनासो गर्नुहुन्छ, आइदिएको भए हुन्थ्यो । त्यो बेला चाहिँ अलिकति खल्लो लाग्छ । यसपाली नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट चलिरहेको भएर त्यतै व्यस्त भइन्छ । अरु बिटको साथीहरु भने समय मिलाएर घर गएका छन् । हामी खेल पत्रकारहरुको दशैं मैदानमै हुनेछ ।

३. सोनिका अर्याल, संचारकर्मी

 

मैले २-३ वटा दशैं टेलिभिजनमा काम गरेर नै बिताएको छु । समाचार भनेको तोकिएकै समयमा जानुपर्छ । त्यसैले हामी त्यसका लागि तयार हुनुपर्छ । दशैंका बेलामा काम गर्दा रमाइलो नै नहुने भने होइन । म मात्र होइन, अरु सहकर्मीहरु पनि काम गरिरहेका हुन्छन् । त्यसैले अफिसमा पनि दशैंको माहोल नै हुन्छ । तर, टिकाको दिन भने साह्रै नरामाइलो लाग्दो रहेछ । घरमा सबैसँगै बसेर तयार भएर टिका लगाउन बस्दा आफूलाई एकदमै नरमाइलो लाग्थ्यो । घर परिवारको एकदमै याद आउँथ्यो । आखिर दशैं भनेकै आफ्नाहरुसँग भेटघाट गर्ने, रमाइलो गर्ने त हो । यसपाली हाम्रो टिका छैन । फेरि विनोदको गेम पनि छ । त्यसैले काठमाडौंमा नै हुन्छु । त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला हेरेर नै बित्नेछ यसपालीको दशैं ।

४. देवेन्द्र सुवेदी, नेपाल टेलिभिजन

 

दशैं भनेको नेपालीको महान चाडपर्व हो । तर, हामीले आफ्नो कार्यलाई बेवास्ता गर्नुहुँदैन । हामी मिडियामा लागेका व्यक्तिहरु दशैं भनेर बस्ने हो भने काम कस्ले गर्ने ? पेशागत हिसाबले हेर्ने हो भने पत्रकार मात्र होइन प्रहरी, फायर ब्रिगेडर, स्वास्थ्य संस्थानहरु पनि दशैंका बेलामा काम गरिरहेका हुन्छन् । पत्राकारिता समाजको लागि अत्यावश्यक छ । दशैंका बेलामा काम गरिरहँदा परिवारहरुको एकदमै याद आउँछ । तर, काम पनि त गर्नुपर्यो नि । पत्रकारितालाई आफ्नो करियर बनाउने हो भने यस्ता कुराहरुको त्याग गर्नुपर्छ । अहिले काठमाडौंमा क्रिकेटको माहोल छ । क्रिकेट हेरेर नै रमाइलो गरिनेछ ।

५. निरन्जन अधिकारी, इमेज टेलिभिजन, थांग्रो सपोर्ट सिस्टम

 

पत्रकारिताको २२ वर्षमा मैलै मुश्किलले ५ पटक जति विदा बसेर दशैं मनाएको छु । बाँकी दशैं मैले मनाउन नपाएको भने होइन । कार्यलयमा काम गर्दै, साथी सहमर्कीसँग रमाउँदै दशैं मनाउन पाइएको छ । विश्वकै मिडिया उद्योगले पछिल्लो दशक फट्को मारेको छ । आमसंचार र पत्रकारितामा आएको डिभिटल उभारले विश्व संचारको नक्सा नैं बदलिएको छ । यस्तोमा परम्परागत मिडियामा काम गर्ने म जस्ता पत्रकारको लागि चुनौती पनि थपिएका छन् । न्यु मिडियाको भेलमा आफुलाई अभ्यस्त गराउँदै रेडियो र टेलिभिजनका दर्शकलाई आफ्नै प्लेटफर्ममा बाध्न कम्ता मिहिनेत गर्नुपर्ने अवस्था छैन । समग्र मिडिया उद्योगको औसत घटीरहेको अवस्थामा चाडपर्वको नाममा संचारगृहलाई शिथिल राख्न सकिंदैन । फुर्सदको समयमा दर्शक, स्रोता तथा पाठकहरु बढी नैं सक्रिय हुन्छन् । त्यसैले चाडबाडको समयमा हामी संचारकर्मी पनि अझ सक्रिय हुनुपर्दौ रहेछ । दशैं तिहार जस्ता नेपालीहरुको राष्ट्रिय उत्सवमा टेलिभिजनका लागि रिपोर्टीङमा दौडिनु वा रेडियोमा समाचार वाचन गर्नुलाई काम भन्दापनि जिम्मेवारीको रुपमा मैले लिएको छु ।

६. कविर महर्जन, न्युज एजेन्सी नेपाल (नान)

 

काठमाडौंको रैथाने भएकाले पनि दशैंका लागि आफन्तजन भेट्न टाढा जानुपर्दैन । तर, अरु सहकर्मीहरु प्रायः उपत्यका बाहिरका हुन्छन् । त्यसैले मेरो कर्तव्य पनि हो, सहकर्मीहरुलाई दशैं बेला घर पठाउने र अफिसको सम्पूर्ण काम आफूले सम्हाल्ने । उपत्यका बाहिरका सहकर्मीहरु वर्षभरि काठमाडौं बसेर काम गर्छन् । गाउँ जान पाएका हुदैनन् । म त यहिँ परिवारसँगै बस्छु । मेरो लागि हरेक दिन दशैं नै त हो । त्यसैले दशैंको बेला सबै काम हामी काठमाडौंमा बस्नेले नै हर्ने गरेका छौं । रिपोर्टिङ पनि दशैंमा कम हुने भएकाले त्यति गाह्रो हुँदैन ।हामी पत्रकारहरु जिम्मेवारीबाट पन्छिनु हुँदैन । दशैंको बेला घरप रिवारसँग रमाइलो गरिरहेको हुन्छु । तर, दशैंको बाहनामा जिम्मेवारीबाट पन्छिने चाहिँ गरेको छैन । सधैं तयारी अवस्थामा नै हुन्छु । आखिर पत्रकारको कर्तव्य पनि यहि नै हो । वडादशैंको सबैमा शुभकामना । 

७. प्रारम्भ दाहाल, कान्तिपुर टेलिभिजन 

दशैं जस्तो महान चाडमा हामीले परिवारसँगको विशेष पलहरु गुमाउँछौं । तर, चाडपर्वहरुमा काम गर्नुको रमाइलो पनि छुट्टै छ । दशैंकै बेला देशका विभिन्न ठाउँमा विभिन्न खेलकुदका प्रतियोगिताहरु हुन्छन् । यी प्रतियोगिताहरुको रिपोर्टिङ गर्दा रमाइलो हुन्छ, चाहे त्यो मैदानमा गएर रिपोर्टिङ गर्दा होस् वा समाचार कक्षमा गर्दा । तर, यसबीच घरपरिवारको साह्रै याद आउँछ । परिवार र आफन्तजनहरु दशैं मनाउन भनेर विदेशबाट नेपाल आएका हुन्छन् । उहाँहरुलाई समय दिन नपाउँदा दुखः लाग्छ ।

अन्त्यमा, देशमा विजया दशमीको टिका थापिरहँदा संसारको कुनै कुनामा नेपाली खेलाडीहरु देशका लागि रगत पसिना बगाईरहेका हुन्छन् । उसको समाचार संकलन र प्रशारणमा कुनैपनि बहानामा गरिने ढिलाई वा उदासिनता उसको वर्षौको मेहेनतमाथिको उपेक्षा हो भने पाठक, स्रोता, दर्शकमाथिको बेइमानी हो । यही दशैंलाई हेरौं । नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले हङकङ र युएईसँग अन्तर्राष्ट्रिय शृंखलामा व्यस्त छ । पारा एसियाली खेलकुदका लागि खेलाडीहरु चिनमा छन् । उनीहरुको प्रदर्शनले सिंगो देशलाई गौरव र उर्जा प्रदान गरिरहँदा खेल पत्रकारहरुले दशैं नर्बिसिएर भयो र ? मिडियामा लागेपछि काम र चाडपर्व सँगसँगै मनाउने क्षमता विकास हुँदो रहेछ । चाडपर्वमा मिडिया हाउस र न्युजरुम पनि अरु समयको भन्दा फरक हुन्छन् । त्यहाँपनि चाडपर्वकै रौनक हुन्छ । त्यसैले खेल पत्रकारहरु भन्ने गर्छन् – दशैंमा विदा पाइन्न, दशैं मनाउन छाडिन्न’ । 

याे पनिः 

अब हतारिँदैन इंग्लिस फुटबल

अब ट्वान्टी-२० अन्तर्राष्ट्रियमा ध्यान

खेलकर्मीको दशैंः क्रिकेट टोली व्यस्त, अरुलाई चा-चा ह्वीँ

लय समात्दै यु-१९ क्रिकेट टोली

एरिकाः ‘सी इज सो इनोसेन्ट’