फाल्गुन २, २०८२ शनिबार | २०:५३:४३
आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा
शनिबारको दिन १९औं एसियाली खेलकुद

एसियाली खेलकुदः जम्बो टोलीको फुच्चे प्रदर्शन

काठमाडौं । चीनको हाङझाउमा भएको १९औं एसियाली खेलकुद समाप्त भइसकेको छ । कराँतेबाट रजत र कपड्डीबाट कांस्य पदक भित्रिएपछि धन्न नेपाली टिमको इज्जत जोगिएको छ । नत्र ‘हात लाग्यो शून्य’ भन्ने स्थिति आइसकेको थियो ।

पक्कै पनि यी दुई पदकले नेपाली खेलकुदलाई केही हदसम्म राहत दिएको छ, तर प्रतियोगितालाई लिएर कायम रहेको मूल प्रश्न भने अझै पनि ज्युँको त्युँ छ । प्रश्न हो, नेपालले एसियाली खेलकुद जत्तिको प्रतियोगतामा किन यति ठूलो सहभागिता जनाउनु पर्ने हो ?

केही खेलमा नेपालको प्रदर्शन वास्तवमै दयनीय रह्यो । एसियाली खेलकुदमा आफ्नो देशको प्रतिनिधित्व गर्न पनि खेलाडीले हक बनाउनु पर्छ ।

यो प्रश्न अहिलेको पनि होइन्, प्रत्येक पटक एसियाली खेलकुद हुँदा आउने हो । यसपटक त हदै नाघ्यो भन्दा हुन्छ । नेपालले २९ खेलमा २ सय ५३ खेलाडी चीन पठाएको थियो । त्यसमध्ये अधिकांस खेलाडीको चुनौती कि त अन्तिम स्थानमा रह्यो, होइन भने त्यसभन्दा एक दुई स्थान माथि मात्रै । केही खेलमा नेपालको प्रदर्शन वास्तवमै दयनीय रह्यो । एसियाली खेलकुदमा आफ्नो देशको प्रतिनिधित्व गर्न पनि खेलाडीले हक बनाउनु पर्छ ।

सहभागिताका लागि सहभागिता जनाउनु ठीक हुन्न । फेरि टिमको आकारमै फर्कने हो भने चीनमा सहभागी ४५ देशमध्ये सबैभन्दा बढी खेलाडी पठाउनेमा नेपाल पनि अगाडि रह्यो । दक्षिण एसियाली देशकै कुरा गर्ने हो भने नेपालले भारत एउटा टिमलाई छाडेर सबैभन्दा बढी खेलाडी पठाएको थियो, पाकिस्तान, श्रीलंका र बंगलादेश भन्दा पनि बढी । प्रत्येक पल्ट एसियाली खेलकुद सुरु हुनै लाग्दा भन्ने गरिन्छ, सानो टिम पठाउने, बरू त्यसकै तयारी मजबुत गर्ने ।

नेपाली खेलाडीले बलियो चुनौती पेस गर्न सक्ने भनेकै दक्षिण एसियाली खेलकुद हो । यो यस्तो प्रतियोगिता हो, जसको नियमित आयोजना विरलै हुन्छ । 

तर, जति बेला प्रतियोगिता सुरु हुने संघारमा पुग्छ, खेल र खेलाडीको संख्या बढ्छ । तर्क के गरिन्छ भने खेलाडीको पलायन रोक्न पनि एसियाली खेलकुदमा ठूलो सहभागिता आवश्यक छ । नेपाली खेलाडीले बलियो चुनौती पेस गर्न सक्ने भनेकै दक्षिण एसियाली खेलकुद हो । यो यस्तो प्रतियोगिता हो, जसको नियमित आयोजना विरलै हुन्छ । अझ यो प्रतियोगिताकै अस्तित्वमै समेत प्रश्न उठिसकेको छ, सायद यो प्रतियोगिता अब दोहरिए फेरि हुन्न ।

यस्तोमा नेपाली खेलाडीले खेल्न पाउने भनेको ओलम्पिक त होइन्, यसमा लागि छनोटमा भिड्न पर्छ । एसियाली खेलकुद नै यस्तो एक मात्र प्रतियोगिता हो, जहाँ सिधै भाग लिन पाउँछ । भाग लिएर सधैं अन्तिम स्थानमै आउने हो भने पनि यो तर्क मिल्दैन् । बरू यस्ता खास खास खेल चयन गर्नु पर्छ र त्यसको बेजोड तयारी सुरु गर्नु पर्छ । नेपालका लागि पदक सम्भावना भएका खेल हुन्, तिनै कराँते, तेक्वान्दोदेखि बक्सिङ । र, अब कबड्डी पनि ।

केही खास खास खेल नेपालमा असाध्यै लोकप्रिय छन्, जस्तो फुटबल, क्रिकेट र भलिबल । अरू त्यस्ता खेल पनि होलान्, जसमा सहभागिता लगभग अनिवार्य जस्तै हुन्छ भनिन्छ, जस्तो एथलेटिक्स ।

केही खास खास खेल नेपालमा असाध्यै लोकप्रिय छन्, जस्तो फुटबल, क्रिकेट र भलिबल । अरू त्यस्ता खेल पनि होलान्, जसमा सहभागिता लगभग अनिवार्य जस्तै हुन्छ भनिन्छ, जस्तो एथलेटिक्स । त्यस बाहेक छुटाउनै नहुने अन्य केही खेल पनि होलान्, तर २९ खेलमा किन सहभागी हुनु पर्याे र ? यी खेलमध्ये अधिकांसको नियमित राष्ट्रिय खेलकुद नै हुन्न, अरू प्रतियोगिताको कुरै छाडौं । अनि संघ आफै पनि पूरा वर्ष सुतिरहेकै स्थितिमा हुन्छ ।

मूल प्रश्न यही हो, एसियाली खेलकुदमा खेल्न त खेल्ने, तर किन ? कति ?

याे पनिः

मानबहादुर अर्थात भलिबलका ‘रोलरकोष्टर’

भारतमाथि ‘जिङ्क्स’ तोड्ने पाकिस्तानी प्रयास

हेपिएको खेलको उचो प्रदर्शन

बिर्सनै नसकिने हाजार्ड