चैत्र १६, २०८२ सोमबार | २२:४०:५५
राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट
शनिबारको दिन १९ औं एसियाली खेलकुद

१९औं एसियाली खेलकुद: नेपालबाट कुन खेलमा कसले खेल्ने ? (भाग–५)

काठमाडाैं । खेलाडी डटकमले अहिलेसम्म १९ औं एसियाली खेलकुदमा नेपालले प्रतिस्पर्धा गर्ने २९ खेलमध्ये २० खेलको चर्चा गरिसकेको छ । कुन खेलमा को खेलाडीले भाग लिन्छ भनेर जानकारी दिएका छौं । यो साता थप पाँच खेलको चर्चा गरेका छौं । एसियाली खेलकुद चीनको हाङझाउमा असोज ६ देखि सुरु हुनेछ । 

 

टेबलटेनिसटेबलटेनिसमा कुल ६ खेलाडीले सहभागिता जनाउने छन् । त्यसमा तीन महिला र तीन पुरुष छन् । त्यसमा नविता श्रेष्ठले चार स्पर्धामा प्रतिस्पर्धा गर्नेछिन्, महिला सिंगल्स, डबल्स र टिम तथा मिक्स्ड डबल्समा । सिक्का सुवाल श्रेष्ठले पनि तिनै चारै स्पर्धामा खेल्नेछिन् । इभाना थापामगरले भने महिला टिममा मात्र खेल्नेछिन् । संयोग कपाली र रुविन महर्जनले पुरुष सिंगल्स, डबल्स, टिम र मिक्स्ड डबल्समा खेल्नेछन् । विकल श्रेष्ठको सहभागिता भने पुरुष टिममा मात्रै हुनेछ ।

टेनिसयो खेलमा पनि ६ खेलाडीको सहभागिता छ । त्यसमध्ये तीन पुरुष र तीन महिला छन् । अभिलाशा विष्टले महिला सिंगल्स र डबल्ससँगै मिक्स्ड डबल्समा खेल्नेछिन् । माहिका राणाको स्पर्धा डबल्स र सिंगल्समा हुनेछ । सुनिरा थापाको सहभागिता भने मिक्स्ड डबल्समै मात्र हुनेछ । पुरुषतर्फ अभिषेक बाँस्तोलाले सिंगल्स, डबल्स र मिक्स्ड डबल्समा खेल्नेछन् । प्रदीप खड्काले मेन्स सिंगल्स र डबल्समा चुनौती पेस गर्नेछन् । प्रणव खनालले भने मिक्स्ड डबल्समा मात्र खेल्नेछन् ।

तेक्वान्दोतेक्वान्दोतर्फ ५ महिला र ६ पुरुष खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् । त्यसमा महिलातर्फ इन्दिरा बस्नेतले महिला ६७ केजीमुनि, आयशा लामाले ५३ केजीमुनि, सन्ध्या सिंहले ५७ केजीमुनि, अन्जली तामाङले ४९ केजीमुनि तथा स्वस्तिका तामाङले पुम्सेमा प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ गोविन्द आलेले ६३ केजीमुनि, अभिषेक बरालले ८० केजीमुनि, राहुल कुमालले ५८ केजीमुनि, वीरबहादुर महराले ६८ केजीमुनि र ज्याकी यादवले ८० केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । प्रेम लिम्बूको सहभागिता पुम्सेमा हुनेछ ।

ट्रायथलनट्रायथलनमा ४ खेलाडीको सहभागिता रहनेछ । उनीहरू हुन् श्रेबी महर्जन, युस्का महर्जन, मौलिक महर्जन र वसन्त थारु ।

भलिबलभलिबलमा पुरुष र महिला दुवै स्पर्धामा नेपालको सहभागिता रहनेछ । पहिलो पल्ट एसियाड खेल्न लागेको महिला टिममा जानकी भण्डारी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, पुनम चन्द, सरस्वती चौधरी, संगम महतो, प्रतिभा माली, सफिया पुन, अरुणा शाही, सलिना श्रेष्ठ र निरुता ठगुन्ना छन् ।पुरुष टिममा टेकराज अवस्थी, धिरज बस्नेत, सम्राट भण्डारी, सफल विश्वकर्मा, विशाल विक, विनोद चन्द, रविन चन्द, दुर्गा खड्का, हेमन्त मल्ल, मनीष मानन्धर, मानबहादुर श्रेष्ठ र लोकेन्द्र गिरी छन् ।