मंसिर ६, २०८१ बिहीबार | १४:२५:०९
क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ
शनिबारको दिन १९औं एसियाली खेलकुद

१९ औं एसियाली खेलकुद - नेपालबाट कुन खेलमा कसको सहभागिता ? (भाग -१)

काठमाडाैं । चीनको हाङचाउमा अबको केही सातापछि १९ औं संस्करणको एसियाली खेलकुद सुरु हुँदै छ । त्यसमा नेपालले २९ खेलमा सहभागिता जनाउने पक्का भएको छ । त्यसमा खेल्ने खेलाडी संख्या रहेको छ २ सय ५३ । यो अहिलेसम्मकै एसियाली खेलकुदमा नेपालको ठूलो सहभागिता हो । अघिल्लो संस्करणमा इन्डोनेसियाको जकार्ता २०१८ मा नेपालले १ सय ८७ खेलाडीलाई सहभागिता गरेको थियो । यी खेलाडी को-को हुन् त ? तिनले खेल्ने खेल कुन हो त ? अझ तिनले प्रतिस्पर्धा गर्ने स्पर्धा कुन हो ? खेलाडी डटकमले यसबारे सबै विवरण शृंखलाबद्ध रूपमा प्रस्तुत गर्नेछ ।

यसको पहिलो भागमा ५ खेलको पूर्ण विवरण तयार पारेका छौं । हामी खेलको पनि विस्तारमा विवरण दिने नै छौं । यसपल्ट हामी केन्द्रित हुने ५ खेल हुन् । त्यसमा आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल र बक्सिङ छन् ।

आर्चरी

सबैभन्दा पहिले आर्चरी । यो खेलमा चार खेलाडीको सहभागिता रहनेछ । महिलामा दुई र पुरुषमा दुई । महिलामा मन्जु बजगाईंले रिकर्भ इन्डिभिजुयल र रिकर्भ मिक्स्ड टिममा खेल्नेछिन् ।

इमायुङ राईले भने कम्पाउन्ड इन्डिभिजुयल र कम्पाउन्ड मिक्स्ड टिममा खेल्नेछिन् । पुरुषतर्फ तिलक पुन मगरले रिकर्भ इन्डिभिजुयल र रिकर्भ मिक्स्ड टिममा खेल्नेछन् । योगेन्द्र शेरचनले भने रिकर्भ इन्डिभिजुयल र रिकर्भ मिक्स्ड टिममा खेल्नेछन् ।

एथलेटिक्स

एथलेटिक्समा महिलातर्फ पुष्पा भण्डारीले म्याराथन तथा राजुपरा पछाईंले १० हजार र ५ हजार मिटर दौडमा चुनौती पेस गर्नेछन् ।

यस्तै फुलमती रानाले १५ सय र ८ सय मिटर दौड तथा सन्तोषी श्रेष्ठले ५ हजार र १० हजार मिटर दौडमा सहभागिता जनाउने छन् । पुरुषतर्फ दीपक अधिकारीले ५ र १० हजार मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् ।अर्का धावक सोमबहादुर कुमालले ४ सय र ८ सय, गोपीचन्द्र पार्कीले ५ हजार र १० हजार मिटर दौड तथा राजन रोकायाले म्याराथनमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

ब्याडमिन्टन

ब्याडमिन्टनमा आठ खेलाडीले एसियाडमा खेल्नेछन् । महिलातर्फ नीता लम्सालले डबल्स र टिम इभेन्ट, रसिला महर्जनले सिंगल, डबल्स र टिम, अनुमाया राईले सिंगल, डबल्स र टिम तथा नङ्सलादेवी तामाङले डबल्स, टिम र मिक्स्ड डबल्समा खेल्नेछन् ।

पुरुषतर्फ जीवन आचार्यले डबल्स, टिम र मिक्स्ड डबल्स, प्रिन्स दाहालले सिंगल्स, डबल्स, मिक्स्ड डबल्स र टिम, सुनील जोशीले सिंगल्स, डबल्स र टिम तथा विष्णु कटुवालले डबल्समा प्रतिस्र्पा गर्नेछन् ।

बास्केटबल

बास्केटबलमा महिला थ्री बाई थ्रीमा मात्र नेपालको सहभागिता जनाउने भएको छ । त्यसमा खेल्ने चार खेलाडीमा मीना गुरुङ, श्रेया खड्का, रिन्छेन मोक्तान र गरिसा सिलवाल छन् ।

बक्सिङ

बक्सिङमा नेपालले पूरा कोटामा सहभागिता जनाउँदै छ । पुरुषतर्फ ७ र महिलातर्फ ६ तौल समूहमा नेपाली बक्सर रिङमा उत्रनेछन् । महिलातर्फ मीनु गुरुङले ५४ केजी, सरस्वती रानाले ७५ केजी, संगीता सुनारले ६० केजी, सुष्मा तामाङले ५० केजी, चन्द्रकला थापाले ५७ केजी र विनिता थापामगरले ६६ केजी तौल समूहमा भिड्ने छन् ।

पुरुषतर्फ रविन थापाले ५१ केजी, बुद्ध लामाले ५७ केजी, भूपेन्द्र थापाले ६३.५ केजी, दिपेश लामाले ७१ केजी, दीपक श्रेष्ठले ८० केजी, रविन नेपालले ९२ केजी र आशिष दवाडीले ९२ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।