कार्तिक २९, २०८२ शनिबार | २०:३७:५८
ब्रदरहुड ‘ए’ लाई फेकन फुटसलको उपाधि एनपिएलबाट ४० करोड भन्दाबढी आम्दानी हुने क्यानको अनुमान कर्णाली लगातार दोस्रो पटक च्याम्पियन दृष्टिविहीन विश्वकपः नेपालले अस्ट्रेलियालाई हरायो टाइगर कपको विजेताले ६ लाख ६६ हजार ६६६ पाउने इङ्लिस ब्याटर जेसन रोय पोखरामा अनुबन्ध एनपिएलका लागि नेपाल आइपुगे सन्नी पटेल जाद्रन, कोल्सावाल र ओ डाओड नेपाल आइपुगे कला र गलाका हस्ती पनि एनपिएलमा झुम्दै कर्णालीको लक्ष्य च्याम्पियन ब्रदरहुड ‘ए’ लाई फेकन फुटसलको उपाधि एनपिएलबाट ४० करोड भन्दाबढी आम्दानी हुने क्यानको अनुमान कर्णाली लगातार दोस्रो पटक च्याम्पियन दृष्टिविहीन विश्वकपः नेपालले अस्ट्रेलियालाई हरायो टाइगर कपको विजेताले ६ लाख ६६ हजार ६६६ पाउने इङ्लिस ब्याटर जेसन रोय पोखरामा अनुबन्ध एनपिएलका लागि नेपाल आइपुगे सन्नी पटेल जाद्रन, कोल्सावाल र ओ डाओड नेपाल आइपुगे कला र गलाका हस्ती पनि एनपिएलमा झुम्दै कर्णालीको लक्ष्य च्याम्पियन
शनिबारको दिन एसियाड तयारी

चुस्त छैन एसियाड तयारी

काठमाडौं । एसियाको ठूलो खेल प्रतियोगिता १९औं एसियाली खेलकुदमा सुरु हुनमात्र तीन महिना बाँकी छ । एसियाका महारथी राष्ट्रहरूसँगै प्रतियोगिताका नेपाली टोलीको पनि सहभागिता रहने छ । असोज ५ देखि १९ गतेसम्म चीनको हाङझाउमा हुने प्रतियोगितामा एसियाली राष्ट्रका  खेलाडीबीच तीव्र प्रतिस्पर्धा हुन्छ । ठूला मानिएका चीन, जापान, दक्षिण कोरियालगायत देशबीच सर्वाधिक पदक जित्ने होडबाजी नै चल्छ ।

अरू देशझै नेपालले पनि प्रतियोगितामा सहभागिता र पदक दाबी गर्दै आएको छ । पदक जित्ने दाबी गरे पनि नेपालको सहभागिता नै ठूलो बन्दै आएको इतिहास छ । नेपाली टोली हालसम्म रजत पदकभन्दा माथि पुग्न सकेको छैन । पछिल्लो संस्करण सन् २०१८ मा इन्डोनेसियामा नेपालले एकमात्र रजत पदक जितेको थियो । त्यो पनि प्याराग्लाइडिङमा थियो ।

एसियाली खेलकुदको महाकुम्भमा सहभागी हुन नेपालले कुनै छनोट प्रतियोगिता खेल्नुपर्दैन । यसपालि नेपालले प्रतियोगिताका २९ खेलमा सहभागिता जनाउने पक्का भएको छ ।

२९ खेलमा २ सय ११ खेलाडीसहित २ सय ८४ जना हाङझाउ पुग्नेछन् । ४४ प्रशिक्षक र २९ व्यवस्थापकको संख्या ओलम्पिक कमिटीमा दर्ता भइसकेको छ । यो संख्यामा संघ पदाधिकारी र सञ्चारकर्मीलाई राखिएको छैन । यसपालि नेपाली टोलीको सहभागिता उत्साहजनक छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल ओलम्पिक कमिटीले सहयोगमा बढीभन्दा बढी खेललाई प्राथमिकतामा राखेको हो ।

राखेपले सम्भावित पदक जित्नेमा तीन खेललाई राखेको छ । बक्सिङ, कराते र तेक्वान्दोलाई बढी प्राथमिकतामा राखिएको छ । यी तीन खेलबाट पदक जित्ने राखेपको रणनीतिक योजना हो । ‘२९ खेलमा तीनलाई बिशेष प्राथमिकतामा राखेका छौं । यी खेलबाट पदक जित्न सकिने विश्वास छ,’ राखेप सदस्य–सचिव टंकलाल घिसिङ सुनाउँछन् ।

तीन खेलबाहेक एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती, भारोत्तोलन, आर्चरी, बास्केटबल (थ्री बाई थ्री), फेन्सिङ, ह्यान्डबल, कबड्डी, टेबलटेनिस, भलिबल, ब्याडमिन्टन, क्रिकेट, सुटिङ, रग्बी, स्क्वास, टेनिस, इ–स्पोर्ट्स, डान्स स्पोर्ट्स र क्यानोइङ छन् । २० खेलमा महिला र पुरुष दुवै टोली सहभागी हुनेछ । ९ खेलमा एकको मात्रै सहभागिता गराइने छ ।

तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती, भारोत्तोलन, आर्चरी, फेन्सिङ, टेबलटेनिस, भलिबल, ब्याडमिन्टन, सुटिङ, टेनिस र डान्स स्पोर्ट्समा भने महिला–पुरुष दुवैको सहभागिता हुनेछ । फुटबल, बास्केटबल, ह्यान्डबल, कबड्डी, क्रिकेट, रग्बीमा महिला टिमले भाग लिनेछ भने स्क्वास, इ– स्पोर्ट्स र क्यानोइङमा पुरुषले मात्र नेपालको प्रतिनिधित्व गर्नेछ । इ–स्पोर्ट्स राखेपमा अझै दर्ता छैन । यद्यपि यसबाट पनि पदक प्राप्त गर्न सकिने भएकाले प्राथमिकतामा राखेपको दाबी छ ।

प्रतियोगिता नजिकिँदै गर्दा तयारी तीव्र हुनुपर्नेमा भने झनै कमजोर बन्दै गएको छ । राखेपले खेल संघ आफैंलाई तयारी गर्न निर्देशन दिएको छ । तर, केहीलाई छाड्ने हो भने अधिकांश खेल संघले तयारी थालेका छैनन् । बजेट अभाव देखाउँदै संघहरू तयारीबाट पन्छिएका छन् । राखेपले सम्भावित पदक निस्कने संघलाई बैदेशिक प्रशिक्षणमा लैजाने बताएको थियो । तर, त्यो पनि पूरा हुन सकेको छैन । सदस्यसचिव घिसिङ आफैंले गरेको प्रतिबद्धताबाट चुकिरहेका छन् । ‘अहिले तयारी गर्दै गर्ने पछि बजेट उपलब्ध गराउँछौं भन्दा पनि संघबाट तयारी हुन सकेको छैन,’ राखेप तालिम तथा प्रशिक्षण केन्द्रका एक पदाधिकारी भन्छन् ।

अहिले चलिरहेको दोस्रो चरणको प्रशिक्षणमा कराते, तेक्वान्दो, भलिबल, बक्सिङलगायत खेलमात्रै हुन् । अन्य केही खेलको प्रशिक्षण चलिरहे पनि प्रभावकारी हुन सकेको छैन । केही संघको आन्तरिक द्वन्द्व प्रशिक्षणमा परेको छ । कुस्ती संघ विवादमा रहँदा प्रशिक्षक मुमताज अली इद्रिसीले काठमाडौंमा उपलब्ध खेलाडीबाट नै प्रशिक्षण गराइरहेका छन् ।सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा उनले विभागीय टोली त्रिभुवन आर्मी क्लबका तीन खेलाडीलाई प्रशिक्षण गराइरहेका छन् । एपिएफ र नेपाल पुलिस क्लबका खेलाडी मोफसलमा जागिरे रहँदा सिविरमै व्यक्तिगत प्रशिक्षण गरेका छन् ।

‘संघ विवादमा हुँदा आफैंले संयोजन गर्दै प्रशिक्षण गराइरहेको छु । काठमाडौं रहेका खेलाडीको दैनिकी प्रशिक्षण भएको छ । मोफसलमा भएका खेलाडीले ब्यक्तिगत प्रशिक्षण गरेका छन्,’ कुस्ती प्रशिक्षक इद्रिसीले प्रशिक्षणको अवस्था सुनाए ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) ले कुस्तीमा स्वर्ण पदक जितेकी संगीता धामी विदेश जाने हुँदा प्रशिक्षणमा सहभागी भइनन् । सागमा कुस्तीबाट आएको एउटै स्वर्ण पदक संगीताको नाममा छ । कुस्तीले सागमा १ स्वर्ण, ५ रजत र ६ कांस्य पदक जितेको हो । कुस्तीको मात्रै हैन, तेक्वान्दो र करातेका पनि स्वर्णविजेता खेलाडीहरू अस्ट्रेलिया पुगिसकेका छन् ।

राखेपले वैशाख ७ देखि संघलाई खेलाडी छनोट गर्न समय दिएको थियो । संघहरूले खेलाडी छनोट पनि गरे । वैशाख १० सम्म छनोट गर्ने र त्यसपछि आन्तरिक प्रतिस्पर्धा गराउने बताएको थियो । फिटनेस टेस्ट र मेडिकल चेकअपपछि २९ खेलका ४ सय २५ खेलाडीलाई जेठ पहिलो साता अर्को चरणको छनोट गर्ने तयारी थियो । तर, तयारी खर्च नपाउँदा दोस्रो चरणको छनोट हुन सकेको छैन ।

कराते, बक्सिङ, कुस्ती र फेन्सिङको दोस्रो चरण छनोट सम्पन्न हुँदा अन्य संघले छनोट नै गरेका छैनन् । फुटबलको प्रशिक्षण नै सुरु भएको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडी छनोट गरे पनि प्रशिक्षण सुरु गरेको छैन । ‘राखेपले प्रतिबद्धताअनुसार तयारी खर्च उपलब्ध गराएको छैन । त्यसैले तयारी हुन पाएको छैन । ऋण गरेर तयारी गर्न सकिँदैन,’ नाम नराख्ने सर्तमा एक संघका पदाधिकारीले सुनाए । धेरै संघको गुनासो नै राखेपले तयारी खर्च उपलब्ध नगराएको भन्ने छ ।

जसका कारण राखेपले यसअघि बनाएको प्रशिक्षण रणनीति योजना असफल हुने पक्का छ । राखेपले जेठ ६ देखि २५ सम्म दोस्रो चरणको प्रतिस्पर्धा गराउने र भदौ २६ मा अन्तिम चरणको अभ्यासमार्फत खेलाडी छनोट गर्ने जनाएको थियो । राखेपले करिब ५ महिना (एक सय ६८ दिन) अभ्यास गराएर टोलीलाई चीन पठाउने रणनीति तयार पारेको हो । तर, यो सबै अहिले बजेटकै कारण रोकिएको छ ।

राखेपले तयारीका लागि खेलकुद मन्त्रालय र अर्थ मन्त्रालय हुँदै नेपाल सरकारसँग ६० करोड माग गरेको थियो । अर्थले पहिलो चरणमा १० करोड बजेट छुट््याएको थियो । तर, राखेपले त्यसलाई पनि परिचालन गर्न नसक्दा अर्थले रोकिदिएको छ । हाल भने बाँकी रकम आउने नआउने कुनै टुंगो हुन सकेको छैन । जसका कारण प्रशिक्षण नै भद्रगोल हुने अवस्थामा पुगेको छ ।