फाल्गुन ३, २०८२ आइतबार | १५:२४:३६
नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद
शनिबारको दिन नेपाली खेलकुद

वर्ष २०७९: विवाद, बाध्यता र बहानामुक्त खेल वर्षको अपेक्षा

सबैभन्दा ठूलो विषय वर्ष २०७९ को सुरुआत कोभिड–१९ महामारी त्रासको छायाँबाट मुक्त छ । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदको नेतृत्व विवादमुक्त बनेको स्थिति छ ।

खेलकुदका गतिविधि उत्कर्षमा रहिरहँदा नयाँ वर्षको सुरुआत भएको छ । सुखद भविष्यका लागि उर्जावान योजनाहरू छन् । भाग लिनैपर्ने/गर्नैपर्ने केही ठूला राष्ट्रिय/अन्तर्राष्ट्रिय गतिविधिका जोसिला तयारी छन् । सफलता हासिल गर्नैपर्ने सकारात्मक दबाब छ । अनि त्यसका लागि तयारी गर्ने उपयुक्त वातावरण र अठोट छन् । समग्रमा भन्नुपर्दा दुई वर्षभन्दा लामो समय कोभिड–१९ ले भुत्ते बनाएका खेल सीप तिखार्न तम्तयार खेल क्षेत्र छ ।

फुटबलमा एसियन कप छनोटको तेस्रो चरणमा सहभागिता जनाउनुपर्नेछ । क्रिकेटमा विश्वकप लिग–२ मा सहभागिता जनाउनु छ र एकदिवसीय स्टाटस जोगाउनमा पनि ध्यान दिनु छ । भलिबलमा पनि एसियन कपमा प्रतिस्पर्धा गर्नुपर्ने छ । ब्याडमिन्टनका राष्ट्रिय प्रतियोगितासँगै अन्तर्राष्ट्रिय सिरिज गर्ने योजना छन् । बास्केटबलले फ्रेन्चाइज लिग गर्ने अठोट गरेको छ । सबै खेलसँग राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा सहभागिता र आयोजनाका योजना पनि छन् ।

मिश्रित खालको वर्ष २०७८ लाई बिदा गरेपछि नयाँ वर्षमा नेपाली खेलकुदले बनाएका केही निश्चित योजना छन् । चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुदमा सहभागिता र त्यसको तयारी हो । अर्को वर्ष पाकिस्तानमा हुने भनिएको १४औं दक्षिण एसियाली खेलकुद (साग) मा २०१९ मा नेपालमै सम्पन्न १३औं संस्करणको सफलता नघट्ने गरी सहभागिता जनाउन तयारी पनि गर्नु छ । कोभिड–१९ को महामारी तथा खेल राजनीतिको प्रभावस्वरुप पटकपटक रोकिएको नवौं बृहत राष्ट्रिय खेलकुद महोत्सव यही वर्ष गण्डकी प्रदेशमा आयोजना गर्नुपर्छ ।

अघिल्लो वर्ष वाग्मतीले प्रदेश खेलकुद गरेर अन्य प्रदेशमाथि दबाब सिर्जना गरेको छ । सबै प्रदेशले पनि प्रदेश खेलकुद गर्ने योजना बनाउनुपर्छ ।

फुटबलमा एसियन कप छनोटको तेस्रो चरणमा सहभागिता जनाउनुपर्नेछ । क्रिकेटमा विश्वकप लिग–२ मा सहभागिता जनाउनु छ र एकदिवसीय स्टाटस जोगाउनमा पनि ध्यान दिनु छ । भलिबलमा पनि एसियन कपमा प्रतिस्पर्धा गर्नुपर्ने छ । ब्याडमिन्टनका राष्ट्रिय प्रतियोगितासँगै अन्तर्राष्ट्रिय सिरिज गर्ने योजना छन् । बास्केटबलले फ्रेन्चाइज लिग गर्ने अठोट गरेको छ । सबै खेलसँग राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा सहभागिता र आयोजनाका योजना पनि छन् ।

आगामी चारवर्षे कार्यकालका लागि अखिल नेपाल फुटबल संघको निर्वाचन गरेर फुटबललाई विवाद र आन्तरिक दाउपेचको संक्रमणकालबाट मुक्ति दिनुपर्नेछ ।

फुटबलमात्र होइन, नयाँ खेलकुद ऐन आएपछि त्यसअनुसार नियमावलीहरू बन्न ढिलाइ हुँदा दर्जनौं खेल संघको कार्यकाल सकिए पनि निर्वाचन हुन सकिरहेको छैन । राष्ट्रिय खेलकुद परिषदले नै संघहरूलाई तत्कालका लागि निर्वाचन रोक्न निर्देशन जारी गरेको छ । तत्काल आवश्यक नियम कानुन बनाएर तदर्थवादमा पुगिसकेको नेपाली खेलकुदलाई आवधिक निर्वाचनको लोकतान्त्रिक अभ्यासमा फर्काउनुपर्नेछ ।

बक्सिङ, कराते, तेक्वान्दो, क्रिकेट लगायतका खेलमा विद्यमान विवादको उचित र दीर्घकालीन समाधान पनि आउँदो वर्ष २०७९ ले गर्नु छ । कोभिड महामारीका कारण लामो समयदेखि रोकिएका खेल गतिविधिलाई निरन्तरता दिने काम पनि यही वर्षले गर्नुपर्छ । बितेको वर्ष मैदानमा पुनरागमन जनाउने प्रयास गरेका फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन, बास्केटबल, टेबलटेनिस, टेनिस, फेन्सिङ, कराते, बक्सिङ, भारोत्तोलन, जुडो, हक्कीलगायतका खेलका गतिविधि अझ घना पार्नु छ ।

नयाँ वर्षमा सकारात्मक सोच र नयाँ उर्जाका साथ आवश्यक भौतिक पूर्वाधार निर्माण तथा मर्मतमा होमिनु पनि वर्ष २०७९ को आवश्यकता हो । त्यसैले यही वर्ष मैदानभित्र र बाहिर सबैतिरबाट खेलकुदको माध्यमबाट देशको छवि अन्तर्राष्ट्रियजगतमा गौरव गर्नलायक अवस्थामा पु¥याउने गरी तयारीमा जुट्नुपर्ने छ ।

नयाँ वर्ष २०७९ को शुभकामना !