फाल्गुन ११, २०८२ सोमबार | २१:२३:५९
साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो १० वर्षमा विश्वकप जित्ने लक्ष्यसहित धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो १० वर्षमा विश्वकप जित्ने लक्ष्यसहित धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल
शनिबारको दिन कतार विश्वकप २०२२

एलजिबिटिक्यू समाजप्रति अनुदार कतार

कतारमा विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता हुँदैछ भने तय छ, त्यस देशका अनेक लुकेका तथ्य पनि बाहिर निस्कने छन् । अहिले यस्तै भइरहेको छ, कतारबारे राम्रै चर्चा मात्र छैन् । उसका अध्यारा पक्ष पनि विस्तार खुल्दैछन् । यस्तै एउटा तथ्य हो, एलजिबिटिक्यू समाजप्रति असाध्यै अनुदार छ, यो देश । आखिरमा विश्वकप त सबैको हो नि, एलजिबिटिक्यू समाजका कोही त्यहीं गएर यो प्रतियोगिता हेर्न चाहन्छ भने हुन्छ चाहिं के ?

मानव अधिकारवादी कतारको अबको नीति के हुनेछ भनेर सतर्क भएर हेरिरहेका छन् । विश्वकपकै लागि भने कम्तीमा दस लाख समर्थक यसपल्ट कतार जानेछन् । त्यसमध्ये केही त पक्कै पनि एलजिबिटिक्यू समाजकै होलान् । ह्युमन राइट्स वाचले त्यस्तो छ घटना जानकारीमा आएको भनेको छ, जस अनुसार कतारी प्रहरीले समलिंगीलाई नियन्त्रणमा लिएर नराम्रोसँग कुटपिट नै गरेको छ । सन् २०१९ देखि २०२२ बीच अनेक यौन हिंसाका घटना पनि बाहिर आएका छन् ।

ह्युमन राइट्स वाचले भर्खरै यस्तै एउटा प्रतिवेदन तयार पारेको छ र यसले भनेको छ, कतारले विश्वकप सुरु हुन ठीक अगाडि एलजिबिटिक्यू समाजका सदस्यलाई नियन्त्रणमा लिने काम मात्र गरेको छैन्, तिनिहरू प्रति असाध्यै दुर्व्यवहार पनि गरेको छ । कतार यस्तो गल्फ देश हो, जहाँ समलैगिकता प्रतिबन्धको स्थितिमा छ । अझ भन्दा समलिंगी सम्बन्ध राख्नु कानुन अनुसार पनि दण्डनीय छ । कतारले समलिंगीप्रति साह्रै के के न खराव जस्तै गरेर हेर्न गर्छ ।

त्यसैले मानव अधिकारवादी कतारको अबको नीति के हुनेछ भनेर सतर्क भएर हेरिरहेका छन् । विश्वकपकै लागि भने कम्तीमा दस लाख समर्थक यसपल्ट कतार जानेछन् । त्यसमध्ये केही त पक्कै पनि एलजिबिटिक्यू समाजकै होलान् । ह्युमन राइट्स वाचले त्यस्तो छ घटना जानकारीमा आएको भनेको छ, जस अनुसार कतारी प्रहरीले समलिंगीलाई नियन्त्रणमा लिएर नराम्रोसँग कुटपिट नै गरेको छ । सन् २०१९ देखि २०२२ बीच अनेक यौन हिंसाका घटना पनि बाहिर आएका छन् ।

त्यसमध्ये पछिल्लो ठूलो घटना सेप्टेम्बरमा भएको थियो । अमेरिकामा मुख्यालय भएको ह्युमन राइट्स वाचका अनुसार कतारी प्रहारले त्यस्ता चार महिलालाई नियन्त्रणमा लिएको छ, जो ट्रान्सजेन्डर थिए । अनि एक बाइसेक्सुएल महिला र एक गे पुरुष पनि यस्तै नियन्त्रणमा लिए । अनि तिनलाई दोहास्थिति भुमिगत कारागारमा राखिएको थियो । ती सबैमाथि साह्रै नराम्रो दुर्व्यवहार मात्र गरिएन्, शारीरिक रूपमा आक्रमण पनि गरियो । शरीरबाट रगत नै निस्कने गरेर कुटपित नै गरियो ।

त्यसमध्ये एक महिला त असह्य पीडाका कारण बेहोस जस्तै भइन् । त्यसो त कतारमा एलजिबिटिक्यू समाजका सदस्य नभएकै कहाँ हो र ? यो त प्राकृतिक हो, तर तिनीहरू प्रति कतारी सरकारको व्यवहार अप्राकृतिक छ । एक बाइसेक्सुएल कतारी महिला भन्छिन्, उनीमाथि अनेक पल्ट आक्रामण भइसकेको छ र यसक्रममा बहोस नभए जस्तो कुटपिट गर्ने त सामान्य जस्तै हो । यस्तै घटनाका कारण कतारमा जति पनि एलजिबिटिक्यू समाजका छन्, सबै मानसिक रूपमा चर्को दबाबमा छन् ।सधैं झै कतारी सरकार यी सबै आरोप झुठ भएको दाबी गर्छ । उसको यस्तो नीति नै नभएको अझ ठूलो दाबी पनि गर्छ । तर व्यवहारमा यस्तो हुने गर्दैन् । विश्वकपकै मौका छोपेर ह्युमन राइट्स वाचले फिफालाई अनुरोध गरेको छ, एलजिबिटिक्यू समाजप्रति कतारले गर्दै आएको गलत व्यवहार बन्द गर्न दबाब देओस । सायद दबाब नै सही, कतारले भनेको विश्वकपका बेला सबै फुटबल समर्थकलाई स्वागत छ । फिफाले पनि भनिसकेको छ, विश्वकपका क्रममा रंगशालामा एलजिबिटिक्यूको रेन्बो-फ्लाग फहराउन पाइनेछ ।

(एजेन्सीको सहयोगमा)