मंसिर ६, २०८१ बिहीबार | १४:३८:४२
क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ
शनिबारको दिन रश्मि घिसिङ

महिला फुटबलमा चमक छर्दै रश्मि

निम्न-मध्यमवर्गीय परिवारमा जन्मिएर फुटबल खेलाडी बन्न पटक्कै सजिलो छैन । त्यसमा पनि महिलालाई संकुचित नजरबाट हेर्ने नेपाली समाजमा महिला खेलाडी बन्न अझै धेरै संघर्षका पहाड चढ्नुपर्छ । यो प्राय: सबै नेपाली महिला खेलाडीले भोग्दै आएको तीतो यथार्थ हो ।

तर, यी कठिनाइका बावजुद खेलाडी जब परिवारको साथ पाउँछन्, यस्ता सबै कठिनाइ सजिलै पन्छाएर सफलतातिर लम्किन सक्छन् । यिनैमध्ये एक हुन्, राष्ट्रिय फुटबल खेलाडी रश्मिकुमारी घिसिङ ।

भर्खरै सम्पन्न साफ महिला च्याम्पियनसिपमा भारतविरुद्ध गरेको गोलका कारण चर्चामा आएकी रश्मिको यहाँसम्म यात्रा सहज छैन । चुनौतीका धेरै भेल तर्दै बुबाको अटुट हौसलाले उनी यहाँसम्म आइपुगेकी छन् ।

सानी छँदा रश्मिलाई फुटबलप्रति धेरै लगाव थिएन । तर उनका बुवा फुटबल भनेपछि हुरुक्कै हुन्थे । त्यसले छोरीलाई पनि फुटबलर बनाउने उनको धोको थियो । उमेरमा आफू पनि फुटबल खेल्ने रश्मिका बुवाको इच्छा छोरीहरूले फुटबल खेलुन् भन्ने थियो । रश्मि बुवाकै प्रोत्साहनमा फुटबलमा होमिएकी थिइन् ।

रश्मिले नेपालको जर्सी लगाएर मैदानमा उत्रिएको हेर्ने उनीकी आमाको ठूलो सपना थियो । तर, आमा त्यो सपना पूरा नहुँदै बितिन् । आमको निधनपछि उनको सपना पूरा गर्ने रश्मिमा तीव्र इच्छा जाग्यो ।

गतवर्ष बंगलादेशविरुद्ध दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेकी रश्मिले साफ च्याम्पियनसिपमा पनि सम्झनलायक प्रदर्शन गरिन् ।

रश्मिले नेपालको जर्सी लगाएर मैदानमा उत्रिएको हेर्ने उनीकी आमाको ठूलो सपना थियो । तर, आमा त्यो सपना पूरा नहुँदै बितिन् । आमको निधनपछि उनको सपना पूरा गर्ने रश्मिमा तीव्र इच्छा जाग्यो ।

१३ वर्षको उमेरमा फुटबल खेल्न सुरु गरेकी रश्मिको पढाइ पहिले राम्रो थियो । तर, फुटबल सुरु गरेसँगै पढाइमा पर्याप्त समय दिन सकिनन् । फुटबल सुरु गर्नुअघि निजी विद्यालयमा पढ्ने रश्मि घरको आर्थिक अवस्था नाजुक बन्दै गएपछि स्थानीय सरकारी विद्यालयमा भर्ना हुनुपरेको थियो । उनको ध्यान अब पढाइभन्दा फुटबलमा केन्द्रित हुन थाल्यो र पढाइ बिग्रँदै गयो ।

आमाको निधनपछि गहिरो चोटमा परेकी रश्मिलाई अहिले पनि आमाको यादले सताइरहन्छ । गाउँघरमा फुटबलको पोसाकमा उत्रिँदा छोटो कपडाको बहानामा कुरा काट्ने गाउँलेले फुटबल छोरा मान्छेका लागि मात्रै हो छोरीले खेल्नु हुन्नसम्म भन्थे । छोरी मान्छे अर्काको घर जाने जात पढाइतिर ध्यान नदिएको भन्दै बुबाआमाहरूलाई गाली गर्थे । तर, रश्मिलाई परिवारको राम्रो साथ थियो । अरूले जति भने पनि बुबा र आमाले कहिल्यै रश्मिलाई गलत भनेनन् । सधैं साथ र अझै राम्रो गर्न भन्दै हौसला दिइरहे ।

फुटबल खेल्दै जाँदा केही गर्न सकिन्छ कि भन्ने लाग्न थाल्यो रश्मिलाई । व्यावसायिक खेलाडी भएपछि सम्मान पनि पाइने, बाबाको इच्छा पनि पूरा गर्न उनले फुटबलमै करियर बनाउने निर्णय गरिन् । अझै मिहिनेत गर्न थालिन् ।

रश्मिले घेरै पटक घर अब म फुटबल खेल्दिनँ भनेकी थिइन् । तर, बुबाले ‘अरूको कुरा नसुन, आफ्नो काम नछोड भनेर फुटबल छोड्न दिएनन् ।

रश्मिले रौतहटको चन्द्रपुरस्थित शेरबहादुर दर्लामी फुटबल मैदानबाट प्रशिक्षण सुरु गरेकी थिइन् । चित्रबहादुर दर्लामी र नुरराज काफ्ले रश्मिलाई फुटबल सिकाउने पहिला प्रशिक्षकहरू हुन् ।

फुटबल खेल्दै जाँदा केही गर्न सकिन्छ कि भन्ने लाग्न थाल्यो रश्मिलाई । व्यावसायिक खेलाडी भएपछि सम्मान पनि पाइने, बाबाको इच्छा पनि पूरा गर्न उनले फुटबलमै करियर बनाउने निर्णय गरिन् । अझै मिहिनेत गर्न थालिन् ।

सुरु सुरुमा प्रतियोगिताहरू खेल्दा खेल्न सक्दिनँ कि भन्ने डरले रश्मिलाई सताउँथ्यो । झन् राष्ट्रिय टिमबाट खेलिसकेको दिदीहरूसँग खेल्नुपर्दा डरले खुट्टा नै काँप्थ्यो रश्मिको ।

गरिबीलाई नजिकबाट नियालेकी रश्मिले अहिले पनि पैसा नै ठूलो कुरा हो जस्तो लाग्छ । मध्यमवर्गीय परिवार, कमजोर आर्थिक स्थिति भएकाले बुवा विदेश गएका थिए । तर पनि राम्रो हुन सकेन । कठिन समयमा आफन्तबाटै निकै दुव्र्यवहार सहनुपरेको तीतो अनुभव पनि रश्मिसँग छ ।

तर, अहिले तिनै आफन्त सम्मानसहित आफैं नजिक हुन खोज्दा खुसीले गद्गद् हुन्छिन् रश्मि ।

फुटबल खेल्न बुवाले एकजोर बुट दिनुभएको पल रश्मिका लागि अविस्मरणीय छ । सिनियर राष्ट्रिय पर्नु रश्मिका लागि सबैभन्दा खुसीको क्षण हो । अहिले बुवाको सपना साकार बनाए जस्तो लाग्छ उनलाई ।

२०७४ सालमा रश्मिले आमा गुमाएकी थिइन् । त्यो हर कोहीका लागि सबैभन्दा दुखद क्षण थियो । चाडबाडका बेला सबैले आफ्नो आमासँगका फोटोहरू सामाजिक सञ्जालमा हाल्छन् । तर, रश्मि र आमासँगैको कुनै पनि फोटो छैन । सानै उमेरमा आमाको माया गुमाएकी उनलाई अरूको देख्दा निकै नरमाइलो अनुभव हुन्छ ।