माघ २१, २०८२ बुधबार | २३:४४:१०
काँक्रे बिहारलाई पहिलो अंक, फ्रेन्ड्सको लगातार तेस्रो हार बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो नेपाल पहिलो हाफमा बंगलादेशलाई अग्रता, फाइनल सम्भावना लगभग समाप्त बंगलादेशविरुद्ध अलिजालाई मौका, फाइनल पुग्न ८ गोल आवश्यक भारत फाइनल नजिक, भुटान बाहिरियो चेल्सीलाई हराउँदै आर्सनल फाइनलमा बंगलादेशविरुद्ध नेपाललाई ऐतिहासिक जित हासिल गर्दै फाइनल पुग्ने अवसर मनाङ र संकटाको खेल गोलरहित अभ्यास खेलमा नेपालले युएईलाई हरायो एनआरटी र एपिएफले खेल्यो गोलरहित, नव जनजागृतिविरुद्ध जावलाखेलको सहज जित काँक्रे बिहारलाई पहिलो अंक, फ्रेन्ड्सको लगातार तेस्रो हार बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो नेपाल पहिलो हाफमा बंगलादेशलाई अग्रता, फाइनल सम्भावना लगभग समाप्त बंगलादेशविरुद्ध अलिजालाई मौका, फाइनल पुग्न ८ गोल आवश्यक भारत फाइनल नजिक, भुटान बाहिरियो चेल्सीलाई हराउँदै आर्सनल फाइनलमा बंगलादेशविरुद्ध नेपाललाई ऐतिहासिक जित हासिल गर्दै फाइनल पुग्ने अवसर मनाङ र संकटाको खेल गोलरहित अभ्यास खेलमा नेपालले युएईलाई हरायो एनआरटी र एपिएफले खेल्यो गोलरहित, नव जनजागृतिविरुद्ध जावलाखेलको सहज जित
शनिबारको दिन एएफसी यु २० एसिया कप

यु-२० बहराइन यात्राः जितको व्यग्रता

बहराइन (मनामा) । कम्तीमा दुई दक्षिण एसियाली प्रतिद्वन्द्वीलाई पराजित गर्ने र दुई महारथीसँग राम्रो प्रदर्शन गर्ने लक्ष्यसहित नेपाली यु-२० फुटबल टिम बहराइन आइपुगेको हो ।

अर्को वर्ष उज्वेकिस्तानमा हुने एएफसी यु-२० एसियन कपको छनोटका लागि समूह ‘बी’मा परेको नेपालले भुटान, बंगलादेश, बहराइन र कतारलाई प्रतिद्वन्द्वी पाएको थियो ।

अघिल्लो बिहीबार बहराइन पुगेको नेपाली टिमले शुक्रबार एक सेसन मात्रै अभ्यास गरेर भुटानविरुद्धको खेलका लागि शनिबार साँझ ६ बजे अरदस्थित अल मुराक रंगशाला पुगेको थियो । यात्राको थकान र आराम गर्न पर्याप्त समय  अभावमा केही खेलाडी बिरामीसमेत परे । त्यतिमात्रै होइन, खेलको करिब ४८ घण्टाअघि मात्रै बहराइन ओर्लिएको नेपाली टिम स्थानीय वातावरणसँग घुलमिल हुनै पाएको थिएन ।

सोही कारण भुटानसँग २-० को अप्रत्याशित हारबाट नेपाल गुज्रिनुपर्यो । ‘कागज’मा सबैभन्दा कमजोर आँकिएको भुटानसँगको हार स्वीकार्न नसकेको प्रशिक्षक मेघराज केसीले प्रतिक्रिया दिएका थिए । तर, प्रतियोगिता सुरु हुन १० दिन बाँकी रहँदै बहराइन आएर मैत्रीपूर्ण खेलसहित अभ्यास गरिरहेको भुटानले आफूलाई यहाँकै वातावरणमा ढालिसकेको थियो । त्यसैले नेपालसँगको खेल उसका लागि सहज भएको थियो ।

कस्तो रह्यो नेपालको नतिजा ?

अर्को वर्ष उज्वेकिस्तानको टिकट काटनुनेपालका लागि सहज चुनौती थिएन । किनभने कतार र बहराइनजस्ता देश भएको समूहबाट समूह विजेता र उत्कृष्ट उपविजेता बन्नु चानचुने कुरा होइन । त्यसैले नेपालको लक्ष्य कम्तीमा तेस्रो स्थान थियो । जसका लागि नेपालले बंगलादेश र भुटानलाई पराजित गर्नुपर्थ्यो।

तर, पहिलो खेलमा आक्रामक शैलीमा प्रस्तुत भएको भुटानले वातावरणसँग घुलमिल हुनुको भरपुर फाइदा उठायो । त्यसको विपरीत नेपालले हार सामना गर्नुपर्यो ।

दोस्रो खेलमा सम्भावित समूह विजेता कतारसँग नेपालले सन्तोषजनक प्रदर्शन गरेको हो । भलै नेपालले ३औ१ को पराजय भोग्नुपर्यो । तर, त्यो खेलमा नेपालको प्रदर्शन साँच्चै आकर्षक र प्रशंसनीय रह्यो । एकपछि अर्को गरी निरन्तर एसियाली फुटबलको महारथी कतारले गरेका प्रहारहरू  नेपाली रक्षापंक्तिले निस्तेज पारिरहेको थियो । पहिलो पटक सुरुआती ११ मा स्थान बनाएका गोलकिपर जियारत शेखको प्रदर्शन पनि उल्लेखनीय देखियो । त्यसैले त नेपालले बलियो मानिएको प्रतिद्वन्द्वीसँग पनि लज्जास्पद हार बेहोर्नुपरेन ।

समूह चरणको पहिलो खेलमा बंगलादेशसँग बराबरीमा अल्झिएको बहराइनलाई हराउन सकिन्छ भन्ने आँट युवा खेलाडीमा थियो । त्यो खेलमा जित निकाल्दै भुटानविरुद्धको हारको क्षतिपूर्ति उठाउने योजनामा थियो । तर, २८औं मिनेटमा अमर श्रेष्ठले रातो कार्ड पाएपछि १० जनामा सीमित भएको नेपालले ६-० को नमीठो पराजय स्वीकार्नुपर्यो ।  

अमरले रातो कार्ड सामना गर्नुअघि १९औं मिनेटमा बहराइनले पेनाल्टीमार्फत एक गोल गरिसकेको थियो । पहिलो हाफ सकिन ८ मिनेट बाँकी रहँदा दोस्रो गोल खाएको नेपालले दोस्रो हाफमा थप चार गोल खाएको हो ।

निर्धारित ९० मिनेटको खेल सकिनु १० मिनेट बाँकी रहँदासम्म नेपाल ३-० ले पछाडि थियो । ८०औं मिनेटमा तीन वैकल्पिक खेलाडी परिवर्तन गरेको नेपाली टिमले बाँकी १० मिनेटमा थप तीन गोल खायो ।

एएफसी यु-२० एसियन कप छनोटको समूह ‘बी’मा नेपालले अझै एक खेल खेल्न बाँकी छ । समूह चरणको अन्तिम खेलमा आइतबार नेपालले बंगलादेशसँग भिड्ने छ । नेपाल अन्तिम खेलमा पहिलो जितका लागि आतुर छ भने बंगलादेश पनि सुखद अन्त्यको लक्ष्यमा हुनेछ ।

खराब बनेको बहराइन भ्रमणको चोटमा बंगलादेशविरुद्ध जित निकाल्न सके नेपाली टिमले अलिकति भए पनि मलम लगाउने छ ।