फाल्गुन १६, २०८२ शनिबार | १७:३१:५५
काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल लालिगुराँससँग फ्रेन्ड्सले अंक खोस्यो इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए एलआरआई स्कुल च्याम्पियन काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल लालिगुराँससँग फ्रेन्ड्सले अंक खोस्यो इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए एलआरआई स्कुल च्याम्पियन
शनिबारको दिन महिला साफ च्याम्पियनसिप

धेरै पक्षमा फाइदा छ, गल्ती गर्नु हुँदैन

काठमाडौं । अन्तर्राष्ट्रिय स्तरमा हामीले फुटबल खेल्न थालेको धेरै भइसक्यो । तर, दक्षिण एसियाली च्याम्पियनसिपमा समेत हामी कहिल्यै च्याम्पियन हुन सकेका छैनौं । पुरुषको तुलनामा हाम्रो दक्षिण एसियामा महिलाको इतिहास राम्रो छ ।

तुलनात्मक रूपमा इतिहास छोटो भए पनि हामीले दक्षिण एसियाली महिला फुटबलमा आफूलाई एउटा बलियो शक्तिमा स्थापित गर्न भ्याइसकेका छौं । तर, अहिलेसम्म च्याम्पियन बन्ने हाम्रो धोको पूरा हुन सकेको छैन । यसपालि त्यो धोको पूरा गर्ने राम्रो मौका हाम्रोसामु छ ।

हामीसँग राम्रो टिम त छ नै । त्यसमा चिरपरिचित घरेलु मैदान दशरथ रंगशालाको साथ हुँदा सम्भावना बढेको छ । उपाधि र नेपालको बीचमा रहेका चारमध्ये एक खेलमा नेपालले आशाअनुरुप सफलता हासिल गरिसकेको छ । त्यसकै आधारमा भन्ने हो भने अगाडिको यात्रा पनि सम्भव देखिन्छ । तथापि तीन खेल, त्यसमा पनि भारतविरुद्धको सम्भावित फाइनल वा सेमिफाइनल भिडन्त बाँकी नै छ । यसर्थ नेपालले सचेत हुनुपर्ने ठाउँ भने धेरै छन् ।

भुटानसँग खेल्दै प्रतियोगिताको थालनी गर्दा पक्कै पनि नतिजा नेपाली समर्थकले सोचेजस्तै आयो । तर, खेलमा पानी परेका कारण समयमा गोल निस्किन सकेन । पानीमा खेल्न गाह्रो नै हुन्छ । तैपनि नेपाली टोलीले राम्रो खेलेर भुटानमाथि ४-० को विजयी नतिजा निकालेको छ । यो नतिजाले खेलमा भएका कमजोरीलाई छोप्नु चाहिँ हुन्न । त्यसो गरियो भने आगामी खेलमा गाह्रो हुनसक्छ । भुटानविरुद्धको खेलमा पासिङमा खेलाडीबीच ‘सेल्फिसनेस’ देखियो । साम्बा (सावित्रा भण्डारी)ले पेनाल्टी बक्समा जिरो एङ्गलबाट पनि बल हान्न खोजिरहेकी थिइन् । त्यस्ता कुरालाई आगामी खेलमा सुधार्नुपर्छ ।

दोस्रो हाफमा अमिशा (कार्की)को ठाउँमा रेखा (पौडेल) लाई हालियो । त्यसले गर्दा खेलमा महत्त्वपूर्ण परिवर्तन आएजस्तो देखिएको थियो । अनिता (बस्नेत)ले गरेका दुवै गोल उत्कृष्ट थिए ।

दोस्रो हाफमा नै खेलाडी परिवर्तन गरेर प्रीति (राई) लाई ल्याइएको थियो । प्रीतिको प्रदर्शन पनि तारिफयोग्य रह्यो । रक्षापंक्तिमा पनि परिवर्तन गरिएका खेलाडी प्रशिक्षकको विश्वासमा खरो उत्रिए । रेखा आएपछि प्रदर्शनमा धेरै राम्रो परिवर्तन भयो ।

तर, पहिलो खेलमा विंग्समा अलिकति कमजोरी देखियो । अनिता (केसी)ले आफ्नो तर्फबाट शतप्रतिशत दिएर नै खेलेकी थिइन् । तर, खेलमा ‘पर्फेक्सन’ देखिएन । प्रशिक्षकले दोस्रो हाफमा एन्जिला (तुम्बापो सुब्बा)को ठाउँमा अञ्जना (राना मगर) लाई ल्याए । त्यो वास्तवमै उनको राम्रो निर्णय थियो । प्रशिक्षकका रूपमा पहिलो खेलमा कुमार थापाले धेरै परिपक्व निर्णयहरू लिए ।

साफ च्याम्पियनसिपमा नेपालको नतिजा के आउँछ र कहाँसम्म पुग्छ भन्न सकिँदैन । बुधबारको खेलमा बंगलादेशले राम्रो खेलेको थियो । बंगलादेशले आफ्नो स्तर बढाइसकेको छ । पहिला हामीले सजिलै बंगलादेशलाई जित्थ्यौं भने यो पटक बंगलादेश र भारतलाई बलियो टिम नै सोच्नुपर्छ ।

नेपाली टिमका सबैले आफ्नो क्षमताअनुसार शतप्रतिशत मिहिनेत गर्दै संगठित भएर खेले नतिजा राम्रो निकाल्न सकिन्छ । प्रशिक्षकको हकमा कुमारको पनि यो दोस्रो मौका हो । कति खेलाडीको यो तेस्रो र चौथो मौका पनि हो । त्यसैले यो पटक सेमिफाइनलमा नेपालले विचार पुर्याएर, एउटै गल्ती नगरी खेल्नुपर्छ ।

लिग चरणमा हामीलाई केही छैन । सिधै सेमिफाइनल पुगिसकेका छौं । तर, सेमिफाइनलमा होसियारीपूर्वक, रणनीतिक, शारीरिक, मानसिक र मनोवैज्ञानिक रूपमा बलियो भएर खेल्न सकियो भने नेपालले जित्न सक्छ । त्यसका लागि हामीले कडा परिश्रम गर्नैपर्छ ।

घरेलु मैदान हो, आफ्नै समर्थक हुन्छन् । त्यसको फाइदा हुन्छ । तर कुनै खेलमा पनि चल्तीचाहिँ गर्नुहुँदैन । दुई-तीन वटा गल्ती गर्यो भने खेलाडीलाई मौका दिन सकिँदैन । टिमले पनि अर्को मौका नपाउन सक्छ । त्यसैले गल्ती नगरिकन होसियारपूर्वक खेल्नुपर्छ । टिममा ‘हामी सबै पक्षमा बलियो छौं’ भन्ने मानसिकता हुनुपर्छ । यो बलले मात्र हामी जित्न सक्छौं ।

श्रीलंकासँगको खेलअघि नै नेपाल सेमिफाइनल पुगिसकेको छ । नेपाल समूह ‘बी’ विजेताको रूपमा सेमिफाइनल पुग्छ । उता, समूह ‘ए’ मा भारतले बंगलादेशसँग खेल्दा राम्रै रणनीति बनाउँछ । यो सबै कुरालाई अध्ययन गरेर हामीले धैर्यसाथ गल्ती नगर्ने र सुधार्ने प्रयास गर्नुपर्छ ।

रेनुका (नगरकोटी) मिडफिल्डकी खेलाडी हुन् । विगतका खेलहरू हेर्दा रेनुकाले राम्रो खेल बनाउन र गोलहरू निकाल्न धेरै योगदान पुर्याएको छ । पूजा (राना मगर) लाई मैले यु-१४ बाट हेरेको छु । ऊ राम्रो रक्षक हो । यु-१४ मा उसले कप्तानी पनि सम्हालिसकेकी छे । मलाई मनपर्ने र एकदमै निडर डिफेन्डरमा उनी पर्छिन् ।

तर, दुर्भाग्य चोटका कारण अहिले टिममा उनीहरू छैनन् । उनीहरू भएको भए अझ राम्रो हुन्थ्यो भन्ने पक्का कुरा हो । जबकि, पहिलो खेलसम्ममा चाहिँ उनीहरूको अनुपस्थिति टिममा खड्किएको छैन । उनीहरूको ठाउँमा आउने अरू खेलाडीले पहिलो खेलमा प्रशिक्षकको आशाअनुसारकै प्रदर्शन गरेका छन् । तर, त्यसले निरन्तरता पाउनु जरुरी छ ।

सेमिफाइनलअघि अझै समूह चरणको एक खेल बाँकी छ । त्यसलाई अभ्यास खेलको रूपमा प्रयोग गर्नुपर्छ । प्रशिक्षकले खेलाडीको मनोबल उच्च बनाउँदै उचित रणनीतिसाथ टिम उतार्नुपर्छ । सबैभन्दा मुख्य कुरा खेलाडीलाई उनीहरूको जिम्मेवारी राम्ररी बुझाउने र त्यसबाट शतप्रतिशत लिने प्रयास गर्नुपर्छ ।

(सन् २०१२ मा सम्पन्न दोस्रो महिला साफ च्याम्पियनसिपमा प्रशिक्षकको रूपमा नेपाली टोलीको नेतृत्व गरेका प्रशिक्षक केसीसँग खेलाडीकर्मी गीता राईको कुराकानीमा आधारित)