चैत्र १६, २०८२ सोमबार | २१:५१:०५
राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट
शनिबारको दिन च्याम्पियन्स लिग

च्याम्पियन्स लिग ड्रमाथि एक नजर

युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको समूह चरणको तालिका बिहीबार राति सार्वजनिक भएको छ । टर्कीको इस्तानबुलमा सम्पन्न ड्रअनुसार लिभरपुलले रेन्जर्ससँगको भेट निश्चित गरेको छ ।

म्यानचेस्टर सिटीका फरवार्ड इर्लिङ ब्राउट हालान्ड आफ्नै पूर्व क्लब बोरुसिया डर्टमन्डसँग भिड्ने भएका छन् ।

स्कटिस च्याम्पिन सेल्टिक साबिक विजेता रियल म्याड्रिडकै क्लबमा रहँदा चेल्सी र एसी मिलान आमनेसामने भएका छन् । गत वर्षको युरोपा लिग च्याम्पियन आइन्ट्र्याक्ट फ्रान्कफर्टले समूह चरणमा डेब्यू गर्दा टोटेनहम पनि त्यही समूहमा परेको छ ।

बायर्न म्युनिख, बार्सिलोना र इन्टर मिलान एउटै समूहमा पर्नु बिहीबार रातिको सबैभन्दा ठूलो हेडलाइन बन्यो ।

समूह चरण :

समूह ए : अयाक्स, लिभरपुल, नेपोली, रेन्जर्ससमूह बी : एफसी पोर्टो, एटलेटिको मड्रिड, बायर लभेरकुसेन, क्लब ब्रगसमूह सी : बायर्न म्युनिख, बार्सिलोना, इन्टर मिलान, भिक्टोरिया प्लाजेनसमूह डी : आइन्ट्र्याक्ट फ्रान्कफर्ट, टोटेनहम, स्पोर्टिङ लिस्बन, मार्सेसमूह ई : एसी मिलान, चेल्सी, आरबी साल्जबर्ग, डिनामो जाग्रेबसमूह एफ : रियाल मड्रिड आरबी लाइप्जिग, साख्तार डोनेस्क, सेल्टिकसमूह जी : म्यानचेस्टर सिटी, सेभिया, बोरुसिया डर्टमन्ड, एफसी कोपनहेगनसमूह एच : पेरिस सेन्ट जर्मेन, युभेन्टस, बेन्फिका, मकाबी हाइफा

समूह चरणका खेल सेप्टेम्बर ६ देखि नोभेम्बर २ सम्म हुनेछन् । यस्तै यो सिजनको च्याम्पियन्स लिगको फाइनल टर्कीको इस्तानबुलस्थित अटाटुर्क ओलम्पिक स्टेडियममा जुन १०, २०२३ मा हुनेछ ।

ब्रिटिस क्लबका लागि मिश्रित ड्र

पिएसभी आइन्डहोभेनलाई पाखा लगाउँदै १२ वर्षमा पहिलो पटक रेन्जर्सले समूह चरणमा स्थान बनाएको छ । स्कटिस च्याम्पियनले ६ पटकको च्याम्पियन लिभरपुलसँग समूहमा ‘ए’ मा खेल्नेछ । समूह ‘ए’ का अन्य टिममा अयाक्स र नेपोली छन् ।

१४ पटकको च्याम्पियन रियाल मड्रिड, सेल्टिक र आरबी लाइप्जिगले समूह एफअन्तर्गत साख्तार डोनेस्कसँग पोल्यान्डको वार्सामा अवे म्याच खेल्ने छन् । युक्रेनमा जारी रुसी आक्रामणका कारण डोेनेस्कले पोल्यान्डमा होम म्याच खेल्ने छ ।

फ्रान्कफर्ट, लिस्बन र मार्सेसँग समूह ‘डी’मा परेको टोटेनहम समूह चरणबाट अगाडि बढ्नेमा विश्वस्त छ । दुई पटकको च्याम्पियन चेल्सीले एसी मिलानविरुद्ध दुई कठिन खेल खेल्नेछ । समूह ‘ई’मा अरू दुई क्लब साल्जबर्ग र जाग्रेब परेकाले चेल्सी प्रशिक्षक थोमस टचेल आफ्नो टिमलाई नकआउट चरणमा पुर्याउनेमा विश्वस्त छन् ।

यस्तै सेभिया र कोपनहेगनले समूह ‘जी’मा सिटीको प्रतीक्षा गर्नेछन् । समूह ‘ई’ को हेभिवेट खेल पेरिस सेन्ट जर्मेन र युभेन्टसबीच हुनेछ ।

तर, समूह ‘सी’ बाट भने इन्टर, बायर्न र बार्सिलोनामध्ये एक टिमले नकआउट चरण गुमाउने छ । यी तीन टिमसँग १४ वटा च्याम्पिन्स लिग उपाधि छ ।