पुस २५, २०८२ शनिबार | ०१:०३:२८
अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली समस्या नै समस्यामा इङ्ल्यान्ड जेद्दामा ‘एल क्लासिको’ भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ? अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे रियाल र बार्सिलोना फाइनलमा भिड्ने ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली समस्या नै समस्यामा इङ्ल्यान्ड जेद्दामा ‘एल क्लासिको’ भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ? अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे रियाल र बार्सिलोना फाइनलमा भिड्ने ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान
शनिबारको दिन च्याम्पियन्स लिग

च्याम्पियन्स लिग ड्रमाथि एक नजर

युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको समूह चरणको तालिका बिहीबार राति सार्वजनिक भएको छ । टर्कीको इस्तानबुलमा सम्पन्न ड्रअनुसार लिभरपुलले रेन्जर्ससँगको भेट निश्चित गरेको छ ।

म्यानचेस्टर सिटीका फरवार्ड इर्लिङ ब्राउट हालान्ड आफ्नै पूर्व क्लब बोरुसिया डर्टमन्डसँग भिड्ने भएका छन् ।

स्कटिस च्याम्पिन सेल्टिक साबिक विजेता रियल म्याड्रिडकै क्लबमा रहँदा चेल्सी र एसी मिलान आमनेसामने भएका छन् । गत वर्षको युरोपा लिग च्याम्पियन आइन्ट्र्याक्ट फ्रान्कफर्टले समूह चरणमा डेब्यू गर्दा टोटेनहम पनि त्यही समूहमा परेको छ ।

बायर्न म्युनिख, बार्सिलोना र इन्टर मिलान एउटै समूहमा पर्नु बिहीबार रातिको सबैभन्दा ठूलो हेडलाइन बन्यो ।

समूह चरण :

समूह ए : अयाक्स, लिभरपुल, नेपोली, रेन्जर्ससमूह बी : एफसी पोर्टो, एटलेटिको मड्रिड, बायर लभेरकुसेन, क्लब ब्रगसमूह सी : बायर्न म्युनिख, बार्सिलोना, इन्टर मिलान, भिक्टोरिया प्लाजेनसमूह डी : आइन्ट्र्याक्ट फ्रान्कफर्ट, टोटेनहम, स्पोर्टिङ लिस्बन, मार्सेसमूह ई : एसी मिलान, चेल्सी, आरबी साल्जबर्ग, डिनामो जाग्रेबसमूह एफ : रियाल मड्रिड आरबी लाइप्जिग, साख्तार डोनेस्क, सेल्टिकसमूह जी : म्यानचेस्टर सिटी, सेभिया, बोरुसिया डर्टमन्ड, एफसी कोपनहेगनसमूह एच : पेरिस सेन्ट जर्मेन, युभेन्टस, बेन्फिका, मकाबी हाइफा

समूह चरणका खेल सेप्टेम्बर ६ देखि नोभेम्बर २ सम्म हुनेछन् । यस्तै यो सिजनको च्याम्पियन्स लिगको फाइनल टर्कीको इस्तानबुलस्थित अटाटुर्क ओलम्पिक स्टेडियममा जुन १०, २०२३ मा हुनेछ ।

ब्रिटिस क्लबका लागि मिश्रित ड्र

पिएसभी आइन्डहोभेनलाई पाखा लगाउँदै १२ वर्षमा पहिलो पटक रेन्जर्सले समूह चरणमा स्थान बनाएको छ । स्कटिस च्याम्पियनले ६ पटकको च्याम्पियन लिभरपुलसँग समूहमा ‘ए’ मा खेल्नेछ । समूह ‘ए’ का अन्य टिममा अयाक्स र नेपोली छन् ।

१४ पटकको च्याम्पियन रियाल मड्रिड, सेल्टिक र आरबी लाइप्जिगले समूह एफअन्तर्गत साख्तार डोनेस्कसँग पोल्यान्डको वार्सामा अवे म्याच खेल्ने छन् । युक्रेनमा जारी रुसी आक्रामणका कारण डोेनेस्कले पोल्यान्डमा होम म्याच खेल्ने छ ।

फ्रान्कफर्ट, लिस्बन र मार्सेसँग समूह ‘डी’मा परेको टोटेनहम समूह चरणबाट अगाडि बढ्नेमा विश्वस्त छ । दुई पटकको च्याम्पियन चेल्सीले एसी मिलानविरुद्ध दुई कठिन खेल खेल्नेछ । समूह ‘ई’मा अरू दुई क्लब साल्जबर्ग र जाग्रेब परेकाले चेल्सी प्रशिक्षक थोमस टचेल आफ्नो टिमलाई नकआउट चरणमा पुर्याउनेमा विश्वस्त छन् ।

यस्तै सेभिया र कोपनहेगनले समूह ‘जी’मा सिटीको प्रतीक्षा गर्नेछन् । समूह ‘ई’ को हेभिवेट खेल पेरिस सेन्ट जर्मेन र युभेन्टसबीच हुनेछ ।

तर, समूह ‘सी’ बाट भने इन्टर, बायर्न र बार्सिलोनामध्ये एक टिमले नकआउट चरण गुमाउने छ । यी तीन टिमसँग १४ वटा च्याम्पिन्स लिग उपाधि छ ।