मंसिर १२, २०८२ शुक्रबार | २२:५२:४७
वसीरको ‘हिरोइक’ प्रदर्शनमा कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जित कर्णालीविरुद्ध वसीरको अर्धशतक पावरप्लेमा विराटनगरले तीन विकेट गुमायो विराटनगरलाई कर्णालीको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध प्रियान्कको अर्धशतक, कर्णालीको एक सय रन पूरा विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली चितवनको ब्याटिङ चल्न सकेन, काठमाडौं तेस्रो स्थानमा उक्लियो चितवनको खराब सुरुआत तनवीरको सानदार बलिङले चितवनविरुद्ध काठमाडौं मध्यम योगफलमा समेटियो चितवनविरुद्ध सिम्पसनको अर्धशतक वसीरको ‘हिरोइक’ प्रदर्शनमा कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जित कर्णालीविरुद्ध वसीरको अर्धशतक पावरप्लेमा विराटनगरले तीन विकेट गुमायो विराटनगरलाई कर्णालीको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध प्रियान्कको अर्धशतक, कर्णालीको एक सय रन पूरा विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली चितवनको ब्याटिङ चल्न सकेन, काठमाडौं तेस्रो स्थानमा उक्लियो चितवनको खराब सुरुआत तनवीरको सानदार बलिङले चितवनविरुद्ध काठमाडौं मध्यम योगफलमा समेटियो चितवनविरुद्ध सिम्पसनको अर्धशतक
शनिबारको दिन कप्तान

महिला टिमको आगामी कप्तान एन्जिला हुन् ?

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको स्वर्ण पदक भिडन्तमा भारतसँग पराजित भएसँगै कप्तान निरु थापाले संन्यास लिइन् । यसपछि टिमको नेतृत्व गर्ने जिम्मेवारी रेनुका नगरकोटेले पाइन् । उनको कप्तानीमा नेपालले घरेलु मैदानमा आयोजित बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण खेल खेल्यो ।

रेनुकाकै कप्तानीमा नेपालले भदौ २१ देखि ३ असोजसम्म दशरथ रंगशालामा हुने महिला साफ च्याम्पियनसिप खेल्ने तयारी थियो । तर, त्यसअघि नै चीनमा हुने १९औं एसियाली खेलकुदको तयारीक्रममा घाइते भएपछि रेनुकाले साफ गुमाउने निश्चित भएको छ ।

कुमार थापाको प्रशिक्षणमा रहेको नेपाली टिम यतिबेला कप्तानबिहीन छ । प्रशिक्षक कुमार थापा कप्तानको विषय अहिले नै टुंगो लगाउने स्थितिमा छैनन् । हाल टिममा ३५ खेलाडीले प्रशिक्षण गरिरहेका छन् । यसबाट साफका लागि अन्तिम २३ खेलाडी छनोट हुनेछन् । सम्भवत: उनले प्रतियोगिताको पूर्वसन्ध्यामा मात्रै कप्तान सार्वजनिक गर्नेछन् ।

नेपाली फुटबलमा कप्तानी जिम्मेवारी सिनियरको आधारमा दिने प्रचलन छ । यसअघि पूर्वकप्तान अनु लामाले संन्यास लिनु र निरु टोलीमा नरहँदा रेनुका नै कप्तान थिइन् । तत्कालीन प्रशिक्षक हरि खड्काले निरुको ‘कमब्याक’ पछि उनैलाई नै कप्तान जिम्मा दिए । निरुको कप्तानीमा नेपालले पाँचौं साफ च्याम्पियनसिप विराटनगर र पोखरामा १३औं दक्षिण एसियाली खेलकुद (साग) खेलेको थियो ।

‘हाम्रोमा कप्तान सिनियरको आधारमा दिने प्रचलन छ । सो आधारमा हेर्ने हो भने कप्तानमा एन्जिला नै हुन्छिन्,’ पूर्व कप्तान निरु सुनाउँछिन् ।

हाल टोलीको सिनियर खेलाडीमा गोलरक्षक एन्जिला तुम्बापो सुब्बासँगै दीपा राई र अमृता जैसी पनि छन् । नेपाली राष्ट्रिय महिला टोलीकी पूर्व कप्तान निरु थापा सिनियरको आधारमा एन्जिलाको सम्भावना उच्च रहेको बताउँछिन् ।

‘हाम्रोमा कप्तान सिनियरको आधारमा दिने प्रचलन छ । सो आधारमा हेर्ने हो भने कप्तानमा एन्जिला नै हुन्छिन्,’ विभागीय टोली नेपाल पुलिस क्लबबाट खेल्दै आएकी निरु सुनाउँछिन् ।

पूर्वखेलाडी पेमा लामा अहिले छनोट प्रक्रियामा रहेको र अन्तिम २३ पछि नै कप्तानी सार्वजनिक गर्न ठीक हुने बताउँछिन् । ‘हामीले सिनियरकै आधारमा कप्तान दिने गरेका छौं । पक्कै पनि प्रशिक्षक (कुमार) ले २३ खेलाडी पछि नाम सार्वजनिक गर्नुहुन्छ होला,’ अखिल नेपाल फुटबल संघ (एन्फा)की केन्द्रीय सदस्य तथा महिला खेलाडी संघकी अध्यक्ष लामाले भनिन् ।

२०३० को दशकमा नेपाली महिला टोलीले पहिलो खेल दार्जिलिङ ११ विरुद्ध खेलेको थियो । तत्कालीन राजा वीरेन्द्र शाहको शुभजन्मोत्सवमा खेलिएको पहिलो खेलमा १-१ को बराबरी खेलेको नेपाली टिमले दोस्रो खेलमा २-१ को जित निकालेको थियो । नेपाली टिमले सन् १९८६ मा एएफसी महिला च्याम्पियनसिपबाट पहिलो अन्तर्राष्ट्रिय खेल सुरुआत गरेको थियो । रमा सिंहको कप्तानीमा नेपालले हङकङ, थाइल्यान्ड र इन्डोनेसियासँग खेलेको थियो ।

सन् २०१० यता भने नेपाली महिला टिमले साग र साफसहित विभिन्न प्रतियोगितामा निरन्तर खेल्दै आएको छ ।

त्यसपछि नेपाली महिला टिमको कप्तानी कमला हिराचन र मीरा चौधरीले गरेका थिए । कार्यबाहक कप्तानका रूपमा पेमा लामासमेत रहिन् । यसपछि महिला फुटबल हुन छाड्यो । सन् २०१० यता भने नेपाली महिला टिमले साग र साफसहित विभिन्न प्रतियोगितामा निरन्तर खेल्दै आएको छ ।

सन् २०१० पछि नेपाली टिमले अन्तर्राष्ट्रिय खेलकुदमा सहभागिता जनाउँदा चन्द्रा भण्डारीले कप्तानी गरिन् । यसपछि क्रमशः जमुना गुरुङ, अनु लामा, निरु थापा र रेनुका नगरकोटेले ‘आर्म ब्यान्ड’ लगाएका छन् । यसअघि भारतमा भएको ‘हिरो गोल्डकप २०१९’ को फाइनलमा म्यानमार र भारतलाई पराजित गर्दा एन्जिला कार्यबाहक कप्तान थिइन् ।