फाल्गुन १९, २०८२ मंगलबार | ११:०२:४७
खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का
शनिबारको दिन आहा रारा गोल्डकप

आहा-रारा गोल्डकपको दुई दशक

जतिबेला नेपाली घरेलु फुटबलमा समस्या र विवाद हुन्छ । त्यतिबेला खेल ठप्प हुन्छ । तर, यो खेललाई जीवन्त राख्ने भनेकै मोफसलका प्रतियोगिताले हो । काठमाडौंबाहिर सयौं संख्यामा फुटबलका नकआउट प्रतियोगिता हुने गर्छन् । ती सबै उत्तिकै ठीक भन्न लायकका छैनन् । तर, जतिबेला आहा–रारा गोल्डकप फुटबलको कुरा निस्कन्छ, ठोकुवा गर्न सकिन्छ यो अब्बल दर्जाको प्रतियोगिता हो । भलै, यसमा अनेक कमजोरी होलान्, तर यसले तय गरेको बाटो आफैंमा प्रशंसायोग्य छ ।

पोखराको सहारा क्लब हो यसको आयोजक । आफ्नै एकेडेमी अनि आफ्नै फुटबल मैदान भएको क्लब हो सहारा । वर्ष ०५८ देखि यसले पोखरामा फुटबल प्रतियोगिताको आयोजना सुरु गरेको थियो । वर्ष ०७७ आइपुग्दा यसले दुई शतक पूरा गरेको छ । त्यस अर्थमा सहारासँग प्रतियोगिता आयोजनाको २० वर्षे समृद्ध इतिहास छ । सहाराबाट लेख्न मिल्ने आयाम धेरै छन् । तर हामी यहाँ धेरै यताउता गर्ने छैनौं । खालि प्रतियोगितामै केन्द्रित हुनेछौं ।

त्यस अर्थमा यो प्रतियोगिताको छोटकरीमा इतिहास हो । यही इतिहास समेटेर त्यसले किताबको पनि आकार लिइसकेको छ । त्यसको नाम राखिएको छ, ‘सहारा दुई दशकको फुटबल यात्रा २०५७–२०७७’ । सहाराले वर्ष ०५८ मा पहिलोपल्ट प्रतियोगिता आयोजना गर्दा त्यसको नाम थियो, क्याराभान गोल्डकप । त्यसको फाइनलमा नेपाल पुलिस क्लबले मनाङ मस्र्याङ्दी क्लबाई हराएको थियो । यहींबाट सुरु हुन्छ यी दुई टिमको दबदबा । पछि त्यसमा थ्री स्टार क्लब पनि थपियो । त्यसपछि यी तीनै टिमको दबदबा छ पोखरामा ।

वर्ष ०५९ आइपुग्दा प्रतियोगिताको नाम फेरियो । रह्यो, आहा गोल्डकप । यो नामबाट ०६८ सम्म प्रतियोगिता भएको थियो । यसबीचमा पुलिसले पाँचपल्ट, मनाङले तीन र थ्री स्टारले दुईपल्ट उपाधि जितेका थिए । यो त्यो समय थियो, जतिबेला घरेलु फुटबलमा पुलिसको अलग्गै दबदबा थियो । वर्ष ०६२ को एक संस्करण भने अपवाद रह्यो । त्यस वर्ष अफ्रिकन युनाइटेडले उपाधि जितेको थियो । नेपालमा लिग खेल्न आएका अफ्रिकी मूलका खेलाडी समेटेर बनेको टिम थियो त्यो ।

यी ११ संस्करणका प्रतियोगितामा फ्रेन्ड्स, एपिएफ, आर्मी र जावलाखेलले पनि फाइनल खेल्ने अवसर भने बनाए । वर्ष ०६९ आइपुग्दा प्रतियोगिताको नाम फेरियो । अझ ठ्याक्कैभन्दा नाम लम्बियो । त्यस वर्षदेखि प्रतियोगिताको परिचय बन्यो आहा–रारा गोल्डकप । त्यसको पहिलो संस्करण थ्रीस्टारले जितेको थियो । त्यसयता थप आठ संस्करण भइसके । पुराना र यी सबै जोड्दा अहिलेसम्म पुलिस र मनाङले कीर्तिमान ६÷६ पल्ट उपाधि जितेको छ ।

थ्री स्टारको नाममा पाँचपल्ट उपाधि जितेको इतिहास छ । अफ्रिकन युनाइटेडसँगै एकपल्ट उपाधि जित्नेमा आयोजक सहारा र संकटा पनि छन् । संकटाले पोहोरको वर्ष उपाधि जितेको थियो । यसबीच सहारा, आर्मी र अफ्रिकन रुट्सले पनि फाइनलमा स्थान बनाएका छन् । वर्ष ०५८ देखि ०७४ सम्म प्रतियोगिताको स्वरूप एकनास रह्यो । १२ टिम, ११ खेल । सुरुआती चरणमा चार खेल, त्यसपछि चार क्वाटरफाइनल, दुई सेमिफाइनल र एक फाइनल ।

वर्ष ०७५ आइपुग्दा सहभागी टिमको संख्या १० मा झरेको थियो । ९ खेलमात्रै भए । यो क्रम ०७६ मा पनि कायम रह्यो । अझ वर्ष ०७७ आइपुग्दा सहभागीको संख्या ८ मात्र रह्यो । खेल भने ७ खेलमै सीमित रह्यो । घरेलु फुटबलको ढाँचामा आएको परिवर्तन र कोरोना भाइरस संक्रमण महामारीका कारण सहभागी र खेलसंख्या कम भएको थियो । प्रतियोगिताको नाम र स्वरूप जस्तै रहे पनि यो त्यस्तो प्रतियोगिता हो, जसका लागि पोखरा प्रत्येक वर्ष प्रतीक्षा गरिरहेको हुन्छ ।