पुस २६, २०८२ आइतबार | २०:५५:२५
एनकेएल ‘प्लेयर ट्रायल्स’ सुरु एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा एनआरटीले एपिएफसँग खेल्यो बराबरी ट्वान्टी-२० विश्वकप छनोटः अभ्यास खेलमा नेपालले अमेरिकालाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपः फाइनल चरणको छनोटका लागि ३५ खेलाडी छानिए एन्फा महासचिव राई प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा उदयपुरबाट सिफारिस पाकिस्तानलाई अवसर, दबाबमा श्रीलंका स्पेनिस सुपर कपको फाइनल आज भारत र न्युजिल्यान्डबीचको एकदिवसीय शृंखला आजबाट म्यानचेष्टर सिटीको १० गोल इन्ट्रा टिपटो फुटसल प्रतियोगिता सम्पन्न एनकेएल ‘प्लेयर ट्रायल्स’ सुरु एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा एनआरटीले एपिएफसँग खेल्यो बराबरी ट्वान्टी-२० विश्वकप छनोटः अभ्यास खेलमा नेपालले अमेरिकालाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपः फाइनल चरणको छनोटका लागि ३५ खेलाडी छानिए एन्फा महासचिव राई प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा उदयपुरबाट सिफारिस पाकिस्तानलाई अवसर, दबाबमा श्रीलंका स्पेनिस सुपर कपको फाइनल आज भारत र न्युजिल्यान्डबीचको एकदिवसीय शृंखला आजबाट म्यानचेष्टर सिटीको १० गोल इन्ट्रा टिपटो फुटसल प्रतियोगिता सम्पन्न
शनिबारको दिन

श्रीलंकाली फुटबलमा अल्मुताइरीको कमाल, चर्चा सर्वत्र

काठमाडौं । अब्दुल्लाह अल्मुताइरीमा पक्कै केही न केही विशेष छ । त्यसैले त उनी चर्चामा छाइरहन्छन् । यी कुवेती फुटबल प्रशिक्षक अचेल श्रीलंकामा छन् । त्यहाँको फुटबलमा मज्जाले छाइरहेका छन् ।

पछिल्लो एक दशकमा श्रीलंका दक्षिण एसियाली फुटबलमा सबैभन्दा कमजोर रहने गरेको छ । तर उनी के आए, एसिया कप छनोटको तेस्रो चरणमा यिनै दक्षिण एसियाली देशमध्ये सबैभन्दा राम्रो प्रदर्शन श्रीलंकाको छ ।

अहिलेको फिफा विन्डोमा पहिलो दिनको खेल सकिँदा दक्षिण एसियाली देशमध्ये श्रीलंका मात्र विजयी रह्यो । श्रीलंकाले बलियो तुर्कमेनिस्तानलाई १-० ले हराएको थियो । माल्दिभ्स ताजकिस्तानसँग २-०, भुटान लेवनानसँग २-०, बंगलादेश हङकङसँग ४-३ र नेपाल भियतनामसँग ३-१ ले पराजित भएका थिए । भारत र सिंगापुरले १-१ तथा पाकिस्तान र अफगानिस्तानले गोलरहित बराबरी खेलेका छन् ।

तुर्कमेनिस्तानलाई हराएपछि प्रशिक्षक अल्मुताइरीले जसरी खुसीयाली मनाए, त्यो ठ्याक्कै नेपालले साफ च्याम्पियनसिप २०२१ मा माल्दिभ्सलाई उसकै भूमिमा हराउँदा जस्तै थियो ।

जतिबेला समूह ‘डी’ को ‘ड्र’ निस्केको थियो, धेरैलाई लागेको थियो, श्रीलंकाको कुनै सम्भावना छैन । हुन पनि यो समूहका प्रतिद्वन्द्वी थिए, तुर्कमेनिस्तानदेखि थाइल्यान्डसम्म अनि चाइनिज ताइपेई । तर सबै टिमले तीन तीन खेल खेल्दा तुर्कमेनिस्तान, श्रीलंका र थाइल्यान्ड तीनै टिमको समान ६ अंक छ । यस्तोमा एसिया कपमा छनोट हुने सम्भावना तीनै टिमको छ।

तुर्कमेनिस्तानलाई हराएपछि प्रशिक्षक अल्मुताइरीले जसरी खुसीयाली मनाए, त्यो ठ्याक्कै नेपालले साफ च्याम्पियनसिप २०२१ मा माल्दिभ्सलाई उसकै भूमिमा हराउँदा जस्तै थियो । खेलकुदमा प्रायः भन्ने गरिन्छ, कसैलाई माया गर्न सकिन्छ अनि घृणा पनि । तर बेवास्ता भने गर्न सकिन्न । अल्मुताइरी पनि ठ्याक्कै यस्तै खाले छन् । यी प्रशिक्षक चर्चामा रहन जान्दछन् पनि ।

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड ग्रहण गर्दै अब्दुल्लाह अल्मुताइरी (बायाँ), तस्विरः एनएसजेएफ   । 

श्रीलंकाले अहिले जसरी खेलिरहेको छ, त्यस कारण अहिले अल्मुताइरीको चर्चा दक्षिण एसियामा मात्र सीमित छैन, यो चर्चाको घेराले एसियाली फुटबललाई नै छोएको छ । अझ रमाइलो के भने उनको आनीबानी र व्यवहार त्यस्तै हुन थालेको छ, जस्तो नेपाल छँदा थियो । उनी नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षक छँदा पनि टिम धेरै हदसम्म सफल रह्यो । सकारात्मक नतिजा पनि आइरहेको थियो ।

यसपल्ट कोलम्बोमा उनले भनेका छन्, ‘सबैले के बुझ्नुपर्छ भने म आउनु अगाडि श्रीलंकाले पछिल्लो १० वर्षमा ४ खेलमात्र जितेको थियाे । तर म आएदेखि श्रीलंकाले १२ खेलमा ४ जित निकालिसकेको छ । त्यसैले मलाई मिडियाले फुटबल नसिकाए हुन्छ ।’

नेपालले आफूभन्दा बलिया टिमविरुद्ध खेल्न पाएको पनि त्यही बेला थियो । तर, यसबीच विवाद पनि उत्तिकै भइरह्यो । अल्मुताइरीको मुखबाट गजब गजबका कुरा सन्न पाइन्थ्यो । हुँदाहुँदा खेलाडीको एउटा बाक्लै समूह उनको विरोधमै उत्रियो । उनी जति समय नेपालमा बसे, त्यसको एउटा लामो लेखमात्र होइन, किताब नै लेख्न सकिन्छ । यो कुनै सनसनीपूर्ण सिनेमा जत्तिकै हुनेछ ।

तुर्कमेनिस्तानलाई हराइसकेपछि अल्मुताइरीले श्रीलंकाली मिडियाको पनि आलोचना गरे । उनको भनाइ थियो, ‘मलाई मिडियाले फुटबल नसिकाए हुन्छ ।’ उनले केही सच्चिएर भने, ‘यो मिडिया भनेको सामाजिक सञ्जाल हो है ।’

नेपाल छँदा उनले उत्कृष्ट प्रशिक्षकका रूपमा एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पनि जिते । असाध्यै धेरै खुसी थिए, उनी । नेपाली फुटबलले आफूमाथि गरेको गुन पनि सम्झे । हुन पनि नेपालका लागि उनको नेतृत्वमा साफ च्याम्पियनसिप २०२१ को उपविजेता हुनु पनि कम्तीको उपलब्धि थिएन ।

त्यो अवार्ड थापेलगत्तै उनले भनेका थिए, ‘मेरा शत्रु भनेकै मिडिया हुन्, अहिले यिनै मिडियाले मलाई यो अवार्ड दिएको छ, अब भन्नु त यसको कति धेरै महत्व छ ?’ यसपल्ट कोलम्बोमा उनले भनेका छन्, ‘सबैले के बुझ्नुपर्छ भने म आउनु अगाडि श्रीलंकाले पछिल्लो १० वर्षमा ४ खेलमात्र जितेको थियाे । तर म आएदेखि श्रीलंकाले १२ खेलमा ४ जित निकालिसकेको छ । त्यसैले मलाई मिडियाले फुटबल नसिकाए हुन्छ ।’

नेपालको प्रशिक्षक रहँदा अब्दुल्लाह अल्मुताइरी, तस्विरः एन्फा  । 

‘श्रीलंकाले पछिल्लो १० वर्षमा १० खेल जति जितेको भए, कुरा बेग्लै हुन्थ्यो । यो मेरो भनाइ सबै समर्थकलाई पनि हो,’ उनले थपे, ‘अहिले केही मिडियाले मलाई हटाए, श्रीलंकाको प्रदर्शन अझ राम्रो हुन्छ भनिरहेको छ । मलाई हटाएर त हेर्नु, अर्को चार वर्षमा श्रीलंकाली फुटबल अझ खस्कने छ ।’