फाल्गुन १६, २०८२ शनिबार | ०७:१७:१६
ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल लालिगुराँससँग फ्रेन्ड्सले अंक खोस्यो इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए एलआरआई स्कुल च्याम्पियन कोशी प्राइड लिगको मिति धकेलियो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल लालिगुराँससँग फ्रेन्ड्सले अंक खोस्यो इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए एलआरआई स्कुल च्याम्पियन कोशी प्राइड लिगको मिति धकेलियो
शनिबारको दिन शनिबारको दिन

सहिद स्मारक बी डिभिजन लिग: रोचक बन्दै ‘रेलिगेसन ब्याटल’

काठमाडौं । सहिद स्मारक ‘बी’  डिभिजन लिग फुटबलको गत सिजन अन्तिम चरणका खेल जति रोमाञ्चक र नाटकीय बनेको थियो, यसपालि त्यस्तो परिस्थिति नबन्ने पक्का–पक्की जस्तै छ । किनभने लिगमा ४ खेल बाँकी रहँदा प्लानिङ ब्वाइज युनाइटेड र श्री भगवती क्लबले शीर्ष दुई स्थानमा आफ्नो पकड बलियो बनाएको छ । व्यवहारिक रूपमा हेर्ने हो भने यी दुई क्लबले पहिलो पटक ए डिभिजन लिग खेल्ने लगभग पक्का जस्तै छ ।

तेस्रो स्थानको टोलीभन्दा १० अंकले अगाडि रहेको प्लानिङले ८ खेलमा २२ अंक जोडिसकेको छ । दुई खेल जिते प्लानिङ शीर्ष डिभिजनमा उक्लिने छ । श्री भगवतीले पनि ६ अंकको अग्रता लिइसकेको छ । भगवतीले ९ खेलबाट .२१ अंक जोडेको छ ।

गोलको खुसियाली मनाउँदै प्लानिङ ब्वाइजका खेलाडी, तस्विर सौजन्यः एन्फा ।

गत सिजन चर्च ब्वाइज युनाइटेड पनि सहज च्याम्पियन बन्दै पहिलो पटक शीर्ष डिभिजनमा उक्लिएको थियो । दोस्रो स्थानको खुमलटार एफसीभन्दा चर्च ब्वाइज ७ अंकले अगाडि रह्यो । खुमलटारले भने नाटकीय ढंगमा शीर्षस्थानको हैसियत प्राप्त गरेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न खेलमा खुमलटारलाई सामाजिक युवा क्लबविरुद्ध जितबाहेक अन्य विकल्प थिएन । बराबरीले पनि खुमलटारको चुनौती समाप्त हुने अवस्था थियो । तर, खेल खुमलटारले २–१ ले आफ्नो पक्षमा पारेको थियो ।

उता ‘हेड टु हेड’मा खुमलटारभन्दा पछाडि रहेको रानीपोखरी कर्नर टिम (आरसिटी) दशरथ रंगशालामा टुसाल युवा क्लबविरुद्ध खेल्दै थियो । खेल जिते आरसिटी २४ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा रहँदै शीर्ष डिभिजनमा उक्लिने समीकरण थियो । तर, टुसालले आरसिटीलाई गोलरहित बराबरीमा रोक्यो । यो नतिजासँगै समान २२ अंक हुनुका बावजुद ‘हेड टु हेड’मा आरसिटीलाई पछाडि पार्दै खुमलटारले इतिहास रचेको थियो । खुमलटारले त्यसअघि ६ पटकको सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन आरसिटीलाई ३–१ ले हराएको थियो ।

सहिद स्मारक बी डिभिजन लिगअन्तर्गत सरस्वती युवा क्लबविरुद्ध झापा एफसी, तस्विर सौजन्यः एन्फा ।

आरसिटीको अवस्था यसपालि ठ्याक्कै उल्टो छ । क्लब रेलिगेसनबाट जोगिन संघर्ष गरिरहेको छ । यस सिजन प्रोमोसनको समीकरण रोचक नबने पनि रेलिगेसन ब्याटल हेर्नलायक हुनेछ । गत सिजन टुसाल र नयाँबस्ती युवा क्लबले अन्तिम दुई खेल बाँकी रहँदा दोस्रो डिभिजनको हैसियत जोगाएको थियो । टुसाल र नयाँबस्तीसँगै सरस्वती युवा, मध्यपुर युथ एसोसिएसन, झापा एफसी र आरसिटीमध्ये दुई क्लब तेस्रो डिभिजनमा घटुवा हुने निश्चित छ । अन्य सात क्लबः वीरगन्ज युनाइटेड, बाँसबारी क्लब, ब्वाइज युनियन क्लब, श्री कुमारी क्लब, ब्रिगेड ब्वाइज र च्यासल क्लब भने पछिल्लो अवस्था हेर्ने हो भने केही हदसम्म ‘सेफ साइड’मा छन् । यी क्लब रेलिगेसनको चपेटामा पर्दैनन् भनेर पनि यकिनसँग भन्ने अवस्था छैन ।

अबको २० दिनमा बी डिभिजन लिग सकिँदै छ । ४ खेलमा क्लबले बटुल्न सक्ने अधिकतम अंक भनेको १२ अंक हो । यस कारण रेलिगेसनबाट बच्ने हो भने क्लबले कम्तीमा पनि दुई जित हासिल गर्नुपर्ने देखिन्छ ।