फाल्गुन २, २०८२ शनिबार | २१:२७:३६
आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा
शनिबारको दिन क्रिस्टियानो रोनाल्डो

बिहेको सुरसार कस्दै रोनाल्डो

काठमाडौं । अहिले पुस्ताका फुटबल समर्थक असाध्यै भाग्यमानी छन् । किनभने उनीहरूले क्रिस्टियानो रोनाल्डोको खेल हेर्न पाए । तिनै समर्थकले रोनाल्डोले विवाह गरेको पनि हेर्न पाउने छन् त ? कसैलाई लाग्न सक्छ, यो पनि कुनै प्रश्न हो र ?

तर हो, रोनाल्डो जत्तिको खेलाडीको व्यक्तिगत जीवनमा कसलाई रुचि नहोला ? विश्व फुटबलकै सर्वकालीन महान खेलाडीको विवाह विश्व खेलजगतकै लागि एउटा सुखद घटना हुनसक्छ ।

तर प्रश्न त्यही हो, रोनाल्डोले साँच्चै कहिले विवाह गर्ने छन् होला ? त्यसै पनि रोनाल्डो र उनकै समकालीन अर्का ठूलो स्टार खेलाडी लियोनल मेसीको तुलना हुने गर्छ । मेसी त विवाह गरेर मज्जाले आफ्नो जीवन सुखले बिताइरहेका छन् । त्यसैले रोनाल्डोको विवाहबारे उत्सुकता हुनु स्वाभाविक पनि हो । फेरि एउटा कुरा, रोनाल्डो अब लक्का जवान पनि होइनन् । विश्वास गर्न गाह्रो लाग्छ, रोनाल्डो ४० वर्षका भइसके ।

उनी भन्छन्, ‘कसैका लागि विवाह परिवार बनाउनु मात्र होइन । यो त जीवनकै सबैभन्दा महत्त्वपूर्ण क्षण हो । त्यसैले म यही विशेष क्षण पर्खिरहेको छु ।’

भर्खर मात्र रोनाल्डोले आफ्नो विवाह, प्रेमिका र भविष्यको योजनाबारे केही खुलेर अन्तर्वार्ता दिएका छन् । यसले उनी कस्ता हुन्, त्यो धेरै हदसम्म थाहा हुन्छ । रोनाल्डोका प्रेमिका हुन्, जर्जिना रोड्रिग्वेज । सन् २०१६ देखि उनीहरू सँगै छन् । उनीहरूसँग नपुग नै के छ र ?

रोनाल्डो र उनकी प्रेमिका जर्जिना । 

सफलता, धनसम्पत्ति र लोकप्रियता चाहिए जति छ । उनी भन्छन्, ‘विवाह त गर्नुपर्छ । मलाई लाग्छ, चाँडै हुनेछ ।’ खासमा उनी विवाहका लागि ठीक साइत पर्खिरहेका छन् ।

उनी भन्छन्, ‘कसैका लागि विवाह परिवार बनाउनु मात्र होइन । यो त जीवनकै सबैभन्दा महत्त्वपूर्ण क्षण हो । त्यसैले म यही विशेष क्षण पर्खिरहेको छु ।’

अहिले तत्काल विवाह हुन नसक्नुको पछाडि केही खास कारण छन् । दुवै आ–आफ्नो करियरमा व्यस्त छन् । रोनाल्डो आफै अल-नासरका लागि खेलिरहेका छन् । राम्रो गर्न चाहन्छन् । जर्जिनाको आफ्नो अलग्गै मोडलिङको दुनियाँ छ । फेरि विवाह नगरेता पनि उनीहरूका सन्तान पनि छन् ।

रोनाल्डो आफ्नो विवाहको अवसर विशेष बनाउन चाहन्छन् । साँच्चै जुन दिन रोनाल्डोले विवाह गर्नेछन्, त्यो फुटबलप्रेमी सबैका लागि चासोको विषयवस्तु हुनेछ ।

उनीहरूलाई सक्दो राम्रो ढंगले हुर्काउन चाहन्छन् । रोनाल्डोले सानो हुँदा दुःखै पाए, किनभने उनको परिवार आर्थिक रूपमा सम्पन्न थिएनन् । त्यसैले रोनाल्डोले त्यो सबै सुख पाएनन्, जुन पैसाले किन्न सकिन्थ्यो । उनी चाहन्छन्, उनका सन्तानले त्यो सबै सुख पाओस, जुन उनी आफैले सानोमा पाएनन् । रोनाल्डो पोर्चुगलको साओ पेड्रोमा हुर्केबढेका हुन् । उनका आमाबुवाले आफ्नो सन्तान हुर्काउन ठूलो संघर्ष नै गर्नुपरेको थियो ।

छोराका साथ रोनाल्डो । 

आमा भान्छेको काम गर्थिन् । बुवा बगैंचाको हेरविचार गर्ने काम गर्थे । ती पुराना दिनमा उनको परिवारमा कति गरिबी थियो । यसक्रममा के कस्ता संघर्ष गर्नुपरेको थियो, यसबारे धेरै पढ्न पाइन्छ । यही वातावरणले रोनाल्डोको व्यक्तित्वमा स्वाभाविक रूपमा ठूलो प्रभाव पार्ने नै भयो ।

त्यसैले रोनाल्डो आफ्नो विवाहको अवसर विशेष बनाउन चाहन्छन् । साँच्चै जुन दिन रोनाल्डोले विवाह गर्नेछन्, त्यो फुटबलप्रेमी सबैका लागि चासोको विषयवस्तु हुनेछ ।

परिवारका साथ रोनाल्डो ।