चैत्र १६, २०८२ सोमबार | १९:०५:१८
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य
शनिबारको दिन इङ्लिस प्रिमियर लिग

लिभरपुल च्याम्पियन हुन कस्ले रोक्ने ?

काठमाडौं ।  अब त लिभरपुल इङ्लिस लिग च्याम्पियन हुँदै छ । प्रश्न हो ? कहिले मात्रै । यो त औपचारिकता मात्रै बाँकी छ । तय गर्दा भयो, लिभरपुलले कीर्तिमान २० औं पल्ट इङ्लिस फुटबलको माथिल्लो डिभिजन जित्दै छ । इङ्लिस प्रिमियर लिगको तालिकामा लिभरपुल शीर्ष स्थानमा छ । टोलीलाई प्राप्त अग्रता हो १३ अंक । भर्खरै लिभरपुलले न्युकासल युनाइटेडलाई हराएको थियो ।  

त्यसअघि म्यानचेस्टर सिटीमाथि पनि लिभरपुलले उत्तिकै महत्त्वपूर्ण जित निकालेको थियो । यसको ठीक उल्टो आर्सनलले पछिल्लो साता नटिङघम फरेस्टको हातबाट गोलरहित बराबरी खेल्नुपरेको थियो । त्यसअघि पनि आर्सनल वेस्ट ह्यामको हातबाट पराजित रहेको थियो । यस्तो भइदियो के भन्दा लिभरपुल जितेको जित्यै छ ।

यसअघिका उपाधि जति सबै पुरानो माथिल्लो डिभिजनको मात्र थियो । त्यसैले लिभरपुलमाथि एक समय इतिहास रुचाउने क्लब भन्ने आरोप थियो ।

दोस्रो स्थानमा रहेको आर्सनलको खराब खेलेको खेल्यै भइदियो । यसपल्टको सफलता लिभरपुलका लागि किन पनि महत्त्वपूर्ण छ भने टोलीले लिग उपाधि जित्ने होडमा म्यानचेस्टर युनाइटेडको बराबरी गर्दै छ । सबैलाई थाहा छ, लिभरपुल र युनाइटेड कति ठूला शत्रु हुन् भनेर । यस्तोमा लिभरपुलले लिग जित्ने मामिलामा हामी पनि बराबर भयौं भन्न सक्नेछ ।

प्रिमियर लिगमा प्रतिस्पर्धा लिभरपुल र म्यानचेस्टर सिटी ।

यहाँनिर एउटा तथ्य के छुटाउनुहुन्न भने लिभरपुलले यसपल्ट लिग जित्यो भने यो ३५ वर्षयता दोस्रो मात्र हुनेछ । लिभरपुलले भर्खर दोस्रोपल्ट प्रिमियर लिग उपाधि जित्न लागेको हो । नत्र, यसअघिका उपाधि जति सबै पुरानो माथिल्लो डिभिजनको मात्र थियो । त्यसैले लिभरपुलमाथि एक समय इतिहास रुचाउने क्लब भन्ने आरोप थियो ।

अब फेरि यस्तै आरोप आर्सनलमाथि लाग्न थालेको छ । प्रिमियर लिगका पछिल्लो दुई सिजन आर्सनल दोस्रो स्थानमा रहेको थियो । जतिबेला म्यानचेस्टर सिटीले लिग जितेको थियो । अब लिभरपुलले लिग जित्दै छ । यसपल्ट पनि दोस्रो हुने पालो आर्सनलकै रहेको छ । झन यतिबेला आर्सनल आफैंले लय गुमाएको स्थिति छ ।

लिगको तेस्रो अन्तिम चरणको खेलमा लिभरपुल र आर्सनलकै भेट हुँदैछ । त्यतिबेलासम्म लिभरपुलले उपाधि जितिसक्ने छ वा त्यही खेल पुगेर जित्ने निश्चित हुनेछ ।

आर्सनलका प्रशिक्षक मिखेल आर्टेटा भने आफ्नो क्लबले अन्तिम समयसम्म पनि लिभरपुललाई रोक्ने प्रयास गर्ने दाबी गर्छन् । उनी भन्छन्, ‘सबै टिमले सबै खेल जित्दैनन्, हामी लिभरपुलले कहिले हारोस् भन्ने पर्खिरहेका छौं ।’ आर्सनलले भन्न चाहेको केभन्दा लिभरपुलले जित्ने छ भन्दैमा यो लन्डन क्लबले हात उठाउने छैन ।

प्रिमियर लिगमा न्युक्यासल युनाइटेडविरुद्ध गोल गरेपछि खुसीयाली मनाउँदै लिभरपुलका खेलाडी । 

यो त राम्रो नि । यहींनिर लिभरपुलका प्रशिक्षक आर्ने स्लट खुबै संयमित छन् । उनी भन्छन्, ‘हामीले लिग उपाधि जितेको नै कहाँ छौं र ? अझै धेरै खेल बाँकी छ, त्यसैले हामीले अहिले यस्तो उस्तो केही पनि दाबी गर्दैनौं ।’ यो चाहिँ रह्यो कूटनीतिक जवाफ । फेरि एउटा कुरा दोहोर्यायौं अब पनि लिभरपुलले लिग जित्दैन भने त्यो प्रलय जस्तै हुनेछ ।

लिगको तेस्रो अन्तिम चरणको खेलमा लिभरपुल र आर्सनलकै भेट हुँदैछ । त्यतिबेलासम्म लिभरपुलले उपाधि जितिसक्ने छ वा त्यही खेल पुगेर जित्ने निश्चित हुनेछ । यो भने आर्सनल समर्थकका लागि ठूलै पीर हुनेछ । किनभने यस्तो भयो भने लिभरपुल च्याम्पियन भनेर ‘गार्ड अफ अनर’ दिने काम आर्सनलकै हुनेछ ।

प्रिमियर लिगमा प्रतिस्पर्धा गर्दै आर्सनल र वेस्टह्याम युनाइटेड ।