चैत्र ६, २०८१ बुधबार | २२:४८:५४
सुनिलको पुनरागमन खेलमा भारतको सहज जित स्पेनिस गोलकिपर वालिद बिउराले धनगगढी एफसीबाट खेल्ने सुदूरपश्चिम स्पोर्टस अवार्ड सर्यो एनओसी विवाद थप हुँडेलिँदैः सरकारी हस्तक्षेप, अदालतमा मुद्धामाथि मुद्धा, ओसिएको निगरानीमा साधारणसभा बाँसबारीको पहिलो जित, आरसीटी लगातार दोस्रो खेलमा पराजित एनओसीको विशेष साधारणसभा सम्पन्न प्रज्वल, उमेश, किसन र माधवले भारत र माल्दिभ्सबीचको मैत्रीपूर्ण खेल खेलाउने आर्मी मधेशसँग पराजित बराबरीमा रोकिए टुसाल र ब्वाइज युनियन अध्यक्ष लामाको 'थिचोमिचो सहन नसक्दा' साग स्वर्णधारी कराते खेलाडी विप्लवले लिए संन्यास सुनिलको पुनरागमन खेलमा भारतको सहज जित स्पेनिस गोलकिपर वालिद बिउराले धनगगढी एफसीबाट खेल्ने सुदूरपश्चिम स्पोर्टस अवार्ड सर्यो एनओसी विवाद थप हुँडेलिँदैः सरकारी हस्तक्षेप, अदालतमा मुद्धामाथि मुद्धा, ओसिएको निगरानीमा साधारणसभा बाँसबारीको पहिलो जित, आरसीटी लगातार दोस्रो खेलमा पराजित एनओसीको विशेष साधारणसभा सम्पन्न प्रज्वल, उमेश, किसन र माधवले भारत र माल्दिभ्सबीचको मैत्रीपूर्ण खेल खेलाउने आर्मी मधेशसँग पराजित बराबरीमा रोकिए टुसाल र ब्वाइज युनियन अध्यक्ष लामाको 'थिचोमिचो सहन नसक्दा' साग स्वर्णधारी कराते खेलाडी विप्लवले लिए संन्यास
शनिबारको दिन

पालो ब्युँताइएको च्याम्पियन्स ट्रफीको

काठमाडौं । खासमा यो प्रतियोगिता मरिसकेको स्थितिमा थियो । आयोजक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) लाई के लाग्यो भने यसलाई फेरि ब्युँझाउनुपर्छ । आइसिसीको सनकमा रोकिएको र अब फेरि अगाडि बढ्न लागेको च्याम्पियन्स ट्रफी अर्को सातादेखि पाकिस्तान र यूएईमा सुरु हुँदै छ ।

बुधबार पहिलो खेलमा भिड्ने छ आयोजक पाकिस्तान र न्युजिल्यान्ड । पाकिस्तान त प्रतियोगिताको सबिक विजेता पनि हो । अबको केही साता विश्व क्रिकेट वान डे क्रिकेटको यही प्रतियोगितामा रम्ने छ । त्यो भनेको फेब्रुअरी १९ देखि मार्च ९ सम्म । त्यसो त एकदिवसीय क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप नै भयो । यो आयोजना हुन्छ प्रत्येक चार वर्षमा । यो नै सर्वोच्च प्रतियोगिता भयो ।

प्रतियोगितामा कुल आठ टिमको सहभागिता रहनेछ । यसको छनोट भने पछिल्लो विश्वकपकै आधारमा भएको हो । सन् २०२३ को विश्वकपमा शीर्ष सात स्थानमा रहने टिम यो प्रतियोगिताका लागि छनोट भएका छन् ।

एक दिन आइसिसीलाई के लाग्यो भने यो विश्वकपको महत्व बढाउने हो भने अर्को च्याम्पियन्स ट्रफीको काम छैन । त्यसैले सन् २०१७ को संस्करण पनि आयोजना भएन । अब त्यसको आठ वर्षपछि यो फेरि अस्तित्वमा आएको छ । यो प्रतियोगिता सुरु भएको चाहिँ सन् १९९८ देखि हो । त्यति बेला ठूलै तामझामबीच यो प्रतियोगिता सुरु भएको थियो ।

यसपल्टको प्रतियोगिता पाकिस्तानमा गर्ने निर्णय त भयो । तर विवाद र अन्योल यहीं सकिएन । पाकिस्तानमा गएर नखेल्ने भारतीय जिद्दी कायम रह्यो । फेरि एकपल्ट आइसिसी भारतसामु नतमस्तक नै रह्यो । नतिजा प्रतियोगिता युएईको दुबइमा पनि हुने भयो । यसको अर्थ के भन्दा भारतको जति पनि खेल हुनेछ, ती दुबइमा हुनेछन् ।

प्रतियोगिताको ट्रफी । 

प्रतियोगितामा कुल आठ टिमको सहभागिता रहनेछ । यसको छनोट भने पछिल्लो विश्वकपकै आधारमा भएको हो । सन् २०२३ को विश्वकपमा शीर्ष सात स्थानमा रहने टिम यो प्रतियोगिताका लागि छनोट भएका छन् । पाकिस्तानले भने आयोजकका रूपमा प्रवेश पाएको हो । सहभागी यी आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा पाकिस्तान, भारत, न्युजिल्यान्ड र बंगलादेश तथा अर्को समूह ‘बी’मा अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान रहेका छन् ।

लिग चरणमा एउटा टिमले अर्कोसँग एक एकपल्ट खेल्नेछन् । यो चरण समाप्तिमा प्रत्येक समूहका शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । त्यसको अर्थ प्रतियोगिता सबैले बुझ्ने नियमअन्तर्गत हुन लागेको छ ।

च्याम्पियन्स ट्रफीअघिको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्दै भारत र इङ्ल्यान्ड ।

यही प्रतियोगिताका क्रममा फेरि एकपल्ट भारत र पाकिस्तानबीचको क्रिकेट प्रतिद्वन्द्विता फेरि एकपल्ट नवीकरण हुनेछ । फेब्रुअरी २३ मा यो खेल परेको छ । त्यो दिन फेरि एकपल्ट सबै क्रिकेटप्रेमीको नजर यही खेलमा पर्नेछ । दुबइमा हुने यो खेल दिवारात्रि हुनेछ । भनिन्छ, जतिबेला भारत र पाकिस्तान क्रिकेट मैदानमा ओर्लिन्छन्, त्रिकेटमा यत्तिको खेल अरू हुनै सक्दैन ।

प्रतियोगिताको उपाधिका लागि बलियो प्रत्याशी चाहिँ को हो त ? यसको उत्तरमा यिनै दुई देश अगाडि छन्, भारत र पाकिस्तान । त्यसपछि अस्ट्रेलियालाई पनि बलियो नै मान्न सकिन्छ । तर, क्रिकेट आफैंमा अनिश्चितताको खेल हो भने सबै प्रकारका सम्भावना उत्तिकै खुला छन् ।

च्याम्पियन्स ट्रफीअघि प्रतिस्पर्धा गर्दै न्युजिल्यान्ड र पाकिस्तान ।