माघ २६, २०८२ सोमबार | १३:५७:२६
शेरको पहिलो विकेटमा मिलेको संयोग ! इङ्ल्यान्डविरुद्ध साहसिक प्रदर्शनपछि आइपिएल टिमहरुले गरे नेपाली खेलाडीको प्रशंसा के पाकिस्तानले भारतविरुद्ध खेल्न तयार हुनेछ ? इङ्ल्यान्डविरुद्ध नेपालको दूर्भाग्यजनक हार समुदायको फुटबल विकासलाई क्विन्सल्यान्डमा क्युएनएफए गठन बहिरा फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा छेवाङलाई पाँचौं राष्ट्रिय स्की प्रतियोगिताको उपाधि नेपाललाई इङ्ल्यान्डले दियो १८५ रनको लक्ष्य बार्सिलोनालाई सहज तीन अंक चेल्सी, आर्सनल र युनाइटेडको जित शेरको पहिलो विकेटमा मिलेको संयोग ! इङ्ल्यान्डविरुद्ध साहसिक प्रदर्शनपछि आइपिएल टिमहरुले गरे नेपाली खेलाडीको प्रशंसा के पाकिस्तानले भारतविरुद्ध खेल्न तयार हुनेछ ? इङ्ल्यान्डविरुद्ध नेपालको दूर्भाग्यजनक हार समुदायको फुटबल विकासलाई क्विन्सल्यान्डमा क्युएनएफए गठन बहिरा फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा छेवाङलाई पाँचौं राष्ट्रिय स्की प्रतियोगिताको उपाधि नेपाललाई इङ्ल्यान्डले दियो १८५ रनको लक्ष्य बार्सिलोनालाई सहज तीन अंक चेल्सी, आर्सनल र युनाइटेडको जित
शनिबारको दिन सहिद स्मारक लिग

चुनौतीका चाङबीच साविक विजेता

गत संस्करण (२०७६) को सहिद स्मारक ए डिभिजन लिगको विजेता बन्दा मछिन्द्र फुटबल क्लबले आफ्नो सफलताको कारण स्टार खेलाडीको बाहुल्य रहेको दाबी गरेको थियो ।

जसको नेतृत्व नेपाली राष्ट्यि टोलीका तत्कालिन कप्तान विराज महर्जनले गरेका थिए । मछिन्द्रले जित्नै पर्ने दबाब रहेको खेलमा शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबले दिएको आत्मघाती गोल उपहारमा पहिलो पटक लिगको उपाधि उचालेको थियो ।

सो संस्करणका लागि मछिन्द्रले सधै लिगको उपाधि दाबेदार रहँदै आएका मनाङ मर्स्याङदी क्लब र थ्री स्टारबाट उत्कृष्ट खेलाडीलाई टोलीमा अनुबन्धन गरेको थियो । टोलीमा रहेका अधिंकाशं खेलाडी वर्तमान राष्ट्रिय टोलीका अथवा कुनै न कुनै समय राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका खेलाडीको बाहुल्य थियो ।

तस्बिर : कविर महर्जन/खेलाडी

स्टार खेलाडीले भरिएको प्रशिक्षण सम्हालेका प्रशिक्षक प्रवेश कटुवाल आफूलाई खेलाडी व्यवस्थापनमा र टोली छनोटमा कुनै कठिनाई नहुने बताउँथे । तर, जित बाहेकको नतिजामा भने उनी खेलाडीमा केही घमण्ड देखिएको बताउँथे । 

गत वर्ष कोभिड १९ महामारीका कारण लिग भएन । यस पटक मछिन्द्र लिग उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको छ । 

यस पटक पनि मछिन्द्रले गत संस्करण झै स्टार खेलाडीले भरिएको टोली मैदान उतारेको छ । मछिन्द्रले यस सिजनका लागि नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर मनिष डाँगी र सुनिल बललाई टोलीमा अनुबन्धन गर्यो ।

तस्बिर सौजन्य : मछिन्द्र क्लब

लिगको पूर्वसन्ध्यामा अखिल नेपाल फुटबल संघ एन्फाले टोलीको तयारीका बारेमा गरेको पत्रकार सम्मेलनमा मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले आफूहरूको लक्ष्य नै लिग उपाधि रक्षा गर्ने भएकाले राष्ट्रिय टोलीका केही खेलाडी अनुबन्धन गर्दै टोली थप बलियो पारेको बताए ।

मछिन्द्रको प्लेइङ-११ मा नभई बेन्च समेत स्टार खेलाडीले भनिएको छ ।

प्रवेशले राष्ट्रिय टोलीका मिडफिल्डर सुजल श्रेष्ठको कप्तानीमा रहेको टोलीमा विशाल श्रेष्ठ(गोलकिपर) विशाल राई, रज्जित धिमाल, अभिषेक बराल र सुनिल बललाई एनआरटी र आर्मीविरुद्धको खेलमा पहिलो रोजाईमा मैदान उतारेका थिए ।

प्रवेशको भनाई छ, उपाधि रक्षा गर्न सबै खेलमा उत्कृष्ट टोली मैदान उतार्दै सुखद नतिजा ल्याउने ।

पहिलो खेलमा एनआरटीलाई २१ ले हराउँदे लिग उपाधि रक्षाको यात्राको सुखद् थालनी गर्दा प्रवेशले टोलीमा लक्ष्य तीन अंक भएको र त्यो प्राप्ति भएको सन्तुष्टी व्यक्त गरेका थिए ।

प्रवेशले सुरुआती दुई खेल (एनआरटी र आर्मी) मनिष र विमललाई वैकल्पिक खेलाडीको रूपमा मैदान उतारेका थिए । एनआरटीविरुद्ध मनिषले ३० मिनेट खेले भने विमलले मात्र १० मिनेट ।

मनिष र विमलाई पहिलो रोजाईमा नराख्नुमा प्रवेशको भनाई थियो, मनिषमा लिगको अनुभवको कमी छ भने विमल पूर्ण रूपमा फिट छैनन् उनलाई धेरै समय खेलाएर गल्ति नगर्ने बताएका थिए ।

दोस्रो खेलमा मछिन्द्रले अर्को दाबेदार टोली आर्मीको सामना गरेको थियो । जुन खेल गोलरहित बराबरीमा रोकिएको थियो । आर्मीसँग अंक बाँडेपछि प्रवेशले खेलमा ‘प्रोपर सेन्टर स्ट्राइकर’ नभएकाले राम्रो खेल्न नसकेको प्रतिक्रिया दिएका थिए ।

स्टार खेलाडीको बाहुल्य रहेको टोलीमा फरवार्डको बाक्लो उपस्थिति छ । उनको टोलीमा विमल, मनिष, सुनिल, अभिषेक, रेजिन सब्बा, विमल धिमाल, सुजल श्रेष्ठ, र नुर्लान गरि आठ स्ट्राइर छन् । ‘फाइनल थर्ड’ मा पर्याप्त खेलाडी भएर पनि गोल नहुँदा उनीमाथिको दबाब अनुमान गर्न सकिन्छ ।

तस्बिर : विवेक सुवेदी/एन्फा

यसबाट पनि उनीमाथि स्टार खेलाडीलाई टोलीमा व्यवस्थापन गर्न कठिन भैरहेको हो कि भन्ने अनुमान लगाउन सकिन्छ ।

तर, उनी भने आफूमाथि कुनै दबाब नरहेको दाबी गर्छन् ।

‘मलाई टोली छनोटमा कुनै दबाब छैन , जसले प्रशिक्षणमा राम्रो गर्छ, उसैले टोलीमा स्थान बनाउँछ,’ प्रवेशले आर्मीविरुद्धको खेलपछि भनेका थिए, 'मनिषमा अनुभवको कमी छ भने विमल अझै पूर्ण समय मैदान उत्रन सक्दैनन ।’ 

प्रवेशले अभिषेकले प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गर्दै प्लेइङ–११ मा परे पनि उनले मैदानमा भने स्वभाविक लयको प्रदर्शन गर्न नसकेको बताएका थिए ।आर्मीविरुद्धको खेलमा मिसनले दोस्रो हाफ पूर्ण रूपमा खेले भने विमलले मात्र २९ मिनेट ।

जावलाखेलविरुद्धको खेलमा सायद दबाब भएरै हुनुपर्छ प्रवेशले मनिषलाई पहिलो रोजाईमा मैदान उतारे । उनले ७० मिनेट मैदानमा बिताए । तर, विमललाई भने उनले मैदान नै उतारेनन् ।

तस्बिर : कविर महर्जन/खेलाडी

विमलाई मैदान नउतार्नुमा उनको तर्क थियो, टोली सहज जिततर्फ अघि बढेको थियो, त्यसैले नयाँ खेलाडीलाई अवसर दिएँ ।

लिग उपाधि जितेपनि मछिन्द्र लिग विजेताले सहभागिता जनाउन पाउने एएफसी कप खेल्न नपाउदा निराश थियो । खेलाडी व्यव्स्थापन गर्ने दबाबमा रहेका प्रवेशमाथि अर्को दबाब थपिएको छ, एएफसी कप छनोट ।

एन्फाले सातौं चरणको समाप्तीमा एएफसी लाइसेन्स प्राप्त गर्ने क्लबमध्ये जुन क्लब शीर्ष स्थानमा बस्छ, त्यही क्लबले लिग च्याम्पियनको हैसियतमा एएफसी कप खेल्ने बताएको छ । मछिन्द्र तीन खेलमा सात अंकका साथ लिगको दोस्रो स्थानमा छ । त्यसैले मछिन्द्रमाथि अबको चार चरणमा शीर्ष स्थान बस्ने दबाबमा हुनेछ ।

मछिन्द्रसँग लिग उपाधि जिते पनि एएफसी लाइसेन्स प्राप्त नगरेका कारण मछिन्द्रले एएफसी कप खेल्न नपाएको तितो अनुभव छ । उपविजेता त्रिभुवन आर्मी क्लब नेपालकै एक मात्र टोली भएकाले प्रतियोगितामा सहभागी भयो ।