मंसिर ६, २०८१ बिहीबार | १४:५२:२५
क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ
शनिबारको दिन एनएसजेफ स्पाेर्टस अवार्ड

महिलातर्फ खुला होड र विविधताको मिश्रण

काठमाडौं । पुरुषको तुलनामा एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको महिला उत्कृष्ट खेलाडीको विधामा खुला होड पाइन्छ । यसका विजेतामा पर्याप्त विविधता रहेको छ, खेल र खेलाडी दुवै अर्थमा । पुरुषजस्तै महिलाको यो विधामा पनि प्रत्येक संस्करणमा अवार्ड दिइँदै आएको छ, वर्ष २०७८ को एउटा अपवाद छाडेर । 

सबैलाई थाहा छ, त्यो वर्ष दशकको उत्कृष्टलाई अवार्ड दिइएको थियो । र, त्यति बेलाका विजेता थिइन्, सावित्रा भण्डारी । यिनै सावित्राले वर्ष २०७५ मा यो अवार्ड जितेकी थिइन् ।

संगीनापछि यो विधामा त्यस्ता एक्ला खेलाडीमात्र छन्, जसले यो अवार्ड दुईपल्ट जितिन् । उनी हुन्, करातेकी गंगा अधिकारी । 

उत्कृष्ट महिला खेलाडीको अवार्डको शृंखला सुरु हुन्छ, संगीना वैद्यबाट । उनले नै २०५३ को पहिलो पुरस्कार जितेकी थिइन् । संगीनाले नै २०६० मा यो अवार्ड ब्युँझिदा फेरि जितिन् । 

संगीनापछि यो विधामा त्यस्ता एक्ला खेलाडीमात्र छन्, जसले यो अवार्ड दुईपल्ट जितिन् । उनी हुन्, करातेकी गंगा अधिकारी । उनले वर्ष २०६६ मा पहिलो पटक जितिन्, त्यसपछि २०६९ मा फेरि त्यस्तै सफलता दोहोर्याइन् । गंगाको नाममा जोडिएको यो अतुलनीय तथ्य भयो ।

संगीना  बैध, फाइल तस्विर ।

संगीना र गंगासँगै यो अवार्ड अहिलेसम्म १९ खेलाडीले जितेका छन् । यसपल्ट उत्कृष्ट महिला खेलाडीको अवार्ड करातेकी एरिका गुरुङले जित्ने निश्चित जस्तै थियो । भयो यस्तै पनि । आखिरमा उनको उपलब्धि नै यस्तै थियो । उनले १९औं हाङचाउ एसियाली खेलकुदमा जसरी रजत पदक प्राप्त गरे, त्यसको महत्त्वको बखान गरेर साध्य छैन । बरू एउटा अनुमान के लगाउँदा मज्जा आउने छ भने के एरिकाले फेरि फेरि दोहोर्याएर यो अवार्ड जित्ने छिन् त ?

खेलको आधारमा १० खेलका खेलाडीले यो अवार्ड जितेका छन् । त्यसमा सबैभन्दा बढी तेक्वान्दो, ब्याडमिन्टन र कराते रहेको छ ।

फेरि इतिहासमै फर्कने हो भने वर्ष २०६१ मा यो अवार्ड दुई जनाले सँगै पाए । पुरुष र महिलाको व्यक्तिगत विधामा जोडी खेलाडीले अवार्ड पाएको यो नै पहिलो र एक्लो उदाहरण हो । उनीहरू हुन्, ब्याडमिन्टनकी पूजा श्रेष्ठ र सुमिना श्रेष्ठ । 

खेलको आधारमा १० खेलका खेलाडीले यो अवार्ड जितेका छन् । त्यसमा सबैभन्दा बढी तेक्वान्दो, ब्याडमिन्टन र कराते छन्। ब्याडमिन्टनका लागि यो प्रेरित रहन दिने तथ्य भयो । तेक्वान्दोबाट यो अवार्ड जित्ने अर्की खेलाडी हुन्, मनिता शाही ।

यसवर्ष महिला खेलाडीको अवार्ड विजेता एरिका गुरुङ । 

अनि ब्याडमिन्टनबाट भने नङ्सलदेवी तामाङ र शोभा गौचनले यो अवार्ड हात पारेका छन् । यस्तोमा ब्याडमिन्टनले तीन अवसरमा अवार्ड जिते पनि व्यक्तिगत रूपमा यो सफलता चुम्ने चार खेलाडी भए । 

त्यसपछि एथलेटिक्स, पौडी, कराते, फुटबल र जुडोले दुई–दुई अवसरमा यो अवार्ड आफ्नो नाममा लेखाए । करातेबाट गंगाले दुईपल्ट जितिन्, त्यसमा अहिले एरिका थपिएकी हुन् । एथलेटिक्सबाट निर्मला भारती र राजपुरा पछाईं तथा पौडीबाट करिश्मा र गौरिका सिंहले यो अवार्ड जितेका छन् ।

त्यसपछि सावित्रा नै भइन् । जुडोबाट अवार्ड जित्ने खेलाडी सूचीमा पर्छन्, सुनीता बोहरा र फुपूल्हामु खत्री । संयोगले उनीहरू लगातार वर्ष विजेता घोषित भएका थिए ।

करिश्मा त अन्तर्राष्ट्रिय खेलकुदमा नेपालका लागि सर्वाधिक स्वर्ण पदक जित्ने खेलाडी नै भइन् । फुटबलबाट सबैभन्दा पहिलो यो अवार्ड चुम्ने खेलाडी हुन्, जमुना गुरुङ । उनलाई नेपाली महिला फुटबलले पाएको अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट खेलाडी मानिन्छ । 

त्यसपछि सावित्रा नै भइन् । जुडोबाट अवार्ड जित्ने खेलाडी सूचीमा पर्छन्, सुनीता बोहरा र फुपूल्हामु खत्री । संयोगले उनीहरू लगातार वर्ष विजेता घोषित भएका थिए ।

यसवर्ष महिला खेलाडीको मनोनयमा परेकाहरू । 

एक एक अवसरमा यो अवार्ड जित्ने खेल र खेलाडीमा पर्छन्, क्रिकेटकी नेरी थापा, भारोत्तोलनकी तारा पुन र भलिबलकी अरुणा शाही । यो सूचीलाई आधार मान्दा एउटा अर्को तथ्य स्थापित हुन्छ । त्यो हो, नेपाली महिला खेलकुदमा एकै खेलाडीले लामो समय वर्चस्व कायम गरेको इतिहास भने रहेनछ । 

संगीना नै एक्ली यस्ती खेलाडी हुन्, जसले लामो समय माथिल्लो स्तरमा राम्रो खेलिन् । त्यसैले त उनी नेपाली खेलकुदकै नम्बर एक खेलाडी पनि हुन्, धेरै अर्थमा ।