चैत्र १६, २०८२ सोमबार | १७:०७:५८
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य
शनिबारको दिन

किन सुनसान भो साउदी प्रो लिग ?

काठमाडौ‌ । फुटबलमा युरोपका ठुल्ठूला लिगमात्र होइन, अर्को एउटा लिग पनि सुरु भएको छ । जसले सबैको नजर आफूमा तान्न सक्छ । त्यो हो, साउदी प्रो लिग । गत सिजन त यसको चर्चा व्यापक नै थियो । सिजन सुरु हुने बेला यसपल्ट पनि यो समाचारमा छाएकै छ । प्रश्न उठेको छ । किन सुनसान छ त यसपल्टको साउदी प्रो लिग ? जुन लिगमा क्रिस्टियानो रोनाल्डो जत्तिको खेलाडी खेल्छ, त्यो लिगको चर्चा स्वाभाविक पनि हो ।

गत सिजन विश्व फुटबलका केही नाम चलेका खेलाडी नै प्रत्येक दिन जसो कि त रियाद झर्थे, होइन भने जेद्दा सहरमा । उनीहरू सबैले साउदी प्रो लिगलाई आफ्नो गन्तव्य बनाएका थिए । भने जत्तिको पारिश्रमिक दिने भएपछि केही ठूला नामसमेत लोभिएका थिए । रोनाल्डो स्वयंले दाबी गरे, अबको केही वर्षमा साउदी प्रो लिग विश्वकै ठूलो लिगमध्ये एक हुनेछ । तर यसपल्ट साँच्चै लिग सुनसान छ । कोही ठूलो स्टार साउदीतिर गएका समाचारहरू आएको छैन ।

गोलको खुसियाली मनाउँदै अल नासरका क्रिस्टियानो रानोल्डो

किन त ? सम्भवतः यसको पहिलो कारण साउदी अर्थव्यवस्था गत वर्षको जस्तो छैन, यसमा केही शिथिलता छाएको छ । अब यसको सिधा-सिधा प्रभाव त फुटबलमा पर्ने नै भयो । साउदी अरेबियाले आर्थिक क्षेत्रमा जति प्रगति गर्ने अनुमान गरिएको थियो, त्यो भएन । अर्को ठूलो कारण के पनि रह्यो भने भर्खरै विश्व फुटबलका दुई ठूला प्रतियोगिता सकिए । त्यसमध्ये एउटा युरोपियन च्याम्पियनसिप थियो भने अर्को कोपा अमेरिका २०२४ ।

इङ्ल्यान्ड, स्पेन र इटालीमात्र होइन, जर्मनी र फ्रान्सका लिग त्यसै बलियो भएका होइनन् । तिनीहरू इतिहास र फुटबल संस्कृति दुवैमा धनी छन् । त्यसैले यी लिगविरुद्ध युद्ध छेड्न खाली स्टार खेलाडीलाई अनुबन्ध गर्दैमा मात्र पुग्ने त होइन होला ।

अझ यही बेला पेरिस ओलम्पिक पनि भयो । लगभग ठूला नाम भएका खेलाडी जति यिनै प्रतियोगितामा अल्झिए । त्यसैले पनि धेरै चलखेल हुन पाएन । थप एक अर्को कारण, यसपल्ट सायद सायदी प्रो लिगलाई नयाँ कोही ठूलो खेलाडी चाहिएको पनि छैन । किनभने पुराना जति छन्, ती सबै अहिले त्यसै लिगमा छन् । साउदी क्लबले थप नयाँ स्टार चाहिएको महसुस गरेन । भलै, अझै पनि लिभरपुलका मोहम्मद सालाह र रियाल मड्रिडका भिनिसियस जुनियरको हल्ला सेलाएको छैन ।

साउदी प्रो लिग क्लब अल हिलाल

पूरा घटनाक्रम सुक्ष्म ढंगले नियाल्ने हो भने साउदी अरेबियाले एकथोक राम्रोसँग बुझेको देखिएको छ भने ठुल्ठूला नाम भएका खेलाडी ल्याएर मात्रै लिग राम्रो हुने होइन । यस्ता धेरै स्टार भयो भने स्वदेशका खेलाडी पनि मारमा पर्न सक्छन्, खेल्नै नपाएर । त्यसको अर्थ प्रो लिगको चमकधमक सुरु भएयता यसको सकारात्मक प्रभाव साउदी राष्ट्रिय टिममा नपरेको पनि हुनसक्छ । खासमा लिग असाध्यै राम्रो हुन लामो इतिहास त चाहिन्छ । लिग हुने देशमा फुटबल संस्कृति पनि उत्तिकै चाहिन्छ ।साउदी अरेबियाको फुटबलमा यिनै दुई कुराको कमी छ । इङ्ल्यान्ड, स्पेन र इटालीमात्र होइन, जर्मनी र फ्रान्सका लिग त्यसै बलियो भएका होइनन् । तिनीहरू इतिहास र फुटबल संस्कृति दुवैमा धनी छन् । त्यसैले यी लिगविरुद्ध युद्ध छेड्न खाली स्टार खेलाडीलाई अनुबन्ध गर्दैमा मात्र पुग्ने त होइन होला । फेरि हाम्रासामु यस्तै महत्त्वाकांक्षा बोकेको चिनियाँ प्रिमियर लिग धराशायी भएको इतिहास पनि छ । कारण धेरै हुन सक्छन्, तर यसपल्ट साउदी प्रो लिग केही सुस्ताएको भने पक्कै छ ।