फाल्गुन १९, २०८२ मंगलबार | १२:५२:४३
खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का
शनिबारको दिन

चेल्सीको पारा कस्तो ? बुझ्दैनन् कसैले

काठमाडौ‌ । विश्व फुटबलमा यस्तो कहिल्यै देखिएको थिएन । तर, अहिले चेल्सीमा त्यस्तै भइरहेको छ । इङ्लिस प्रिमियर लिगको नयाँ सिजनका लागि चेल्सीले जसरी टिम तयार पारेको छ, त्यसको धेरैले आलोचना गरिरहेका छन् ।

आलोचक सबैले आश्चर्य पनि मानिरहेका छन् । यो क्लबको पारा के हो, त्यो पनि बुझ्न सकिरहेका छैनन् । चेल्सीले आफ्नो वेबसाइटमा पहिलो रोजाइका खेलाडीको सूची मात्रै ४२ को बनाएको छ ।

केही दिनअगाडिसम्म त यो ५० खेलाडी थियो । यी खेलाडीमध्ये केहीले टिममा आवद्ध भएर प्रशिक्षण पनि गरेका छन् । प्रशिक्षक एन्जो मारेस्काले केही खेलाडीको भविष्यलाई लिएर प्रश्न पनि उठाएका छन् । उनी स्टामफोर्ड ब्रिज आएको दुई महिनामात्रै भयो । लााग्छ, उनी आफैं रनभुल्लमा परेका छन् । उनलाई पनि ठ्याक्कै थाहा छैन, गर्ने के हो र नगर्ने के हो ? चेल्सीको लिगको पहिलो खेल म्यानचेस्टर सिटीविरुद्ध थियो । त्यसमा टिम पराजित भयो ।

पिम्रियर लिग सिजन २०२४/२५ को उद्घाटन खेलमा चेल्सीविरुद्ध गोल गरेका माटियो कोभासिस

त्यसमा टिमका सबैभन्दा नाम कहलिएका खेलाडी रहिम स्टर्लिङलाई खेलाइएन । भर्खर जस्तो हो, कोनर ग्यालिघरले एट्लेटिको मड्रिडको बाटो समाएका छन् भने अर्मान्डो ब्रोज इप्सविच टाउन लागेका छन् । अन्य अधिकांश खेलाडीको भविष्य के हो, त्यो टुंगो छैन । तिनको भविष्यबारे कसले निर्णय गर्ने हो, त्यो पनि टुंगो छैन । प्रशिक्षक मारेस्काले भनेका छन्, ‘जतिबेलासम्म खेलाडी सरुवाको समय कायम रहन्छ, सबै प्रकारका सम्भावना कायम छन् । को कता जानेछ, भन्नै सकिन्न ।’

अहिले चेल्सीमा ठ्याक्कै के भइरहेको छ, त्यो कसैले भन्न सक्ने स्थिति छैन । यस्तो स्थिति खासमा यसअघि कहिल्यै पनि देखिएको थिएन । 

तर, उनको यत्तिको दाबी भने छ, बाहिरबाट क्लबमा केही नमिलेको देखिए पनि भित्र खासै त्यस्तो छैन । धेरै खेलाडीको समस्या समाधान हुनेछ नै । खासमा समस्या यी प्रशिक्षकलाई लिएर होइन, बरू क्लबका मालिक टड बोहेली र बेहडाड इघाबालीलाई लिएर हो । उनीहरूले खेलाडी किन्दै टिममा थुपार्ने काम गरेका छन् । क्लब किनेयता उनीहरूले नयाँ खेलाडी किन्नमै मात्र पनि साढे एक विलियन पाउन्ड खर्च गरिसकेका छन् ।

राहिम स्टर्लिङ

मारेस्काले अहिले चलाइरहेको प्रशिक्षणमै पनि २८ सिनियर खेलाडी छन् । त्यसमध्ये धेरैले कुनै न कुनै मोडमा क्लब छाड्नुपर्ने हुनेछ । त्यसमध्ये केही ठूला नाम पनि हुनसक्छन्, जस्तो कि स्टर्लिङदेखि रोमेलु लुकाकुसम्म । सम्भवतः ६ खेलाडीलाई विदेशी लिगमा लोनमा पठाइने छ अनि त्यत्तिकै संख्यामा इङ्ल्यान्डकै अन्य क्लबतिर जानेछन् । यही बेला चेल्सीलाई खेलाडीको तलब घटाउनुपर्ने दबाब छ । त्यो पनि ५० प्रतिशतले ।

यो सबै घटनाक्रम नजिकबाट हेरिरहेका फुटबल विश्लेषकहरू के मान्छन् भने अहिले चेल्सीमा ठ्याक्कै के भइरहेको छ, त्यो कसैले भन्न सक्ने स्थिति छैन । यस्तो स्थिति खासमा यसअघि कहिल्यै पनि देखिएको थिएन । त्यसैले डर हो, इङ्ल्यान्डमै मात्र होइन, पूरा विश्वभर असाध्यै लोकप्रिय रहेको यो क्लबको प्रदर्शन यसपल्ट असाध्यै खराब हुनसक्छ । पछिल्लो सिजन चेल्सी सातौं स्थानमा थियो । यसपल्ट चेल्सीलाई शीर्ष दसमा रहन पनि गाह्रो हुनसक्छ ।