काठमाडौं । नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप आयोजना गर्दै छ । आइतबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने प्रतियोगितामा दक्षिण एसियाका पाकिस्तानबाहेक ६ राष्ट्रले भाग लिएका छन् ।
दशरथ रंगशालाको मैदान हिलाम्मे भएपछि यो प्रतियोगिता सातदोबाटोमा सारिएको हो । एएफसी च्यालेन्ज कपमा भुटानको पारो एफसी र नेपालको चर्च ब्वाइजले खेल्दा मैदानको कमजोर हविगत थप पर्दाफास भएको थियो ।
‘राम्रो तयारी गरेका छौं । चर्च ब्वाइज र आर्मीसँग अभ्यास खेल खेल्यौं । घरेलु मैदान र समर्थकको फाइदा उठाउँदै उपाधि अन्त जान नदिने लक्ष्य छ,’ श्रेष्ठले भने, ‘फुटबलमा केही भन्न सकिन्न । सबै प्रतिस्पर्धा उस्तै हुन् । कसैलाई पनि कमजोर मान्नु हुँदैन । सबैको आ–आफ्नै राणनीति र योजना हुन्छ । आफ्नो तर्फबाट उत्कृष्ट प्रदर्शन गर्ने हो । हरेक खेल फाइनल सम्झेर खेल्ने छौं ।’
समूह ‘ए’ मा आयोजक नेपालसँगै बंगलादेश र श्रीलंका तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् । प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्दै छन् । यो प्रतियोगिता सन् २०१५ मा साफ यु-१९ कै नाममा नेपालबाटै सुरु भएको हो । ६ टोली सहभागी प्रतियोगिताको फाइनलमा भारतलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो ।
सन् २०१७ मा भुटानले साफ यु-१८ को नाममा यस प्रतियोगिता आयोजना गरेको थियो । यसपल्ट नेपालले आफ्नो उपाधि रक्षा गरेको थियो । सहभागी पाँच टोलीले एकअर्कासँग प्रतिस्पर्धा गरेपछि अंकतालिकाको शीर्षस्थानमा रहने टोलीलाई विजेता घोषणा गरिएको थियो । बंगलादेशसँग समान अंक रहे पनि नेपाल ‘हेड टु हेड’मा अगाडि रह्यो ।
सुरुआती दुई संस्करणको च्याम्पियन नेपालले त्यसयता भने राम्रो प्रदर्शन गर्न सकिरहेको छैन ।
पछिल्ला तीन संस्करणमा भारत च्याम्पियन बनेको छ । भारतले सन् २०१९ मा साफ यु-१८, सन् २०२२ मा यु-२० र गत वर्ष यु-१९ च्याम्पियनसिपको उपाधि जितेको थियो । सन् २०१९ र २३ मा नेपाल तथा २०२२ मा भारतले प्रतियोगिता आयोजना गरेका थिए ।
यस पटक नेपाली टोलीको नेतृत्व मिडफिल्डर कुशल देउवाले गर्नेछन् । उनले नेपाली यु-१९ टोलीको पनि प्रतिनिधित्व गरिसकेका छन् ।
नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ उपाधि घरमै राख्ने लक्ष्यसाथ मैदान उत्रने बताउँछन् । ‘राम्रो तयारी गरेका छौं । चर्च ब्वाइज र आर्मीसँग अभ्यास खेल खेल्यौं । घरेलु मैदान र समर्थकको फाइदा उठाउँदै उपाधि अन्त जान नदिने लक्ष्य छ,’ श्रेष्ठले भने, ‘फुटबलमा केही भन्न सकिन्न । सबै प्रतिस्पर्धा उस्तै हुन् । कसैलाई पनि कमजोर मान्नु हुँदैन । सबैको आ–आफ्नै राणनीति र योजना हुन्छ । आफ्नो तर्फबाट उत्कृष्ट प्रदर्शन गर्ने हो । हरेक खेल फाइनल सम्झेर खेल्ने छौं ।’
यस पटक नेपाली टोलीको नेतृत्व मिडफिल्डर कुशल देउवाले गर्नेछन् । कुशलले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा च्याम्पियन ललितपुर सिटीबाट खेलेका थिए । उनले नेपाली यु-१९ टोलीको पनि प्रतिनिधित्व गरिसकेका छन् ।
नेपाली टोलीको गोलकिपरमा जियारथ शेख, विशाल बिसी, कृशल मोक्तान तथा रक्षकमा आश्विन घोरासैनी, सीमान्त थापा, समिन घिमिरे, विक्रम तामाङ, मदन पौडेल, निन्साङ लिम्बु, राम थापा, आयुश तिम्सिना छन् । मिडफिल्डरमा कप्तान कुशल देउवासँगै लक्षु थापा, अविनाश स्याङ्ताङ, जनप्रकाश बम, सरोज दर्लामी तथा स्ट्राइकरमा नीराजन धामी, रोहन खड्गी, समीर तामाङ, अनिल बम्जन, धर्मेन्दर कुँवर, हरिशराज भट्ट र नीरज कार्की छन् ।
समूह चरणमा नेपालका प्रतिद्वन्द्वी
श्रीलंका यस उमेर समूहमा श्रीलंका र नेपालबीच हालसम्म मात्र एक खेल भएको छ । गत संस्करणमा नेपालले ३-० को सहज जित निकालेको थियो ।
बंगलादेशनेपाल र बंगलादेशबीच हालसम्म तीन खेल भएको छ । जसमा नेपालले दुई जित हात पार्दा एक खेल बराबरीमा सकिएको छ । सन् २०१५ र २०१७ मा नेपालले समान २-१ को जित निकाल्दा गत संस्करणमा दुवै टोलीले १-१ को बराबरी खेलेका थिए ।