कार्तिक २, २०८१ शुक्रबार | ०८:४१:१४
पावर प्लेमा अमेरिकाले गुमायो तीन विकेट ६ पटकको च्याम्पियन अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा माल्दिभ्स र श्रीलंकालाई गोलको खडेरी तोड्ने चुनौती अमेरिकालाई १६५ रनको लक्ष्य आयोजक नेपाललाई भुटानको चुनौती पुबुदु दासानायके राष्ट्रिय क्रिकेट टोलीको ‘मेन्टर’ साफ महिला च्याम्पियनसिपः भारतले पाकिस्तानलाई हरायो भारत र पाकिस्तानबीचको पहिलो हाफमा गोल वर्षा विम फिसेट स्वायटेकको नयाँ प्रशिक्षकमा नियुक्त बार्सिलोनाको प्रशिक्षणमा फर्किए ओल्मो पावर प्लेमा अमेरिकाले गुमायो तीन विकेट ६ पटकको च्याम्पियन अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा माल्दिभ्स र श्रीलंकालाई गोलको खडेरी तोड्ने चुनौती अमेरिकालाई १६५ रनको लक्ष्य आयोजक नेपाललाई भुटानको चुनौती पुबुदु दासानायके राष्ट्रिय क्रिकेट टोलीको ‘मेन्टर’ साफ महिला च्याम्पियनसिपः भारतले पाकिस्तानलाई हरायो भारत र पाकिस्तानबीचको पहिलो हाफमा गोल वर्षा विम फिसेट स्वायटेकको नयाँ प्रशिक्षकमा नियुक्त बार्सिलोनाको प्रशिक्षणमा फर्किए ओल्मो
शनिबारको दिन ब्राजिलियन फुटबल

ब्राजिली फुटबलले किन गुमाउँदै छ पहिचान ?

काठमाडौं । फुटबल खेललाई त्यसै सुन्दर भनिएको होइन । ब्राजिलले यो खेललाई यसरी खेल्ने गथ्र्यो कि त्यसलाई हेरेर सबै भन्ने गर्थे, कति सुन्दर फुटबल । तर, अब त यो सबै भनाइमै सीमित हुने डर भइसकेको छ ।

ब्राजिली फुटबलमा अचेल सुन्दरता रहेन । झन्डै झन्डै कुरूप हुने डर छ । खासमा ब्राजिली फुटबल दिन प्रतिदिन कमजोर भइरहेको छ । कति कमजोरभन्दा अब यो कुनै पनि ठूलो प्रतियोगितामा उपाधि दाबेदार रहेन । बरू ब्राजिललाई यस्ता ठूला प्रतियोगितामै छनोट हुन समेत गाह्रो हुन थालेको छ ।

 पेरिस ओलम्पिक २०२४ लाई नै बलियो उदाहरण मान्न सकिन्छ । किनभने ब्राजिल यो प्रतियोगिताको पुरुष फुटबलमा छनोट हुनसमेत सकेन ।

अहिले चलिरहेको दक्षिण अमेरिकी विश्वकप छनोटमै हेरौं न । विश्वास नहुन सक्छ, ब्राजिल अंकतालिकाको छैटौं स्थानमा छ । ब्राजिलले ६ खेल खेलेकामा दुईमै मात्र विजयी रहेको छ । जितभन्दा पनि बढी तीन खेलमा पराजित रहेको छ ।

त्यसैले त ब्राजिली टिम भेनेजुएला र इक्वेडर जस्ता टिमभन्दा पनि पछाडि छ । अर्जेन्टिना, उरुग्वे र कोलम्बियाजस्ता टिमभन्दा पछाडि पर्ने नै भयो । दक्षिण अमेरिकाबाट ६ टिमले सिधै विश्वकपमा प्रवेश पाउने छ ।

जम्मा १० टिमको छनोटमा यति धेरेले सिधै प्रवेश पाउने भनेको एक प्रकारले सजिलो समीकरण हो । अझ सातौं हुने टिमले अन्तर महादेशीय प्लेअफ पनि खेल्नेछ । भनेपछि असाध्यै खराब खेलेको स्थितिबाहेक दक्षिण अमेरिकाबाट विश्वकपमा प्रवेश पाउन गाह्रो छैन । यही एक प्रमुख कारणबाहेक स्थितिमा ब्राजिललाई गाह्रै हुनुपर्ने हो । तर ब्राजिल छनोट नै हुन नसक्ने अकल्पनीय स्थिति पनि नभएको होइन । यति खराब छ, टिम ।

यसका लागि पेरिस ओलम्पिक २०२४ लाई नै बलियो उदाहरण मान्न सकिन्छ । किनभने ब्राजिल यो प्रतियोगिताको पुरुष फुटबलमा छनोट हुनसमेत सकेन । यसले देखाउँदैन् र ब्राजिली फुटबल साँच्चै कमजोर छ भनेर ? कोपा अमेरिका २०२४ पनि ब्राजिली फुटबलको प्रदर्शन कहाँ ठीक रह्यो र ? टिम सेमिफाइनल पनि पुगेन । क्वार्टरफाइनलमा उरुग्वेविरुद्ध टाइब्रेकरमा पराजित भयो । समूह चरणबाट अगाडि बढ्न नै ब्राजिललाई गाह्रो भएको थियो । कोलम्बियासम्मिलित समूहमा ब्राजिल दोस्रो स्थानमा मात्र रह्यो ।

ब्राजिली फुटबलको यो अवनतिका कारण के हुनसक्छ त ? यसका धेरै कारण हुन सक्छ । पहिलो कारण, ब्राजिली फुटबलमा अचेल स्टार खेलाडी जन्मिन छाडेका छन् । नेयमर नै त्यस्ता अन्तिम खेलाडी हुन्, जसलाई सबैले चिन्छन् । अरू त अपरिचित जस्तै हुन थाले । ब्राजिली फुटबल स्वयंले आफ्नो वास्तविक खेल्ने शैली गुमाइसकेको छ । त्यो भनेको पहिले ब्राजिलले जसरी खेल्थ्यो, अचेल खेल्दैन । रनभुल्लमा छ ब्राजिल । कसरी कुन शैलीमा खेल्ने भनेर अलमलमा छ ।

ग्राफिटले ब्राजिलका पुराना खेलाडी हुन् । अहिले उनी फुटबल पण्डितका रूपमा काम गर्छन् । उनको दाबी छ, ब्राजिली फुटबलले पछिल्लो समय आफ्नो परिचय नै गुमाएको छ । 

सन् २०१४ को विश्वकपमा ब्राजिल जर्मनीको हातबाट ७-१ ले पराजित भएको थियो । यही यो विन्दु रह्यो, जहाँबाट ब्राजिली फुटबल ठ्याक्कै पछाडि पर्न गयो । ब्राजिली फुटबलका लागि यो निर्मम प्रहार थियो, मानसिक रूपमा पनि । यो हारपछि ब्राजिली फुटबल उठ्नै सकेन, अहिलेसम्म पनि ढलपल ढलपल गर्दै छ । लगातारको खराब प्रदर्शनकै कारण पछिल्ला दुई वर्षमा ब्राजिली टिमको प्रशिक्षक संख्या ६ पुगिसकेको छ ।

अवनतिका धेरै कारणमध्ये प्रमुख भने ब्राजिली फुटबलले आफ्नो वास्तविक परिचय गुमाउनु नै हो । ग्राफिटले ब्राजिलका पुराना खेलाडी हुन् । अहिले उनी फुटबल पण्डितका रूपमा काम गर्छन् । उनको दाबी छ, ब्राजिली फुटबलले पछिल्लो समय आफ्नो परिचय नै गुमाएको छ । यसको पनि प्रमुख कारण भनेको ब्राजिली खेलाडी जति युवा उमेरमै युरोप जाने र त्यहाँ व्यावसासिक फुटबल खेल्ने रहेको मानिन्छ । यसले एकातर्फ यी खेलाडी युरोपेली शैलीमै अभ्यस्त हुन्छन् ।

अर्कोतर्फ ब्राजिली घरेलु फुटबल आफैंमा कमजोर भएको छ । ब्राजिलको घरेलु फुटबलको स्तर नै आजभोलि कमजोर रहेको मानिन्छ । लिगमा राम्रा खेलाडीकै अभाव हुन थालेको छ । फेरि आजभोलि ब्राजिली फुटबल व्यवस्थापन पनि असाध्यै कमजोर रहेको मानिन्छ । क्लबस्तरमै मात्र होइन, ब्राजिली फुटबल संघमै समेत कमजोर व्यवस्थापनको जगजगी छ । यसले पनि ब्राजिली फुटबललाई कमजोर बनाउन निर्णायक भूमिका खेलिरहेको छ ।