मंसिर ६, २०८१ बिहीबार | १४:४४:०७
क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ
शनिबारको दिन इटालियन फुटबल

युरोमा इटालीः पागलपन, प्वाल र ‘पोइजन’

मेलबर्न । इसेरलोनबाट इटालियन राष्ट्रिय टिमको भित्री सूचना कसले लिक गरायो? लुसियानो स्पालेट्टीले पत्ता लगाउन सकेका छैनन्। ‘यसको जवाफ मसँग छैन,’ पत्रकारहरुसामु स्पालेट्टीले भने, ‘बरु पत्ता लगाउन तपाईंहरू सहयोग गर्नुस् न।’

युरो २०२४ खेल्न जर्मनी पुगेको इटालियन टिमलाई इसेरलोन नाम गरेको सानो सहरमा राखिएको थियो। चाँडै घर फर्किएको यो टिमले अभ्यास गर्ने ठाउँ थियो, कासा अज्जुरी। अभ्यासका दौरान कासा अज्जुरीभित्र जे-जे भए, त्यसबारे बाहिर सूचना कसले बाहिर लग्यो? कि सञ्चारमाध्यमले अध्याँरोमा तीर चलाए? टुंगो छैन।

‘हाम्रो ड्रेसिङ रुमभित्र कोही त थियो, जो जुलियान असान्ज बन्यो। असान्ज बन्नुको सट्टा स्ट्राइकर बनेर गोल हानेको भए हुन्थ्यो नि,’ इटालीको प्रख्यात अखबार कोरिएर डेला सेरामा नामी स्तम्भकार मासिमो ग्रामेलिनीले लेखेका छन्।

गत संस्करणको विजेता इटालीले यसपालि आफ्नो समूहको दोस्रो खेलमा क्रोएसियासँग बराबरी खेलेको थियो। लाइपजिगमा माटिया जाकाग्नीले ९८औँ मिनेटमा गोल गरेपछि मात्र हारबाट जोगिएको इटालीका प्रशिक्षक स्पालेट्टीसामू विभिन्न खालका प्रश्न तेर्सिने नै भए। जसले उनलाई क्रुद्ध बनायो। 

स्काइ इटालिया रेडियोका विश्लेषक पाओलो कोन्डोको प्रश्नले उनको पारो तात्यो। ‘सावधानीपूर्वक खेलेको रे? के भन्न खोजेको?’ क्रोएसियाविरुद्ध इटालीले एकदमै सावधानी अपनाएर खेलेको हो भन्ने प्रश्नमा स्पालेट्टीको प्रतिक्रिया थियो।  

इटालीको खेल हेर्न रंगशाला पुगेका दर्शकको पहिलो दीर्घामा थिए, इटालेली फुटबल संघका अध्यक्ष गाब्रियल ग्राभिना। स्पालेट्टीलाई खेल सकिएपछि मैदानभित्र पस्न र दर्शकलाई धन्यवाद दिन उनै ग्राभिनाले सम्झाउनु परेको थियो। 

त्यसअघि नै उनको युइएफएका रिपोर्टरसँगै नोकझोक परिसकेको थियो। ‘हामीले ३ /४ वटा गोलका ठूला अवसर खेर फालेको देखेनौँ?’ अन्तिममा गोल नगरेको भए इटाली हारको हकदार थियो भन्ने प्रश्नमा स्पालेट्टीले प्रतिप्रश्न गरेका थिए।

खेल सकिनसाथ स्पालेट्टीले यो प्रश्नको सामना गरेका थिए। तसर्थः पत्रकार सम्मेलन हुँदै गरेको हलको कुर्सीमा बस्दा नबस्दै उनले सोचिसकेको हुनुपर्छ, आज मलाई नकारात्मक प्रश्न मात्र सोधिनेवाला छ। उनले आफूलाई बन्दुकधारी सिकारीले घेरिएको सिंह ठानेको हुनुपर्छ।

युरो दौरान एक रेडियो पत्रकारले क्रोएसियासँगको खेलका लागि प्रशिक्षक स्पालेट्टीले खेलाडीको सुझाव मानेर खेल रणनीति त बनाएको हुनसक्ने दाबी गरेका थिए। यो दाबी सुनेपछि स्पालेट्टीलाई लाग्यो, ड्रेसिङ रुमभित्रको खबर बाहिर लाने कोही त छ। ‘ड्रेसिङ रुमभित्र हुने छलफलबारे सूचना बाहिर लाने काम राम्रो होइन। जसले सूचना चुहायो, उसले राष्ट्रिय टिमलाई हानी पुर्याएको छ,’ स्पालेट्टीको प्रतिक्रिया थियो।

युरोअघिसम्म स्पालेट्टी फरक मनस्थितिमा थिए। पहिलो खेलमा अल्बानियाको सामना गर्नुअघि इटालेली ड्रेसिङ रुमभित्र उत्साह रहेको बताएका थिए। तर पहिलो खेलपछि नै उनको सकारात्मक मनस्थिति खल्बलियो। ‘हरेक कुनाबाट विष प्रवाह भइरहेको छ। यो विष मभित्र पनि पसिरहेको छ,’ स्पालेट्टीको भनाइ थियो।

इटालीको खेल हेर्न रंगशाला पुगेका दर्शकको पहिलो दीर्घामा थिए, इटालियन फुटबल संघका अध्यक्ष गाब्रियल ग्राभिना। स्पालेट्टीलाई खेल सकिएपछि मैदानभित्र पस्न र दर्शकलाई धन्यवाद दिन उनै ग्राभिनाले सम्झाउनु परेको थियो। डर्टमन्ड रंगशालामा खेल सकिनासाथ स्पालेट्टी सरासर ड्रेसिङ रुमतिर लागेका थिए। त्यसको भोलिपल्ट इटालीको एक रेडियो कार्यक्रममा टेलिफोन गर्दै स्पालेट्टीले इटालियन समर्थकसँग माफी मागेका थिए।

रोबर्टो मान्सिनीले छाडेर हिँडेपछि स्पालेट्टीलाई इटालीको प्रशिक्षक बनाइएको हो। प्रशिक्षकमा नियुक्त हुँदै गर्दा गत सेप्टेम्बरमा स्पालेट्टीले भनेका थिए, ‘के म इटालीका लागि सर्वोत्तम छनोट हो? मलाई थाहा छैन। तर मलाई यति चाहिँ थाहा छ, म यो टिमका लागि सर्वोत्कृष्ट स्पालेट्टी बन्नसक्छु।’ इटाली युरोको अन्तिम १६ बाटै घर फर्किएपछि भने उनको प्रतिक्रिया थियो, ‘प्रष्ट भयो, म सही स्पालेट्टी थिइनँ।’

स्पालेट्टीले जे गरे, त्यो उनको चरित्रभन्दा बाहिरको कुरा थिएन। कुनै कुरा मन नपरे, उनी अभिव्यक्त गरिहाल्ने प्रशिक्षक हुन्। पत्रकार सम्मेलनमा पनि उनी टेबल ठट्याउँछन्, कसैले चित्त नबुझ्दो प्रश्न सोधेमा। युरो भइरहेका बेला इटालियन टिमबारे आएका खबरलाई लिएर स्पालेट्टी पटक्कै खुसी थिएनन्। तब त उनले इटालियन फुटबल संघका प्रेस अफिसरहरूलाई केरकार गरेका थिए।

स्पालेट्टी एक समय रुसमा थिए। सेनिट सेन्ट पिटर्सबर्गमा चार वर्ष प्रशिक्षक हुँदा सायद उनी जासुसहरुबाट घेरिएका थिए कि? त्यही भएर हुनसक्छ उनलाई अहिले पनि लाग्छ, उनको जासुसीमा मान्छे खटाइएका छन्। उसो त उनको प्रशिक्षकीय पृष्ठभूमि पनि त्यस्तै छ। उनी धेरै पटक विवादमा परेका प्रशिक्षक हुन्। एएस रोमामा फ्रान्सिस्को टोटीलाई संन्यास लिन बाध्य बनाउँदा होस् वा इन्टर मिलानमा माउरो इकार्दीलाई कप्तानबाट हटाउँदा, त्यसबेला सामना गर्नु परेको ब्रिफिङहरूले पनि उनलाई आजको व्यक्तित्वसम्म ल्याइपुर्याएको हुनुपर्छ। ‘म धेरै प्रतिक्रिया दिन्छु अरे। मेरोबारे यस्तै-यस्तै लेखिँदैछ,’ जर्मनीबाट इटाली फर्कदै गर्दा स्पालेट्टीले भने।

जाकाग्नीको गोल हुँदैन थियो भने इटाली बर्लिन पुग्ने थिएन। जहाँ इटालीले नकआउट चरणमा स्विट्जरल्यान्डलाई भेट्यो। यो त्यही ठाउँ हो, जहाँ इटालीले सन् २००६ को विश्वकप सेमिफाइनलमा आयोजक जर्मनीलाई हराएको थियो। त्यसबेला निर्णायक गोल गर्ने खेलाडी थिए, अलेसान्द्रो डेल पिएरो। जाकाग्नीको गोलबारे धेरै चर्चा भएन। चर्चा भयो केवल स्पालेट्टीको हाउभाउको। उनले लगाएको आरोपको।

इटाली रहेको समूहमा स्पेन पनि थियो। इटाली, क्रोएसिया र स्पेन, यी तीन भएको समूहलाई ‘ग्रुप अफ डेथ’ भनिनु स्वाभाविक थियो। यो समूह पार गरेर नकआउटमा पुगेपछि स्पालेट्टीले सोचेका थिए, अब इटालियन खेलाडी केही सम्हालिनेछन्। जो क्रोएसियासँगको खेलका कारण दबाबमा थिए। उसो त स्पालेट्टी आफैँले पनि खेलाडीलाई सम्हालिन प्रेरित गर्न सकेनन्। खेलाडीलाई जस्तोसुकै परिस्थितिमा पनि शान्त बनाएर खेलाउन सक्नु प्रशिक्षकको खुबी हो। यही खुबीका कारण त अर्का इटालेली प्रशिक्षक कार्लो एन्सिलोट्टीले त्यत्रो सफलता हासिल गरिरहेका हुन्।

त्यसोभए के उनी पुरानो स्पालेट्टी बन्न चाहन्छन्? पछाडि फर्कन पाए हुन्थ्यो भन्ने सोचिरहेका छन्?‘म विगतबारे धेरै सोचिदनँ। जे भइसक्यो, भइसक्यो,’ स्पालेट्टीको जवाफ छ।  

रोबर्टो मान्सिनीले छाडेपछि स्पालेट्टीलाई इटालीको प्रशिक्षक बनाइएको हो। प्रशिक्षकमा नियुक्त हुँदै गर्दा गत सेप्टेम्बरमा स्पालेट्टीले भनेका थिए, ‘के म इटालीका लागि सर्वोत्तम छनोट हो? मलाई थाहा छैन। तर मलाई यति चाहिँ थाहा छ, म यो टिमका लागि सर्वोत्कृष्ट स्पालेट्टी बन्नसक्छु।’ इटाली युरोको अन्तिम १६ बाटै घर फर्किएपछि भने उनको प्रतिक्रिया थियो, ‘प्रष्ट भयो, म सही स्पालेट्टी थिइनँ।’

हो, उनी त्यो स्पालेट्टी बन्न सकेनन् जसले नापोलीलाई सन् १९९० पछि पहिलो पटक सिरी ‘ए’ च्याम्पियन बनाए। उनी रोमालाई केही उपाधि जिताउने र क्लब इतिहासमै सर्वाधिक अंक दिलाउने स्पालेट्टी पनि बन्न सकेनन्। न त उनी आफ्नो प्रशिक्षणमा सिरी ‘ए’ मा चार फरक-फरक खेलाडीलाई उच्च गोलकर्ता बनाउने स्पालेट्टी नै हुनसके। प्रशिक्षणको बलमा खेलाडीको करिअर नै परिवर्तन गरिदिनसक्ने स्पालेट्टीको गुण उनमा यसपालि देखिएन।

त्यसोभए के उनी पुरानो स्पालेट्टी बन्न चाहन्छन्? पछाडि फर्कन पाए हुन्थ्यो भन्ने सोचिरहेका छन्?‘म विगतबारे धेरै सोचिदनँ। जे भइसक्यो, भइसक्यो,’ स्पालेट्टीको जवाफ छ।  

पछाडि फर्कन पाए पनि उनी जर्मनी पुगेको इटालियन टिममा परिवर्तन गर्ने थिए? अह। उनले केही यस्ता खेलाडीलाई टिममा राखेनन्, जो छनिने आशामा थिए। नापोलीले लिग जित्दा मुख्य खेलाडी रहेका माटियो पोलिटानोले त जर्मनी जान नपाएपछि सामाजिक सञ्जालमा आफ्नो पूर्व प्रशिक्षकको सांकेतिक विरोध नै गरे। सिरो इममोबिलेका दाइले आफ्ना भाइ नछानिएको रिसमा स्पालेट्टीप्रति लक्षित गरेर टिप्पणी गरे, ‘टिमले खराब खेल्दा दोष दिन अब नयाँ व्यक्ति खोज्नु पर्नेछ।’

स्पालेट्टीले रोजेका कुनै पनि स्ट्राइकरले युरोमा गोल गरेनन्। उसो त उनले रोजेका स्ट्राइकर सन् १९८२ को पाओलो रोसी जस्ता थिएनन्, जो दुई वर्ष लिग नखेल्दा पनि टिममा परेका थिए। रोसीलाई राष्ट्रिय टिममा राखिँदा सिरी ‘ए’ का तत्कालीन उच्च गोलकर्ता रोबर्टो प्रुज्जोलाई बाहिरै राखिएकोे थियो। स्पालेट्टीले ज-जसलाई जर्मनी लगेनन्, तिनलाई यदि लगिएको भए टिमको समग्र प्रदर्शनमा उति फरक पर्ने सम्भावना थिएन। ३४ वर्षीय जियानकोमो बोनाभेन्तुरा, जसलाई स्पालेट्टी इटालियन बेलिङघम भन्छन्, तिनले चाहिए जति गोल गर्थे होलान्?  सान्द्रो टोनाली वा म्यानुएल लोकाटोली? यी कसैले पनि प्रभाव पार्नसक्ने थिएनन्।

 क्वार्टरफाइनल पुग्न सकेन भन्दैमा तर्क यो पनि सही होइन कि इटालीसँग प्रतिभा छैनन्। प्रतिभाहरू निरन्तर जन्मिरहेका छन्। युरोपेली उमेर समूहको फुटबलमा इटाली बलियो बनेको छ। १७ र १९ वर्षमुनिको युरोपेली प्रतियोगिताको च्यामिपयन हो इटाली। २० वर्ष मुनिको विश्वकपमा पनि इटाली फाइनल पुगेको थियो। प्रश्न प्रतिभा छन् कि छैनन् भन्ने होइन। प्रश्न त यो हो, सिनियर टिममा उनीहरूले के कति मौका पाउँछन्? ‘मैले टिमको पुनःनिर्माणको कोशिस गरेको छु। प्रशिक्षक रहिरहे भने, भविष्यमा थप युवा खेलाडीले मौका पाउनेछन्,’ स्पालेट्टीले भनेका छन्।  

युरोअघि स्पालेट्टी फगत नतिजा होइन, खेल शैलीको आधारमा पनि आफ्नो मूल्यांकन हुनुपर्ने जिकिर गर्थे। उनले दिने गरेको कतिपय अभिव्यक्तिमा अहंकार झल्किन्थ्यो। आफ्नो टिमले इटालीको पुरानो शैलीमा होइन, आक्रामक र गतिशिल फुटबल खेल्ने बताउँथे। 

 युभेन्टसलाई ५  र एसी मिलानलाई १ पटक सिरी ‘ए’ विजेता बनाएका मासिमिलियाने एलेग्री बजारमा उपलब्ध हुँदा पनि ग्राभिना प्रशिक्षक परिवर्तन गर्ने मनस्थितिमा छैनन्। ‘हामीले तीन वर्षको परियोजना बनाएका हौँ। स्पालेट्टी यसको हिस्सा हुन्। ८ वा ९ महिनामा प्रशिक्षक परिवर्तन गर्ने कुरा सम्भव छैन,’ ग्राभिनाले प्रस्ट पारेका छन्।

युरोको तयारीका लागि समय पुगेन भन्ने एकथरीको तर्क छ। यो तर्क किन पनि गरिएको हो भने, स्पालेट्टीले मनग्यै नयाँ र युवा खेलाडीलाई टिममा छानेका थिए। र यी खेलाडीसाँग स्पालेट्टीले पर्याप्त समय बिताउन नपाएको कुरा साँचो हो। तर यसैलाई बहाना बनाउन पाइँदैन। यद्यपि स्पालेट्टीले कोसिस भने गरेका छन्। ‘विगतमा एउटा प्रशिक्षकले खेलाडीलाई २० वा ३० खेलसम्म परीक्षण गर्ने मौका पाएका थिए। मैले अहिलेका खेलाडीसँग धेरै समय पाइनँ। पाएको भए, स्थिति फरक हुन पनि सक्थ्यो,’ स्पालेट्टीको तर्क छ।

स्पालेट्टी इटालीको प्रशिक्षक बनेको एक वर्ष पनि पूरा भएको छैन। उनी यस्तोबेला प्रशिक्षक बने जतिबेला इटाली युरोमा नछानिने पो हो कि भन्ने संशय थियो। ‘त्यसबेला हामीलाई नतिजा चाहिएको थियो। ‘हामी राम्रो खेल्दै एक बिन्दूसम्म पुग्यौँ। तर स्विट्जरल्यान्डसँगको खेलले हामीलाई पछाडि धकेलि दियो। जुन कदापी स्वीकार्य छैन,’ स्पालेट्टीले भनेका छन्।

यो  ९ महिनामा स्पालेट्टीले इटालेली खेलाडीलाई ७० दिन मात्र प्रशिक्षण दिन पाएका छन्। युरो छनोट, मार्च महिनामा भएका मैत्रीपूर्ण खेल र युरोका लागि भएका केही वार्मअप खेल, स्पालेट्टीको भागमा परेका खेल यति हुन्। अब प्रश्न, के स्पालेट्टीले यी खेललाई अझ राम्रोसँग प्रयोग गर्न सक्थे? बहसको विषय बन्नसक्छ। तथापि हामीले केही तथ्यलाई ध्यान दिन जरुरी छ। जस्तै, युरोमा मुख्य स्ट्राइकर बनेका जियानलुका स्माकालाई स्पालेट्टीले अमेरिकामा भएका तयारी खेलमा लगेका थिएनन्। बरु लोकाटेली र बोनाभेन्तुरमा टिममा थिए जो आखिरमा जर्मनी लगिएनन्। टोरिनाको दुई खेलाडी अलेसान्द्रो ब्युनजियोर्नो र राउल बेलानोभा इटालीको ३० सदस्यीय टिमको हिस्सा त बने, तर जर्मनीमा खेल्न पाएनन्। ब्युनजियोर्नोले युरो छनोटको युक्रेनविरुद्धको महत्त्वपूर्ण खेलमा खेल्न पाएका थिए। त्यसबेला उनको प्रदर्शनको तारिफ गरिएको थियो। फ्रान्सिस्को अर्केबीको अनुपस्थितिमा उनले रक्षापंक्तिमा स्थान पक्का गर्ने अनुमान थियो।

प्रिक्वार्टरफाइनलमा स्विट्जरल्यान्डसँगको खेलको दोस्रो हाफमा मैदान छिर्न उभिएका इटालियन खेलाडी एकअर्कासँग खासै बोलिरहेका थिएनन्। खेलाडीहरूको हाउभाउ हेर्दा लाग्थ्यो, यो टिममा नेतृत्वको खडेरी छ। जोस जाँगर जगाउने खेलाडीको कमी छ।

तर स्पालेट्टीले रिकार्डो कालाफियोरीलाई अवसर दिए। रक्षापंक्तिमा अलेसान्द्रो बास्तोनीको स्थान त सुरक्षित छँदै थियो। जर्मनीमा स्पालेट्टीले लिएका केही राम्रा निर्णयमध्येको एक थियो, कालाफियोरीलाई खेलाउने। बोलोन्याका कालाफियोरीले गत जुनसम्म पनि इटालीका लागि डेब्यू गरिसकेका थिएनन्। अर्का युवा रक्षक बेलानोभा तीव्र गतिमा खेल्न नसक्ने भएकाले मौका दिन नसकिएको स्पालेट्टीको तर्क छ। स्पेनसँगको खेलअघि स्पालेट्टीले भनेका थिए, ‘विपक्षीसँग यस्ता खेलाडी छन् जो प्रतिघण्टा ३४ माइलको गतिमा दौडिन सक्छन्। हामीसँग भएका सबैभन्दा तीव्र गतिका खेलाडीको गति हो, २९ माइल प्रतिघण्टा। हामी र विपक्षीबीच यत्तिको फरक छ।’

यस्तो तर्क दिँदै स्पालेट्टीले सिरी ‘ए’ मा सर्वाधिक गति भएको राइटब्याक मानिने बेलानोभालाई खेलाएनन्। जबकि उनले खेलाएका जियोभानी डि लोरेन्जोलाई स्पेनका निको विलियम्सले खेलभरी सजिलै बिट गरिरहे। युरोमा इटालीको सबै खेल खेल्ने चार खेलाडीमध्ये एक थिए, डि लोरेन्जो। अर्का खेलाडी थिए, निको बरेला, जसल् अल्बानियाविरुद्ध लोभलाग्दो प्रदर्शन गरेका थिए। उनले मयान अफ द म्याच पाउने अनुमान थियो। तर पाए फेडेरिको किएसाले। जसलाई स्पालेट्टी विश्व टेनिसको शीर्ष वरीयताका खेलाडी यानिक सिन्नरसँग तुलना गर्छन्। अल्बानियासँगको खेलमा स्तरीय गोल गरेका बरेला यसपालि युरो खेल्ने टिममा पर्नु अचम्मलाग्दो थियो। किनभने उनी तयारी खेलहरूमा थिएनन्, चोटका कारण।

अल्बानियाविरुद्ध बरेलाले जसरी खेले, त्यसले उनलाई बाँकी खेलका लागि योग्य बनाउँथ्यो नै। फेरि उनी वर्तमान इटालेली टिमको सर्वाधिक गोलकर्ता पनि हुन्। उनको नाममा १० गोल छ। युरो अगाडि स्पालेट्टी इटालेली टिममा ताजगीको आवश्यकता रहेको औल्याउँथे। यदि त्यसो हो भने उनले २७ वर्षीय बरेलासँगै निकोलो फागिओलीलाई अवसर दिनसक्थे। बरेलाको आवश्यकता टिममा किन पनि थियो भने, उनी बाँकी खेलाडीभन्दा अनुभवी हुन्। स्पालेट्टीले जर्मनी लगेका खेलाडीमध्ये ११ को उमेर २५ वा कम छ। ११ खेलाडीले १० भन्दा कम पटक इटालीका लागि खेलेका छन्। 

वाइल्ड कार्डका रूपमा टिममा परेका माइकल फोलोरुन्सोले अल्बानियाविरुद्धको खेलबाट डेब्यू गरेका हुन्। पछिल्ला सात सिजनमध्ये पाँच तल्लो श्रेणीमा खेलेका उनी २६ वर्षका भए। उमेर तथ्यांककै कुरा गर्ने हो भने, युरोमा इटालीभबन्दा टर्की र स्विट्जरल्यान्डको पहिलो-११ मात्र कलिलो थियो।

प्रिक्वार्टरफाइनलमा स्विट्जरल्यान्डसँगको खेलको दोस्रो हाफमा मैदान छिर्न उभिएका इटालियन खेलाडी एकअर्कासँग खासै बोलिरहेका थिएनन्। खेलाडीहरूको हाउभाउ हेर्दा लाग्थ्यो, यो टिममा नेतृत्वको खडेरी छ। जोस जाँगर जगाउने खेलाडीको कमी छ। ‘अब किलिनी र बोनुची जस्ता खेलाडी भेटिन गाह्रो छ। यो समूहमा मैले कालाफियोरीमा नेतृत्वदायी क्षमता देखेको छु। फेरि नेतृत्व बोलेर होइन, मैदानमा राम्रो प्रदर्शन गरेर हुन्छ,’ स्विट्जरल्यान्डविरुद्धको खेलमा रातो कार्डका कारण उपलब्ध नरहेका कालाफियोरीबारे स्पालेट्टीको भनाइ थियो। इटालेली खेलाडी युरोपका अन्य ठूला लिगमा गएर खेले, अनुभव बटुले, त्यसले इटलियन राष्ट्रिय टिममा नेतृत्व अभावलाई कम गर्नसक्ने धारणा स्पालेट्टीको छ।

उसो त इटालीका खेलाडी अरु युरोपेली लिगका क्लबको नजरमा नपरेका  होइनन्। गत सिजन मात्र इन्टर मिलानका डेभिड फ्राटेसीलाई प्रिमियर लिगका केही क्लबले अनुबन्ध गर्ने प्रयास गरेका थिए। तर उनी मन्जुर भएनन्। जबकि उनी हाल इन्टरको बेन्च खेलाडीका रूपमा सीमित छन्। स्कामाका पनि जम्मा १ वर्ष वेस्टहममा बिताएर घर फर्किहालेका खेलाडी हुन्। अहिलेको इटालियन टिमका तीन खेलाडी मात्र बाहिरको लिग खेल्छन्। ती गोलरक्षक जियनलुइजी डोनारुमा, अर्का गोलरक्षक गुगलिएल्मो भिकारियो र मिडफिल्डर जर्जिन्हो हुन्।

युरोमा इटाली किन असफल भयो? यसबारे फरक-फरक टिप्पणी आइरहेका छन्। महान् इटालियन प्रशिक्षकमध्येका १ फाबियो कापेलो भने यसको कारण स्पालेट्टीले रोजेका खेलाडी भएको बताउँछन्। उनको जिकिर छ, ‘स्पालेट्टीले आफ्ना खेलाडी स्तरीय भएको ठाने। वास्तवमा उनीहरू स्तरीय होइनन्। त्यही भएर स्पालेट्टीले आफूले बनाएको रणनीतिमा उनीहरूलाई खेलाउन सकेनन्। ती खेलाडी कुनै हिसाबले गतिशिल छैनन्।’

 कुनै समय इटालियन टिमलाई सबैभन्दा धेरै खेलाडी दिने मिलानको कोही पनि प्रतिनिधि यसपालिको युरोमा थिएनन्। 

कापेलोले गरेको जिकिर मननीय हो वा होइन, पक्ष र विपक्षमा तर्क प्रस्तुत गर्न सकिन्छ। त स्पेनविरुद्ध इटालीको प्रदर्शन हेर्दा लाग्थ्यो, यो टिममा धेरै कुराको खाँचो छ। अल्बानियासँगको खेलदेखि कुनै पनि इटालीको एउटै पहिलो-११ ले ४५ मिनेट पनि सँगै खेल्न पाएन। स्पालेट्टीले बारम्बार टिम परिवर्तन गरिरहे। उनले गोलकिपरबाहेकका २३ खेलाडीमध्ये २० लाई खेलाए।

इटाली हरेक हाफ नयाँ रणनीतिका साथ खेलिरहेको देखिन्थ्यो। खेलाडीलाई उनीहरूको स्वाभाविक स्थानभन्दा फरक स्थानमा खेलाइयो। क्रोएसियाविरुद्ध गोल गरेका जाकाग्नी प्रि-क्वार्टरफाइनलमा टिमको पहिलो-११ मा थिएनन्। उनको स्थानमा स्टिफन एल सरावीलाई मौका दिइयो। जियानलुका मान्सिनी र ब्रायन क्रिस्टियान्टेको हकमा पनि त्यही भयो। फागिओलीले खेल्न पाए, यो उनको राष्ट्रिय टिमबाट पहिलो खेल थियो। पहिलो रोजाइको  निश्चित नभएपछि अधिकांश खेलाडी उत्साही हुन सकेनन्। उनीहरुमा आत्मविश्वासको पनि कमी देखियो। क्रोएसिया र स्विट्जरल्यान्डविरुद्धको दोस्रो हाफमा उनीहरू हतोत्साही देखिएका थिए।

युरोअघि स्पालेट्टी फगत नतिजा होइन, खेल शैलीको आधारमा पनि आफ्नो मूल्यांकन हुनुपर्ने जिकिर गर्थे। उनले दिने गरेको कतिपय अभिव्यक्तिमा अहंकार झल्किन्थ्यो। आफ्नो टिमले इटालीको पुरानो शैलीमा होइन, आक्रामक र गतिशिल फुटबल खेल्ने बताउँथे। ‘जबदेखि म यो टिमको प्रशिक्षक बनेको छु, यी खेलाडीलाई अभ्यास गराइरहेको छु, हाम्रो मस्तिष्कमा सुन्दर फुटबल खेल्ने लक्ष्यबाहेक अर्थोक केही छैन,’ स्पालेट्टी भन्थे।

स्पालेट्टीले त्यसबेला इंगित गरे जस्तो सजिलो छैन अन्तर्राष्ट्रिय फुटबल। युरो वा विश्वकप, यी प्रतियोगिताको आफ्नै खालको दबाब हुन्छन्। त्यहाँ सुन्दर फुटबलभन्दा जितको महत्त्व बढी हुन्छ। जितका लागि विगतमा इटालेली टिम रक्षात्मक खेल्थे। उनीहरुको विशेष शैली थियो। विपक्षी अनुसारको फुटबल खेल्थे। स्पालेट्टी भने आफ्नो आक्रामक शैलीमा प्रतिबद्ध थिए। ‘त्यस्तो रक्षात्मक फुटबल खेलाउन मलाई आउँदैन। कसरी खेलाउँछन्, खेल्छन् मलाई थाहा छैन,’ स्पालेट्टीको भनाइ थियो। युरोपछि भने उनका यी विचारमाथि प्रश्न उठेको छ।

इटालियन क्लबहरू अब स्थानीय खेलाडीको पहिचानमा लागि परेका छन्। गतिला खेलाडी उत्पादन गर्न उनीहरूले लगानी पनि बढाउनु नै छ। उसो त यति गरेर मात्र पुग्नेवाला छैन। इटालियन फुटबलमा संरचनागत परिवर्तनको आवश्यकता छ। नत्र हाल देखिएका प्वाल टाँलिने छैनन्।  

ग्राभिनाको युरो प्रशिक्षण टोलीमा जिजी बुफोन पनि सदस्य थिए। युरोबाट बाहिरिएपछि बुफोनले स्पालेट्टीसँगै खेलाडीलाई सम्बोधन गरेका थिए। निराशजनक युरोपछि ग्राभिनाले राजीनामा दिनुपर्ने माग पनि उठिरहेको छ। उसो त उनको राजीनामाको माग उत्तर म्यासिडोनियासँग हार्दै विश्वपकपमा छनोट नहुँदा पनि उठेकै हो। तर उनी राजीनामा नदिने अडानमा छन्। ‘सिरी ‘ए’ मा ६७ प्रतिशत खेलाडी विदेशी छन्। अहिले नै यति धेरै विदेशी खेलाडी रहेको परिपेक्षमा हामी विदेशी खेलाडीका लाथि थप कोटा खोल्ने पक्षमा छैनौँ। सिरी ‘बी’ का क्लबहरूको यस्तो माग पनि सम्बोधन हुँदैन। अब क्लबहरूले आ-आफ्ना एकेडेमीलाई बहुमूल्य सम्पत्ति मान्न आवश्यक छ,’ ग्राभिना भन्छन्।

हाल युभेन्ट्स लगायतका केही क्लबले आफ्नो २३ वर्ष मुनिको टिमलाई तेस्रो श्रेणीको लिग खेलाइरहेका छन्। यो सूचीमा एसी मिलान र एटलान्टा पनि थपिएका छन्। कुनै समय इटालियन टिमलाई सबैभन्दा धेरै खेलाडी दिने मिलानको कोही पनि प्रतिनिधि यसपालिको युरोमा थिएनन्। सन् १९३८ पछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा इटालीयन टिम मिलानको खेलाडीविहीन भएको हो।

हुन त यो दृश्य पविर्तन हुनेवाला छ। यसको एउटा कारण हुन्, फ्रान्सिस्को कामराडा। जो मिलानको इतिहासमै सबैभन्दा कान्छो उमेरमा डेब्यु गर्ने खेलाडी हुन्। यो कीर्तिमान पाओलो माल्दिनीको नाममा थियो। हाल १७ वर्षमुनिको इटालियन टिमका स्टार रहेका उनी सिनियर टिममा आउन धेरै समय लाग्ने छैन। अर्को कारण हो, कर विश्रामको अन्त्य। विदेशी खेलाडीलाई आकर्षित गर्न ल्याएको कर विश्राम अब सकिएको छ। यस्तोमा इटालियन क्लबहरू अब स्थानीय खेलाडीको पहिचानमा लागि परेका छन्। गतिला खेलाडी उत्पादन गर्न उनीहरूले लगानी पनि बढाउनु नै छ। उसो त यति गरेर मात्र पुग्नेवाला छैन। इटालियन फुटबलमा संरचनागत परिवर्तनको आवश्यकता छ। नत्र हाल देखिएका प्वाल टाँलिने छैनन्।