कार्तिक २५, २०८२ मंगलबार | १०:०५:३८
पोखरामा रोमन रेइफरको निरन्तरता ट्रेनिङ ग्राउण्डले जित्यो महिला बास्केटबलको उपाधि सुमन कुलुङले ट्रान्सलानटाउ रेसमा सहभागिता जनाउने बेन्जामिन सेस्कोले विश्वकप छनोटका दुई खेल गुमाउने एनपिएल यसपाली फ्लडलाइटमा टाइगर्सलाई हराउँदै काँक्रे बिहार सेमिफाइनलमा, राष्ट्रिय लिगमा छनोट हिक्मत महरा बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ फुटबल टोलीको बिदाइ अफगानिस्तनका पूर्व कप्तान गुल्बदिन नइब लुम्बिनीमा अनुबन्ध काठमान्डौंलाई केआइइसीको साथ पोखरामा रोमन रेइफरको निरन्तरता ट्रेनिङ ग्राउण्डले जित्यो महिला बास्केटबलको उपाधि सुमन कुलुङले ट्रान्सलानटाउ रेसमा सहभागिता जनाउने बेन्जामिन सेस्कोले विश्वकप छनोटका दुई खेल गुमाउने एनपिएल यसपाली फ्लडलाइटमा टाइगर्सलाई हराउँदै काँक्रे बिहार सेमिफाइनलमा, राष्ट्रिय लिगमा छनोट हिक्मत महरा बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ फुटबल टोलीको बिदाइ अफगानिस्तनका पूर्व कप्तान गुल्बदिन नइब लुम्बिनीमा अनुबन्ध काठमान्डौंलाई केआइइसीको साथ
शनिबारको दिन युरोपियन च्याम्पियनसिप

युरोमा चम्किन सक्ने पाँच खेलाडी

काठमाडौं । युरोपियन फुटबलको कुम्भमेला ‘युरोपियन च्याम्पियनसिप २०२४’ औपचारिक रूपमा सुरु भइसकेको छ । पहिलो खेलमा आयोजक जर्मनीले स्कटल्यान्डलाई  ५-१ ले पराजित गर्दै ३ अंक जोडेको छ ।  जर्मनीको जितमा जमाल मुसियला  नायक रहे । १ गोल गरेका उनी ‘प्लेयर अफ द म्याच’ चुनिए ।

जर्मनीका १० रंगशालामा अबको एक महिना यस्तै माहोल हुनेछ । फुटबलको नाटकीय माहोलमा खेलाडीको व्यक्तिगत कौशलता । यसपालि पनि सधैंजसो केही खेलाडीप्रति सबैको नजर रहनेछ । यी खेलाडीहरू यस्ता हुन्, जसले कुनै पनि बेला खेल नै उल्टाउन सक्छन् । 

यस्ता छन् युरो २०२४ का हेर्नलायक पाँच खेलाडी :

१. लामिन यमाल (स्पेन)

यसपालि विंगर लामिन यमालप्रति सबैको नजर हुनेछ । यमाल युरोपियन फुटबलको युवा स्टार खेलाडी बनिसकेका छन् । उनी अहिले भर्खर १६ वर्षका भए । उनले राष्ट्रिय टोलीबाट ७ क्याप जितिसकेका छन् ।

 जुन ९ मा नर्दन आयरल्यान्डविरुद्धको वार्मअप म्याचमा स्पेन ५-१ ले विजयी भएको थियो । त्यसमा यमालले एक गोल पनि गरेनन् । तर, उनी म्यान अफ द म्याच चुनिए । यसले पनि स्पष्ट पार्छ उनी कस्ता प्रतिभावान खेलाडी भनेर । उनले नर्दन आयरल्यान्डको रक्षापंक्तिलाई धराशायी पारेका थिए ।

‘ग्रुप अफ डेथ’मा रहेको स्पेन समूह विजेता बन्ने अनुमान गरिएको छ । तर, टोलीलाई क्रोएसिया र इटालीसँग खेल्न त्यति सजिलो हुने छैन । यमालको जादु चल्ने हो भने स्पेनले त्यति गाह्रो भने महसुस गर्ने छैन । उनलाई साथ दिनेछन् अर्का विंगर ड्यानी ओल्मोले । यी दुई खेलाडीले फरवार्ड आल्भारो मोराटालाई गोल अवसर प्रदान गर्न जरुरी छ ।

२. किलियन एमबाप्पे (फ्रान्स)

किलियन एमबाप्पे विश्व फुटबलका स्टार खेलाडी हुन् । उनले फुटबल इतिहासमा सफल खेलाडीका रूपमा आफ्नो नाम लेखाइसकेका छन् । उनकै प्रेरणादायी प्रदर्शनमा फ्रान्सले लगातार दोस्रो पटक विश्वकप फाइनल खेल्यो । यसबीच उसले नेसन्स लिगको उपाधि पनि जित्यो ।

 अब एमबाप्पेले राष्ट्रिय टोलीबाट जित्ने उपाधि एउटै मात्र बाँकी रह्यो युरो कप । जसका लागि उनी तयार छन् । यसपालि सबैको नजर उनको व्यक्तिगत प्रदर्शन र कप्तानीमा हुनेछ ।

आफू असाधारण खेलाडी रहेको कुरा एमबाप्पेले सानै उमेरमै प्रमाणित गरेका थिए । जतिबेला उनी घरेलु क्लब मोनाकोबाट व्यावसायिक फुटबल खेलिरहेका थिए । उनले त्यतिबेला आफ्नो गति, शारीरिक शक्ति र विपक्षी रक्षकलाई बिट गर्दै गोल गर्ने कला देखाएका थिए, जतिबेला उनी बल्ल १८ वर्षका थिए । आज उनी स्थापित नाम बनिसकेका छन् । महादेशीय प्रतियोगिता जित्न तयार छन् ।

३. बुकायो साका (इङ्ल्यान्ड)

विंगर बुकायो साका अहिले २२ वर्षका मात्र भए । तर, उनले फुटबल करिअरकै सबैभन्दा पीडादायी पलको महसुस गरिसकेका छन् । गत संस्करण उनले फाइनलमा पेनाल्टी मिस गर्दा इङ्ल्यान्डले ठूलो मूल्य चुकाएको थियो । इटालीविरुद्ध उनले अन्तिम तथा निर्णायक पेनाल्टी प्रहार गुमाएका थिए । 

किशोर उमेरका साकाले त्यतिबेला सुरुआती खेलमै आफ्नो जादु देखाएका थिए । चेक रिपब्लिकविरुद्ध आफ्नो पहिलो खेल खेलेका उनी ‘म्यान अफ द म्याच’ चुनिएका थिए । नकआउट चरणमा इङ्ल्यान्डले जर्मनी, युक्रेन र डेनमार्कको चुनौती समाप्त पार्दा उनको भूमिका महत्त्वपूर्ण रह्यो । तर, उनी फाइनलमा खलनायक भए ।

टाइब्रेकरमा इङ्ल्यान्डको इतिहास एकदमै नराम्रो छ । इङ्ल्यान्ड र पेनाल्टीका धेरै कथा बने । तर, साकाले गुमाएको अवसरले इङ्लिस समर्थकको मन अहिले पनि दुख्छ । अहिले साका विगतका दिनभन्दा झन् परिपक्व छन् । यो चार वर्षमा साकाले घरेलु क्लब आर्सनलबाट कयौं सफल पेनाल्टी प्रहार गरिसके । यसपालि उनी यही अनुभव लिएर जर्मनी आएका छन् ।

४. टोनी क्रुज (जर्मनी)

मिडफिल्डर टोनी क्रुज अहिले कअिरकै उच्च लयमा छन् । यस्तोमा उनले एक महिनाअघि मात्र फुटबल जीवनबाट संन्यास लिने आश्चर्यजनक निर्णय लिए । त्यसैले घरमै हुन लागेको यो प्रतियोगिता क्रुजका लागि करिअरको सुखद अन्त्य गर्ने अवसर हुनेछ । भर्खरै उनको क्लब रियाल मड्रिडले ऐतिहासिक १५औं च्याम्पियन्स लिगको उपाधि जित्यो । क्रुजले आफ्नो करिअरमा कीर्तिमानी ६ च्याम्पियन्स लिग जिते । २०१४ मा जर्मनीले विश्वकप जित्दाका सदस्य क्रुजले अब जित्न बाँकी युरोमात्र हो ।

घरेलु समर्थकबीच क्रुज युरोपियन कप जितेर आफ्नो करिअरलाई सुखद बनाउन चाहन्छन् । यसका लागि क्रुज तयार छन् ।

५. क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)

करिअरकै छैटौं युरो कप खेल्न गइरहेका क्रिस्टियानो रोनाल्डो अर्का हेर्नलायक खेलाडी हुन् । पोर्चुगललाई यसपालि इङ्ल्यान्ड र फ्रान्सपछि उपाधिको दाबेदारका रूपमा हेरिएको छ । कतार विश्वकप २०२२ मा पर्याप्त खेल समय नपाएका ३९ वर्षीय रोनाल्डो यसपालि देशलाई दोस्रो पटक युरोपियन च्याम्पियन बनाउने दाउमा छन् । यसअघि उनकै नेतृत्वमा पोर्चुगलले २०१६ मा पहिलो पटक उपाधि जितेको थियो ।

साउदी प्रो लिग क्लब अल नासरबाट व्यावसायिक फुटबल खेलिरहेका रोनाल्डोले यस सिजन ४४ खेलमा ४५ गोल गरे । करिअरकै अन्तिम केही वर्षमा रहेका रोनाल्डोबाट अझै गोलहरू निस्किरहेको छ । रोनाल्डोको यो लय पोर्चुगलको उपाधि यात्रामा महत्त्वपूर्ण रहनेछ । रोनाल्डो समर्थक पनि पोर्चुगल महादेशीय च्याम्पियन बनेको हेर्न आतुर छन् ।