चैत्र १९, २०८१ मंगलबार | ०६:३१:०२
जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती
शनिबारको दिन किरणकुमार लिम्बु

‘रोल मोडल’ का रूपमा किरण

काठमाडौं । ‘उनलाई माया गर । उनलाई घृणा गर । तर उनलाई वेवास्ता गर्न सकिन्न ।’ कोही कसैको ऐतिहासिक योगदानबारे चर्चा गर्दा यस्तो बारम्बार भन्ने गरिन्छ । यही कुरा किरण लिम्बुमा पनि लागू हुन्छ । 

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरणले भर्खरै एउटा कोशेढुंगा उपलब्धी चुमे । एसियाली विश्वकप छनोटको दोस्रो चरण टुंगिंदा उनले नेपालका लागि सयौं खेल खेले । यो आफैमा अद्धितीय हो, किनभने यसअघि यस्तो उपलब्धी कसैले आत्मसात् गरेकै थिएन ।

खासमा भन्दा किरण नेपाली फुटबलका लागि ‘रोल मोडल’ हुन् । एक यस्ता खेलाडी जसलाई अरू खेलाडीले पछ्याउनु पर्छ । अझ ठ्याक्कै भन्दा नेपाली फुटबलमा उनी जत्तिको व्यवसायिक खेलाडी विरलै पाइन्छ ।

अनि यो यस्तो कीर्तिमान हो, जसबारे अघिल्लो पुस्ताका नेपाली फुटबल खेलाडीले सपनामा पनि देखेका थिएनन् । त्यसै पनि अन्तर्राष्ट्रिय फुटबलमै समेत यति धेरै खेल खेल्नु ठूलै हो । यसका लागि केही नभए पनि दुई दशक जतिको समय राष्ट्रिय टिमका लागि खेल्नु पर्ने हुन्छ । यति लामो समय खेल जीवन पाउने खेलाडी नै सजिलै कहाँ पाइन्छ र रु यो पृष्ठभूमिमा किरणलाई माया गर्न सकिन्छ । घृणा पनि गर्न सकिन्छ । तर उनलाई वेवास्ता गर्न सकिन्न ।

माया के अर्थमा भन्दा उनी अब्बल दर्जाका खेलाडी हुन् । साँच्चै लामो समयदेखि लगातार खेलिरहेका छन् । यस्तोमा किरण भनेपछि एक खाले सदभाव त हुने भयो नै । घृणा के अर्थमा भन्दा किरणको सबथोक मन नपर्न पनि सक्छ । अहिलेसम्मको उनको खेल जीवनमा आलोचना गर्न योग्य धेरै पक्ष छन् । अलिकति अनुदार खाले खेलाडी हुन् । उनकै कारण अरू गोलरक्षकले मौका पाएनन् । तर यति भन्दा भन्दैमा उनलाई कहाँ कसरी र किन वेवास्ता गर्न सकिन्छ र ?

खासमा भन्दा किरण नेपाली फुटबलका लागि ‘रोल मोडल’ हुन् । एक यस्ता खेलाडी जसलाई अरू खेलाडीले पछ्याउनु पर्छ । अझ ठ्याक्कै भन्दा नेपाली फुटबलमा उनी जत्तिको व्यवसायिक खेलाडी विरलै पाइन्छ । उनले आफ्नो पूरा जीवन नेपाली फुटबलका लागि बिताएका छन्, अनि यस क्रममा आफूलाई स्थापित गरेका छन्, प्रमाणित पनि गरेका छन् । उनलाई नयाँ पुस्ताले किन आदर्श मान्न सकिन्छ भन्नेका केही खास कारण छन् ।

सबैभन्दा ठूलो, किरणले फुटबलबाहेक अरू देखेनन् । यसमै आफूलाई कायम राखे । फुटबल खेलेर आफ्नो जीवननै सकियो जस्तो खालका गुनासा गरेनन् । बरू फुटबल खेलेर पनि सम्मानित र सहज जीवन बिताउन सकिन्छ भनेर प्रमाणित गरे । उनले विदेश गएर नेपाली फुटबलबाटै पलायन हुन खोजेनन् । बरू जत्तिनै समस्या भए पनि डटिरहे । अनि यसक्रममा आफूलाई आर्थिक रूपमा पनि उत्तिकै सबल राखे । सबैलाई थाहा छ, उनले फुटबल खेलेर नै काठमाडौंमा घर जोडे ।

अनि फुटबल खेलेर नै विहे पनि गरे । गाडि पनि चलाउँछन् । फुटबल खेलेर नै धेरै कमाउनेमा उनी पनि पर्छन् । अनि यति धेरै गर्न अनुशासन पनि त चाहिन्छ । त्यो पनि मैदानभित्रको अनुशासन होइन्, मैदान बाहिरको पूरा जीवनकै अनुशासन । किरणमा यो व्यक्तिगत अनुशासन भने जत्ति पनि छ, त्यसैले त लगातार विदेशमा खेलिरहे, कहिले भारतमा त कहिले माल्दिभ्समा । अनि कहिले कहाँ त कहिले कहाँ । खाने र लगाउने कुरामा उनले कहिल्यै सम्झौता गरेनन् ।

अबेर राति कतै निस्केको, निस्केर आफूलाई सम्हाल्नै नसकेको जस्ता कुरा किरणबारे सुनिन्न । नापेर तौलेर खाए । नापेर तौलेर सुते । किरणलाई वेवास्ता गर्न नसकिने भनेकै यसमा हो । 

एक व्यवसायिक फुटबल खेलाडीमा हुनु पर्ने सबै गुण उनले आफूमा विकास गरे । सधैं ‘फिट एन्ड फाइन’ देखिए । अनि फुटबल खेलेर नै नेपालमा मज्जाले जीवन बिताउन सकिन्छ भनेर प्रमाणित गरे । यो नै उनको सबैभन्दा ठूलो योगदान हो, नेपाली फुटबलमा ।