फाल्गुन ४, २०८२ सोमबार | ०७:१३:१३
आरएस पोखराविरुद्ध रश्मी एक्लैको ११ गोल, एपिएफ सेमिफाइनलमा जावलाखेल आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा आरएस पोखराविरुद्ध रश्मी एक्लैको ११ गोल, एपिएफ सेमिफाइनलमा जावलाखेल आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा
शनिबारको दिन सुनिल क्षेत्री

‘सोनार सुनिल’

काठमाडौं । सबैलाई थाहा छ, भारतमा सबैभन्दा लोकप्रिय खेल क्रिकेट हो । फुटबल त कता हो कता पछाडि छ । तर, फुटबलकै एक खेलाडीले त्यस्तो ख्याति कमाएका छन्, जसमा क्रिकेट खेलाडीलाई पनि लोभलाग्दो हो ।

कुरा सुनिल क्षेत्रीको हो । आधुनिक समयमा भारतीय फुटबलले पाएको सबैभन्दा अब्बल खेलाडी हुन् उनी । तिनै सुनिलले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । एसियाली विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत कुवेतविरुद्धको खेल भारतबाट उनको अन्तिम रह्यो ।

कुवेतविरुद्धको त्यो खेल गोलरहित बराबरीमा टुंगिएको थियो । सुनिलले आफ्नो बिदाइ खेलमा गोलको अवसर त बनाए तर त्यसलाई निर्णायक बनाउन सकेनन् । अन्यथा उनी त खासमा गोल मेसिन हुन् । मौका पायो कि गोल गरिहाल्ने ।

खेल भएको थियो कोलकाताको प्रसिद्ध साल्टलेक स्टेडियममा । सुनिलको सम्मानमा त्यहाँ ठुल्ठूला ब्यानर राखिएको थियो । त्यसमध्ये एउटामा लेखिएको थियो, ‘सोनार सुनिल’ अर्थात ‘राम्रा सुनिल’ ।

उनको संन्याससँगै एउटा तथ्य के पनि निश्चित भएको छ भने भारतीय फुटबल उनीविना त्यस्तो रहने छैन, जस्तो थियो । त्यस अर्थमा उनको संन्यास एक युगको अन्त्य थियो । उनको त्यो अन्तिम खेल हेर्न ५९ हजार समर्थक रंगशालामा उपस्थित थिए ।

सुनिलको चर्चा किन आवश्यक छ भने एक त उनी नेपालीभाषी हुन् । उनकी आमा नेपाली हुन् । नेपाल, नेपाली भाषा र नेपाली फुटबल भनेपछि सधैं सकारात्मक हुनेमा पर्छन् उनी । नेपाल आखिरमा उनको मामाघर हो ।

त्यसैले उनले जुन ख्याति र प्रगति हात पारे, त्यसमा नेपाली फुटबल पनि खुसी हुन आवश्यक छ । जति–जति बेला उनले नेपाली मिडियासँग कुराकानी गर्न पाए, त्यति बेला सधैं हँसिलो र खुसीले पेस भए अनि नेपाल आफ्ना लागि सधैं विशेष रहने सुनाए ।

यही एक तथ्यले उनी कति धेरै अब्बल दर्जाका खेलाडी हुन्, त्यो प्रमाणित गर्छ । साल्टलेकको एउटा कुनामा राखिएको ब्यानरमा लेखिएको थियो, ‘रेफ्री, कृपया खेल सकेको ह्विसल नबजाउनु, नत्र सुनिलले खेल्न छाड्ने छन् ।’

बेङ्लोरमा भएको पछिल्लो साफ च्याम्पियनसिपका बेला उनको लोकप्रियता आफ्नै आँखाले देख्न पाएको थियो नेपाली मिडियाले । उनी मैदानमा के छिर्थे, पूरा रंगशालामा उनको नाम मात्र सुनिन्थ्यो । दर्शकहरू पागलजस्तै हुन्थे । उनलाई एकपल्ट छुन दर्शकहरू नियम मिच्दै मैदानमा छिर्थे र उनीहरूलाई सुरक्षाकर्मीले पक्राउ नै गर्नुपर्ने हुन्थ्यो । यस्ता दृश्य त बिरलै देखापर्छ, अन्तर्राष्ट्रिय फुटबलमै पनि । सायद क्रिस्टियानो रोनाल्डो वा लियोनल मेसी मैदानमा छिर्दा मात्रै यस्तो हुन्थ्यो ।

कुवेतविरुद्धको त्यो खेल गोलरहित बराबरीमा टुंगिएको थियो । सुनिलले आफ्नो बिदाइ खेलमा गोलको अवसर त बनाए तर त्यसलाई निर्णायक बनाउन सकेनन् । अन्यथा उनी त खासमा गोल मेसिन हुन् । मौका पायो कि गोल गरिहाल्ने ।

त्यसैले त दुई दशक लामो समय चलेको आफ्नो खेलाडी जीवनमा उनले ९४ गोल गरेका छन् । विश्व फुटबलमै सर्वाधिक गोल गर्ने खेलाडीको सूची बनाउने हो भने उनी चौथो स्थानमा छन् । उनी अगाडि छन् पोर्चुगलका रोनाल्डो, इरानका अली दाइ र अर्जेन्टिनाका लियोनल मेसीमात्रै ।

यही एक तथ्यले उनी कति धेरै अब्बल दर्जाका खेलाडी हुन्, त्यो प्रमाणित गर्छ । साल्टलेकको एउटा कुनामा राखिएको ब्यानरमा लेखिएको थियो, ‘रेफ्री, कृपया खेल सकेको ह्विसल नबजाउनु, नत्र सुनिलले खेल्न छाड्ने छन् ।’

यत्तिले उनी लोकप्रिय कति छन्, त्यो पनि थाहा हुन्छ । उनले भारतका लागि कुल १ सय ५१ खेल खेले । सुनिल अहिले ३९ वर्षका भए, त्यसैले संन्यास स्वभाविक थियो । उनले अन्त्यमा भनेका छन्, ‘सबैलाई धन्यवाद, मेरो मनदेखि नै ।’