फाल्गुन २७, २०८२ बुधबार | १०:०८:३६
द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती
शनिबारको दिन इङ्लिस प्रिमियर लिग

प्रिमियर लिगमा गजबको त्रिकोणात्मक होड

काठमाडौं । अझै टुंगो छैन यसपल्ट इङ्लिस प्रिमियर लिगको उपाधि जित्ने कसले हो । टुंगोमात्रै के ? अनुमानसमेत गर्न गाह्रो छ । असाध्यै राम्रो त्रिकोणात्मक होड चलिरहेको छ अहिले । यसमा सामेल छन् डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी, आर्सनल र लिभरपुल ।

त्यसो त केहीले दाबी गरिरहेका छन्, जे जस्तो भए पनि अन्त्यमा जित्ने भनेकै पेप ग्वार्डिओलाको सिटीले त हो । तर, अरूको चेतावनी छ, अझै सबै सम्भावना खुला छ ।

लिग तालिकामा एक नजर लगाउने हो भने यी शीर्ष तीन टिमबीच जम्माजम्मी २ अंकको फरक हो । सिटी ७३ अंकसहिल पहिलोमा छ भने त्यसपछि आर्सनल र लिभरपुलको खातामा समान ७१ अंक छ ।

पछिल्लो साताको स्थिति सिटीको पक्षमा केही अनुकूल बन्यो । सिटीले त्यस साता लुटन टाउनलाई ५-१ ले हरायो । तर, आर्सनल एस्टन भिल्लाको हातबाट २-० ले परजित भयो भने लिभरपुललाई क्रिस्टल प्यालेसले १-० ले हरायो । दुवै टिम आफ्नै मैदानमा हारेका हुन् ।

फेरि टोटनहमसँगै उनका सामु दुई लन्डन प्रतिद्वन्द्वी छन् । अर्को चेल्सी भयो । पक्कै पनि यी दुवै खेल सजिलो हुने छैन । युनाइटेडले मात्र आर्सनललाई कहाँ सजिलै छाड्ने छ त ?

प्रिमियर लिगको इतिहासमा कुनै पनि टिमले लगातार चारपल्ट उपाधि जितेको छैन । सिटीसामु यस्तै दुर्लभ इतिहास रच्ने अवसर छ । सायद केही हदसम्म भाग्य सिटीको साथमा देखिन्छ, किनभने सिटीको अन्तिम ६ खेल धेरै हदसम्म सजिलो देखिन्छ । अब सिटीले खेल्ने भनेको ब्राइटन, नटिङ्घम फरेस्ट, उल्भस, फुलहम, टोटनहम र वेस्ट ह्याम हुन् । यसमध्ये टोटनहम नै सबैभन्दा बलियो प्रतिद्वन्द्वी देखिन्छ । तर, यो टिमकै प्रदर्शन कहिले के हुने हो भन्न सकिन्न ।

आर्सनलले भने उल्भस, चेल्सी, टोटनहम, बर्नमाउथ, म्यानचेस्टर युनाइटेड र एभरटनको सामना गर्नेछ । यी ६ टिमको नाम हेर्दा सबैभन्दा गाह्रो भनेकै आर्सनललाई देखिन्छ । यस्तोमा २० वर्षयता पहिलो पटक लिग उपाधि जित्ने मिकेल आर्टेटाको आर्सनलको सपना लगभग पूरा हुँदैन कि जस्तो लाग्छ । 

फेरि टोटनहमसँगै उनका सामु दुई लन्डन प्रतिद्वन्द्वी छन् । अर्को चेल्सी भयो । पक्कै पनि यी दुवै खेल सजिलो हुने छैन । युनाइटेडले मात्र आर्सनललाई कहाँ सजिलै छाड्ने छ त ?

अब लिभरपुलको कुरा । टोलीले खेल्ने भनेको फुलहम, एभरटन, वेस्ट ह्याम, टोटनहम, एस्टन भिल्ला र उल्भसविरुद्ध हो । यसका प्रतिद्वन्द्वी अलिकति गाह्रो देखिन्छ, अलिकति सजिलो पनि देखिन्छ । तर, लिभरपुल आफैंले लय गुमाएको छ । विपक्षी टिमले कस्तो खेल्छ भन्दा पनि उसकै प्रदर्शनमा शंका हो । यी सबै तालिका हेर्दा सिटी, आर्सनल र लिभरपुल सबैले समान दुई प्रतिद्वन्द्वी पाएका छन् । ती टोटनहम र उल्भस हुन् ।

उल्भस ४३ अंकमा ११औं स्थानमा छ र टोलीसामु खासै ठूलो लक्ष्य छैन । उल्भसका लागि प्रिमियर लिगमा कायम रहनु नै आफैंमा उपलब्धि हुनेछ । तर टोटनहमसामु भने अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना कायम छ । अहिले तत्कालका लागि टोटनहम ६० अंकसहित पाँचौं स्थानमा छ । 

यो चौथोमा रहेको भिल्लासँग ३ अंकको दूरी हो । यस्तोमा हुन सक्छ, टोटनहम यसपल्टको लिगमा ‘किङ मेकर’ हो । लिग कसले जित्ने हो, त्यसको निर्धारण उसैले गर्नेछ । भलै, टोटनहमले जित्ने भने केही होइन ।