चैत्र १६, २०८२ सोमबार | १८:५३:०८
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य
शनिबारको दिन इङ्लिस प्रिमियर लिग

किशोर खेलाडीमा लिभरपुलको जादु

काठमाडौं । यस्ता दिन आउने रहेछ, पूराको पूरा टिम नै किशोर खेलाडीमै टिक्नुपर्ने । प्रसंग लिभरपुल क्लबको । योर्गन क्लोपको लिभरपुल अहिले ठूलै समस्याबाट गुज्रिइरहेको छ ।

यो हो, पहिलो रोजाइका भएभरका खेलाडी घाइते छन् । उनीहरू मैदान बाहिर छन् । विश्वास नहुन सक्छ, लिभरपुलका पहिलो रोजाइमा पर्ने कम्तीमा १२ अहिले चोटबाट गुज्रिइरहेका छन् । तिनीहरू कहिले मैदानमा फर्कने हुन् त्यो पनि टुंगो छैन । यस्तोमा अहिले लिभरपुललाई सुखै नभएको हो । किशोर खेलाडीमा भर पर्नुपर्ने अवस्था छ ।

तर, लिभरपुलले जितेको जित्यै छ । भर्खरै लिभरपुलले एफए कपको क्वाटरफाइनल प्रवेशका लागि साउथ ह्याम्पटनलाई ३–० ले हरायो । एनफिल्डमा भएको त्यस खेलमा गोल गर्ने दुई खेलाडी दुवै किशोर थिए । 

डेब्यूमै गोल गर्न सफल लेविस कोमस थिए । उनले एक गोल गरे अनि दुई गोल गर्ने खेलाडी थिए जेएडेन डान्स । उनी भर्खर १८ वर्षका भए । कथा यसअघिको लिग कप फाइनलको पनि रह्यो । त्यसमा लिभरपुल १–० ले विजयी भएको थियो ।

वेम्बलीमा भएको उक्त फाइनलमा गोल गर्ने खेलाडी भर्जिल भान डाइक थिए । उनी कप्तान पनि हुन् । तर, बाँकी अधिकांश खेलाडी तिनै किशोरहरू रहे । यसरी लिभरपुल सिजनको पहिलो उपाधि जित्न सफल रह्यो । 

लिभरपुलसामु यस सिजन थप तीन उपाधि जित्ने अवसर अझै बाँकी छ । त्यसमा एक त एफए कप नै भयो । त्यसपछि इङ्लिस प्रिमियर लिग भयो । अर्को भने युरोपा लिग । लिभरपुल प्रिमियर लिगको शीर्षस्थानमा छ ।

लिभरपुललाई यो होडमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी र आर्सनलले चुनौती दिइरहेका छन् । यी तीन टिमबीच जम्माजम्मी २ अंकको मात्र अन्तर छ । युरोपा लिगमा भने लिभरपुल अन्तिम १६ मा पुगेको छ । यहाँनिर प्रश्न हो, के यिनै किशोर खेलाडीको मद्दतमा लिभरपुलले थप उपाधि जित्न सक्ने छ त ? यसको उत्तर कोहीसँग पनि छैन । किनभने धेरै अर्थमा यो गाह्रै काम हो । स्वयं क्लोपले पनि ठूलो दाबी गरेका छैनन् ।

तर, तिनै क्लोप किशोर खेलाडीहरूको भने खुलेर प्रशंसा गर्छन् । ‘ती किशोर खेलाडीहरू विशेष छन् र अहिले जुन परिस्थिति बनेको छ, त्यो आफैंमा विशेष छ । अझ मेरा लागि त अचम्मकै स्थिति बनेको छ । भर्खर किशोर उमेरका खेलाडीको टिम बनाएर मैले यसअघि बिरलै खेलाएको छु । त्यसैले मेरा लागि यो उत्तिकै रोमाञ्चक र कौतूहलले भरिएको अवस्था हो । इमान्दारितापूर्वक म आफैं निकै उत्साहित पनि रहेको छु ।’

लिग कप र एफए कपपछि अहिले तत्कालका लागि लिभरपुलले प्रिमियर लिगमा शनिबार नटिङ्घम फरेस्टको सामना गर्दै छ । फरेस्टका लागि अहिले राम्रो दिन चलिरहेको छैन । टिम रेलिगेसन डरबाट गुज्रिइरहेको छ । अब लिभरपुलका किशोर खेलाडीको परीक्षा यही फरेस्टविरुद्ध हुनेछ । विश्वास छ, जित्ने लिभरपुल नै हो । आर्सनलको अबको प्रतिद्वन्द्वी भने सेफिल्ड युनाइटेड हो । सिटीलाई भने केही गाह्रो छ । टोली म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्दै छ । साँच्चै रमाइलो हुनेछ, यी किशोर खेलाडीको लिभरपुलले सिटी र आर्सनललाई पछाडि पार्छ भने ।