पुस १५, २०८२ बुधबार | ११:२८:३१
एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित ‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको टचलाइन श्रेष्ठले सम्हाल्ने क्यानोइङका पदक विजेतालाई खेलकुदमन्त्रीको बधाई एनभिए च्याम्पियनसिपः ढोरपाटनलाई हराउँदै खिल्जी क्वार्टरफाइनलमा प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित ‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको टचलाइन श्रेष्ठले सम्हाल्ने क्यानोइङका पदक विजेतालाई खेलकुदमन्त्रीको बधाई एनभिए च्याम्पियनसिपः ढोरपाटनलाई हराउँदै खिल्जी क्वार्टरफाइनलमा प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो
शनिबारको दिन सवास्टिन हेलर

क्यान्सरपीडित हेलरको जादुमय प्रदर्शन

काठमाडौं । यो कथा हो, क्यान्सरपीडितबाट अफ्रिकन कप अफ नेसन्स च्याम्पियन खेलाडी अनि उनले तय गरेको यात्राको । यसै साताको सुरुमा विश्व फुटबलका दुई ठूला प्रतियोगिता सकिए । एउटा थियो एसियन कप । यसलाई कतारले जित्यो आफ्नै भूमिमा ।

आइभरी कोस्टले पनि आफ्नै भूमिमा अफ्रिकन कप अफ नेसन्सको उपाधि जित्यो । यी दुई प्रतियोगिताले यसपल्ट व्यापक चर्चा पनि पायो । यसबीच सबैभन्दा चर्चित पात्र रहे सवास्टिन हेलर ।

उनको कथा साँच्चै कोही कसैका लागि प्रेरणा हुनसक्छ । त्यतिमात्र होइन, कोही कसैले आफ्नो जीवनमा कति धेरै नाटकीय पुनरागमन गर्न सक्छ । यो पनि उदाहरण नै हुनसक्छ । अफ्रिकी फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको फाइनलमा आइभरी कोस्टले नाइजेरियालाई हराएको थियो । स्कोर थियो २-१ । त्यो निर्णायक गोल गर्ने खेलाडी थिए, सवास्टिन हेलर । उनी व्यावसायिक फुटबल जर्मनीमा खेल्ने गर्छन् । टिम हो बोरुसिया डर्टमन्ड ।

धेरै होइन, १८ महिनाअगाडिसम्म मात्रै उनी क्यान्सरका बिरामी थिए । उनलाई टेस्टिकुलर क्यान्सरले छोएको थियो । डच क्लब आयाक्सबाट डर्टमन्ड आएयता नै उनलाई यो रोगले च्यापेको पत्ता लागेको थियो ।

त्यसमाथि टेस्टिकुलर क्यान्सरलाई कडा नै मानिन्छ । यो अण्डकोषमा हुने जटिल खाले रोग नै हो । यही रोगका कारण हेलर लगभग एक वर्षसम्म फुटबलबाट टाढा रहे । त्यतिबेला उनी फेरि मैदानमै फर्कन सक्ने हो वा होइनन्, कसैले यस्तै हो भनेर भन्न सकिरहेका थिएनन् ।

क्यान्सरमुक्त हुने प्रयासका क्रममा हेलर दुई शल्यक्रियाबाट गुज्रिएका थिए । लगत्तै उनलाई चारपल्ट किमोग्राफी पनि दिइयो । यसपछि उनी नाटकीय रूपमा यो रोगबाट मुक्त भए । अझ त्यसको ६ सातापछि त उनी मैदानमै फर्किए । फेरि एकपल्ट सुरुदेखि प्रशिक्षणमा संलग्न भए । तिनै हेलर अहिले अफ्रिकी च्याम्पियन भएका छन् । त्यस अर्थमा पनि उनको यो यात्रा आफैंमा अद्वितीय छ । उनको आत्मविश्वासलाई सलाम गर्नुपर्ने हुन्छ ।

ठ्याक्कै, तिथिमितिको कुरा गर्ने हो भने सन् २०२३ को जनवरीमा उनले फेरि प्रशिक्षण सुरु गरेका थिए । त्यसको एक महिनापछि उनले डर्टमन्डका लागि डेब्यु गरे । अझ उनले फ्रेइबर्गविरुद्धको त्यस पहिलो खेलमा गोल पनि गरे । कुरा यत्तिकैमा मात्र सकिन्न, उनको यो डेब्यु खेल र गोल क्यान्सर दिवसकै दिन परेको थियो । यसलाई सुखद संयोग नमाने के मान्ने त ? हेलरको यो प्रदर्शनको चर्चा अहिले पनि कसैका लागि प्रेरणा होस् भनेर दोहो¥याएर गरिन्छ ।

यसपल्टको अफ्रिकन कप अफ नेसन्समा उनको व्यक्तिगत प्रदर्शन पनि आफैमा फरक खालको रह्यो । चोट बोकिरहेकै स्थितिमा यी २९ वर्षीय खेलाडीलाई ठूलै जोखिम लिएर आइभरी कोस्टको टिममा राखिएको थियो । उनले लिग चरणमा एकै खेल पनि खेलेनन् । यो यही चरण थियो, जहा“बाट झन्डै झन्डै आयोजक देश बाहिरिने स्थितिमा पुगेको थियो । हेलरले यो प्रतियोगितामा खेलेको भनेकै सेमिफाइनलबाट हो । त्यसमा उनको खेलले टिमको प्रदर्शनमा निर्णायक प्रभाव पारेको थियो ।

फाइनलमा निर्धारित समय सकिन १० मिनेटमात्रै बाँकी थियो । त्यही स्थितिमा उनले निर्णायक गोल गरे ।

हेलरको जन्म फ्रान्सको पेरिसमा भएको थियो । उनले उमेर समूहको खेल फ्रान्सकै लागि पनि खेले । पछि उनले आइभरी कोस्टका लागि खेल्ने निर्णय गरे । उनकी आमा आइभरी कोस्टकी हुन् । आइभरी कोस्टले अब अफ्रिकन कप अफ नेसन्स जितेपछि हेलर त्यहाँको फुटबल इतिहासको एकपात्र भएका छन् । अझ उनको क्यान्सरमुक्त भएर फेरि मैदानमा फर्कने कथा आफैमा दमदार छ ।