फाल्गुन २, २०८२ शनिबार | १४:२२:०५
प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा
शनिबारको दिन अफ्रिका कप अफ नेसन्स

अद्वितीय उपलब्धिको पर्खाइमा आइभरी कोस्ट

काठमाडौं । आइभरी कोस्टसामु विश्व फुटबलको ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताकै इतिहासमा अद्वितीय उपलब्धि हासिल गर्ने अवसर छ । यो टाढा छ त ९० मिनेटको खेल ।

आइभरी कोस्ट अफ्रिका कप अफ नेसन्स २०२३ को दोस्रो सेमिफाइनलमा डीआर कंगोलाई हराएयता यो उपलब्धि नजिक पुगेको हो । त्यो १-० को जित थियो । त्यसमा सवास्टिन हलरले निर्णायक गोल गरेका थिए । अब फाइनल आइतबार हुनेछ । त्यसमा आइभरी कोस्टको प्रतिद्वन्द्वी रहेको छ नाइजेरिया ।

पाँच वर्षअगाडि इजिप्टमा भएको प्रतियोगितामा पनि ठ्याक्कै यस्तै भएको थियो । अल्जेरियाले सेनेगललाई पहिलो चरणमा १-० ले हराएको थियो । पछि फाइनलमा अल्जेरियाले फेरि सेनेगेललाई नै हराएर उपाधि जितेको थियो ।

यसपल्ट पनि लिग चरणको एउटै समूहमा परेका टिमबीच फाइनल हुँदैछ । आइभरी कोस्ट सुरुतिरै नाइजेरियासँग १-० ले पराजित भएको थियो । त्यसपछि अझ खराब नतिजा आयो, इक्वेटोरियल गिनीसँग ४-० को हार । यो आइभरी कोस्टले बेहोरेको अहिलेसम्मकै खराब हार हो ।

 डीआर कंगोलाई हराएर फाइनल पुगेपछि खुसियाली मनाउँदै आइभरी कोस्टका खेलाडी 

सन् १९८४ यता आयोजक देशले लिग चरणका दुई खेल गुमाएको बिर्सनलायक कीर्तिमान पनि बन्यो त्यो । त्यसपछि के चाहियो र ? प्रशिक्षक जियान-लुइस गासेट बर्खास्तगीमा परे ।

टोली नकआउट चरण पुग्ने हो वा होइन, त्यसका लागि अरू टिमको नतिजा पर्खिरहनुपर्यो । अन्त्यमा त्यही भयो, जसलाई भाग्य भनिन्छ । उत्कृष्ट तेस्रो टिमको सूचीबाट आइभरी कोस्ट अन्तिम १६ मा पुग्यो । मोजाम्बिकले घानालाई बराबरीमा रोकेपछि यो चमत्कार जस्तै भएको थियो ।

त्यसपछि टिमको जिम्मा इमरी फायले पाए । उनी आइभरी कोस्टका पूर्वखेलाडी हुन् । उनले अहिलेसम्म यसअघि कहिल्यै पनि कुनै टिम हेरेका थिएनन् । तर, उनकै नेतृत्वमा आइभरी कोस्टले चामत्कारिक प्रदर्शन गर्न सुरु गर्यो ।

आइभरी कोस्टले सबैभन्दा पहिले साविक विजेता सेनेगललाई पेनाल्टी शुटआउटमा हरायो । त्यसपछि क्वाटरफाइनलमा मालीलाई पराजित गर्न सफल रह्यो । अब स्थिति यस्तो बन्यो, एक समय आइभरी कोस्ट आयोजकको रूपमा ३० वर्षयता पहिलो पटक समूह चरणमै रोकिने घरेलु टिम बन्ने डर थियो ।

अहिले यही टिम सन् २००६ यता घरमै उपाधि जित्ने पहिलो टिम हुनेक्रममा छ । नाइजेरियाको फाइनल यात्रा धेरै अर्थमा आइभरी कोस्टको भन्दा आनन्दमय रह्यो । समूह उपविजेता बनेपछि टोलीले अन्तिम १६ मा पूर्वविजेता क्यामरुनलाई २-० ले हराएको थियो ।

नाइजेरिया र एंगाेला भिड्दै

त्यसपछि नाइजेरियाले क्वार्टरफाइनलमा हराएको टिम थियो एङ्गोला । स्कोर थियो १-० । सायद नाइजेरियालाई सबैभन्दा गाह्रो भएको सेमिफाइनलमा हो दक्षिण अफ्रिकाविरुद्ध ।

त्यसमा निर्धारित र अतिरिक्त समयको खेल १-१ को बराबरीमा रहेको थियो । त्यसपछि टाइब्रेकरमा नाइजेरिया विजयी रह्यो । त्यसअगाडि आज शनिबार एउटा अर्को खेल पनि छ तेस्रो स्थानका लागि ।

त्यो भनेको सेमिफाइनलमा हारेका दुई टिमबीचको खेल हो दक्षिण अफ्रिकाविरुद्ध डीआर कंगो । तय छ, यो खेलका नतिजामा धेरै कमैको मात्र रुचि हुनेछ । तर जतिबेला फाइनल हुनेछ, सबैको ध्यान यसमै हुनेछ । प्रश्न हो, आइभरी कोस्ट के साँच्चै अद्वितीय नतिजा निकाल्न सफल हुन्छ त ?