भाद्र २३, २०८१ आइतबार | ०६:३१:५१
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास
शनिबारको दिन ह्यरी केन

बेकहमपथमा केन

काठमाडौं । मैदानभित्र र बाहिर, ह्यारी केनको जीवन सन्तुलित छ । केनले यो सिजन बार्यन म्युनिख र इङ्ल्यान्डबाट ३२ गोल गरिसकेका छन् । आउँदै गरेको युरोपियन च्याम्पियनसिपमा इङ्ल्यान्ड केनकै कप्तानीमा मैदान उत्रिँदैछ । र इङ्ल्यान्ड प्रतियोगिताको प्रबल दावेदार हो ।

३० वर्षीय केन परिवारसँगै जर्मनीको ठूलो राज्य बभारीयामा बस्दै आएका छन् । निक्कै स्थीर खालको प्रगतिपथमा रहेका केनको जीवनमा व्यावसायिक फुटबल र परिवारमात्र छैनन् । एउटा आदर्श सुपरस्टारको रुपमा स्थापित हुने अभियान पनि छ । त्यसका लागि उनी मानव भएर जन्मिनु र एउटा ठूलो स्टार हुनुको सामाजिक दायित्व पूरा गर्ने प्रयासमा छन् ।

त्यसैले उनले फुटबल खेलेर वा व्यावसायिक प्रतिष्ठानहरुसँगको अनुबन्धनबाट कमाएका सम्पत्ति विभिन्न परियोजनामा लगानी गर्न सुरु गरिसकेका छन् । माडागास्कर र मोजाम्बिकमा भइरहेको वनविनासलाई रोक्न पुनरुत्थान परियोजनाहरुमा सहयोग गरिरहेका केनले बेलायतका बालबालिकाको मानसिक स्वास्थ्य सुधार अभियानमा पनि हात हालेका छन् । ‘मलाई व्यावसायिक करिअरपछि आफ्ना दिन फर्केर हेर्दा मानिसलाई सहयोग गरेको कुराहरु स्मरण गर्न मन छ,’ केन भन्छन् ।

‘१९ वर्षको उमेरसम्म पनि मैले एकदिन गएर म व्यावसायिक फुटबलर बन्छु भनेर सोचेको थिइन,’ केनले भने, ‘मलाई भित्री मन देखि सक्छु जस्तो चाँही लाग्थ्यो । तर, लेस्टर र नर्वीचमा जहिल्यै बेन्चमा बस्नुपर्थ्यो । तर, त्यतिबेला पनि मैले टोटनहमका लागि खेल्ने सपना बुनिरहेको हुन्थेँ ।’

केनको व्यावसायिक करिअर सन्तुलित छ । यसै सिजन मात्र केनले आफ्नो प्रिय क्लब टोटनहम हटस्पर्शलाई छाडेर भिन्न लिगको चुनौती सामना गर्ने निर्णय लिएका थिए । अहिले त्यो कुरा फलदायी बनेको छ । ‘शारीरिक र मानसिक दुवै हिसावमा म बार्यनमा खुसी छु, ’ केनले भने, ‘मलाई मेरो खेल अझै सशक्त भएको महसुुुस हुन्छ, र मैले यो कुरा गोलको माध्यमबाट देखाएको छु ।’

बार्यनमा केनले वास्तवमै राम्रो खेलिरहेका छन् । मिहिनेती र प्रतिभावान केनको प्रदर्शनलाई बार्यनले अझ बढी निखारेको छ । प्रोपर स्ट्राइकर केनले आठ एसिस्ट गरेका छन् । २००९ मा टोटनहममा आबद्ध केन यसबीच चार पटक लोनमा विभिन्न क्लबमा पुगे । लेटन ओरियन्ट, मिलवाल, नर्विच सिटी र लेस्टर सिटीबाट खेलेका केनलाई टोटनहमले स्थायी रुपमा भने कहिल्यै बेचेन । यी वर्षहरुमा केन घरमा एक्लै बस्थे ।

‘१९ वर्षको उमेरसम्म पनि मैले एकदिन गएर म व्यावसायिक फुटबलर बन्छु भनेर सोचेको थिइन,’ केनले भने, ‘मलाई भित्री मन देखि सक्छु जस्तो चाँही लाग्थ्यो । तर, लेस्टर र नर्वीचमा जहिल्यै बेन्चमा बस्नुपर्थ्यो । तर, त्यतिबेला पनि मैले टोटनहमका लागि खेल्ने सपना बुनिरहेको हुन्थेँ ।’

‘ती समयहरु एकदमै कठिन थिए । तर, ती कठिन दिनमा मेरा वरिपरी साथ दिने साथीहरु थिए । परिवार, दाजुभाइ र मेरी श्रीमती (त्यतिबेलाकी प्रेमिका) को साथ थियो । त्यसैले पनि कहिल्यै एक्लो महसुस भएन । सबै खेलाडीले सुरुआती दिनमा आफ्नो क्षमतामा शंका गर्छन् । फुटबल भनेको विस्तारै सिक्दै जाने कुरा हो,’ केनले भने ।

लगभग ६१५ व्यावसायिक खेल पछि पनि केनको खेल अझै सुधारोन्मुख छ । बार्यनमा केनले गरेको गोलले यही भन्छ । केनले बार्यनबाट तीन पेनाल्टी प्रहार गरेका छन् । पहिलो बार, दोस्रो बार र बीचमा प्रहार गरिएका तीनवटै पेनाल्टी गोलमा परिणत भएका छन् । विगतमा भन्दा बार्यनमा केनले फरक खेल प्रस्तुत गरिरहेका छन् ।

आफ्नो फेरिएको खेलका बारेमा केन यसो भन्छन्, ‘विगतका दिनभन्दा मेरो खेल शैलीमा पक्कै पनि परिवर्तन आएको छ । तपाइँहरुले मलाई गोलकर्ताका रुपमा मात्र हेर्दै आउनु भएको छ । तर, म जहिल्यै आफ्नो भूमिका गोलकर्ता मात्र नभएको महसुस गर्छु ।’  

बार्यनमा विंगरहरु लेरोय साने, किङ्स्ले कोम्यान र जमाल मुसियालासँग केनको तालमेल मिलिरहेको छ । यी खेलाडीहरु छिटो र छरितो भएकाले पनि केनलाई थप सजिलो भएको हो । ‘मेरो र उनीहरुको खेल्ने शैलीमा फरक छैन । उनीहरुलाई थाहा छ, यदी उनीहरुले बल तल खेलाइरहेको छ भने म पासका लागि बसिरहेको हुन्छु । मेरो खेल्ने तरिका बुझ्न उनीहरुलाई एक महिना लाग्यो । पहिला म नहुँदा रोबर्ट लेवान्डोवस्की धेरै अगाडि गएर खेल्थे । अहिले म तल पनि झर्ने गरेको छु । विंगरहरुलाई बल दिने गरेको छु, ’ केनले भने ।

दुई वर्षअघि विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा केनले ‘ह्यारी केन फाउन्डेसन’को स्थापना गरे । मानसिक स्वास्थ्यको समस्याबाट गुज्रिइरहेका बालबालिकालाई सहयोग पुर्याउने उद्धेश्यले केनले यो फाउन्डेसन सञ्चालनमा ल्याएका हुन् । केन अहिले बालबालिकासँग भेट्दा उनीहरुसँग बोल्छन्, कुरा गर्न र भावना व्यक्त गर्न प्रोत्साहित गर्छन् ।

बार्यनले केनलाई न्यानो स्वागत गरेको थियो । अहिले भित्रैदेखि स्वीकार गर्न थालेको छ । केनले पनि छोटो समयमै आफ्ना सहकर्मीसँग तालमेल मिलाइसकेका छन् । केन यसका लागि क्लबका सबैभन्दा पुराना खेलाडी थोमस मुलरलाई धन्यवाद दिन चाहन्छन् । ‘थोमसले सुरुमा मलाई टोलीमा स्वीकार गरेका हुन् । थोमस राम्रो व्यक्ति हुन् । थोमसले गर्दा पनि मलाई सजिलो भयो । मैदान भित्र र बाहिर उनले मलाई सहयोग गरिरहेका छन् । थोमसमा फुटबल ज्ञान प्रशस्त छ ।’

एक महिनाअघि मात्रै पोर्चुगलको फारोमा क्लबको प्रशिक्षण हुँदा केनले मुलरसँगै गल्फ खेलेका थिए । गल्फ खेलेको देख्दा बायर्नको प्रशिक्षण हेर्न आउने दर्शकहरु केनलाई उत्सुकताका साथ हेरिरहेका थिए ।

केनले तीन वर्षअघि मात्र २०२१ मा स्थापना भएको इङ्लिस ब्रान्ड रेफ्लोका सामानहरु किनेका थिए । रेफ्लोले प्रयोगमा नआएका पूराना सामानहरुलाई दिगो उत्पादनमा परिणत गर्छ । केनले रेफ्लोबाटै उत्पादित पहिरन लगाउँदै दुई वर्षअघि अमेरिकाको न्यू जर्सीमा सम्पन्न आइकन सिरीज गल्फ प्रतियोगितामा सहभागिता जनाएका थिए । त्यतिबेला नै केनले माडागास्कर र मोजाम्बिकमा १० लाख रुख रोप्ने रेफ्लोको प्रतिबद्धताका बारेमा पढे अनि प्रमुख लगानीकर्ता बनिहाले । अहिले केनले बार्यनबाट गरेको हरेक गोलमा रेफ्लोले पाँच सय रुख रोप्ने प्रतिज्ञा गरेको छ । जुन संख्यामा अहिले १६ सय भइसकेको छ ।

‘मेरो लागि यी नौला कुराहरु हुन्,’ केनले भने, ‘म यसको विशेषज्ञ होइन । तर, चार सन्तानको बुवा भएकाले म यिनीहरुको भविष्यका बारेमा साचिरहेको छु । वातावरणका लागि मैले गर्न सक्ने कुरा मैले गरिरहेको हुँ ।’

दुई वर्षअघि विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा केनले ‘ह्यारी केन फाउन्डेसन’को स्थापना गरे । मानसिक स्वास्थ्यको समस्याबाट गुज्रिइरहेका बालबालिकालाई सहयोग पुर्याउने उद्धेश्यले केनले यो फाउन्डेसन सञ्चालनमा ल्याएका हुन् । केन अहिले बालबालिकासँग भेट्दा उनीहरुसँग बोल्छन्, कुरा गर्न र भावना व्यक्त गर्न प्रोत्साहित गर्छन् ।

‘व्यावसायिक करिअरको पहिलो काम भनेको मैदानमा आफ्नो सय प्रतिशत दिने, सबैभन्दा राम्रो फुटबलर बन्न कोशिस गर्ने हो,’ केनले भने, ‘कयौं वर्ष खेलेपछि तपाइँले आफूबाट बालबालिकाहरुलाई कस्तो प्रभाव परिरहेको छ भन्ने महसुुस गर्नुहुन्छ । हाम्रो जिम्मेवारी बन्छ, भावी पुस्तालाई मद्धत गर्ने । तिनीहरुमा भएको प्रतिभालाई बाहिर ल्याउने । उनीहरु हामीलाई हेरिरहेका हुन्छन् । जसरी मैले आफू बालक हुँदा डेभिड बेकहमलाई हेर्थेँ ।’

बेकहमजस्तै केनले पनि आजको दिनमा इङ्ल्यान्डमा छुट्टै पहिचान बनाउन सफल भएका छन् । फुटबल करिअरसँगै पारिवारिक जिम्मेवारी पनि राम्ररी निर्वाह गरिरहेका छन् । केनले वाल्यकालमा बेकहमलाई भेट्ने अवसर पाएका थिए । ‘एउटा फुटबल मनपराउने बच्चाका लागि उसको आइडल भेट्न पाउनुले जीवनमा ठूलो भूमिका खेल्दो रहेछ । मेरो सन्दर्भमा पनि त्यहि नै भएको हो,’ केनले विगत सम्झे ।

विभिन्न कुरालाई सन्तुलित ढंगले लगिरहेका केनको ध्यान हालका लागि भने शनिबारको खेलमा केन्द्रित छ । बार्यनले शनिबार शीर्ष स्थानको बायर लेभरकुसनसँग प्रतिस्पर्धा गर्दैछ । जाभी अलोन्सोको नेतृत्वमा रहेको लेभरकुसन लिगमा अपराजित छ र बायर्नभन्दा दुई अंकले अगाडि छ । ‘लेभरकुसनलाई हराउन गाह्रो छ । तर, हामीले पनि बलियो खेल प्रस्तुत गर्दै आएका छौं,’ केन भन्छन् । 

(एजेन्सीहरुको सहयोगमा)