जेष्ठ १, २०८२ बुधबार | २१:०४:१६
लालीगुराँस र क्यान्भासको जित गोलकिपर नायक बन्दा गोदावरी उपाधि नजिक बराबरीमार रोकिए भगवती र मध्यपुर दीप सुवेदी र बीपी अनमोलको आलेखलाई ‘स्पेशल मेन्सन’ ‘ओलम्पिकमा नेपाल’ नामक पुस्तक प्रकाशित क्यानको केन्द्रीय सम्झौतामा नरहने सन्दीपको घोषणा ब्वाइज युनियनको रोमाञ्चक जित, टर्यो रेलिगेसन खतरा क्यानमा अध्यक्ष चन्दको एकलौटी, अवैधानिक कृयाकलापविरुद्ध अदालत जान्छुः गुरुङ स्कटल्यान्ड जाने क्रिकेट टोलीको बिदाइ गोदावरी र दक्षिणकाली प्रतिस्पर्धा गर्दै लालीगुराँस र क्यान्भासको जित गोलकिपर नायक बन्दा गोदावरी उपाधि नजिक बराबरीमार रोकिए भगवती र मध्यपुर दीप सुवेदी र बीपी अनमोलको आलेखलाई ‘स्पेशल मेन्सन’ ‘ओलम्पिकमा नेपाल’ नामक पुस्तक प्रकाशित क्यानको केन्द्रीय सम्झौतामा नरहने सन्दीपको घोषणा ब्वाइज युनियनको रोमाञ्चक जित, टर्यो रेलिगेसन खतरा क्यानमा अध्यक्ष चन्दको एकलौटी, अवैधानिक कृयाकलापविरुद्ध अदालत जान्छुः गुरुङ स्कटल्यान्ड जाने क्रिकेट टोलीको बिदाइ गोदावरी र दक्षिणकाली प्रतिस्पर्धा गर्दै
शनिबारको दिन सुपर लिग

युईएफएले मात्र राज गर्न पाउँदैन, अब सुपर लिग के हुन्छ ?

काठमाडाै‌‌ । युरोपको एक उच्च न्यायालयले त्यहाँको फुटबलसम्बन्धी हालै एउटा ऐतिहासिक निर्णय सुनाएको छ । यसले भन्छ, फुटबल युरोपेली फुटबल महासंघ (युईएफए) को मात्र सम्पत्ति होइन । युईएफएले मात्र यसमा एकछत्र राज गर्न पाउँदैन अनि फुटबल गर्न उसैलाई सोध्नुपर्छ भन्ने पनि हुन्न ।

यो सबै कुरा कहाँबाट निस्केको हो भन्दा प्रस्तावित युरोपेली सुपर लिगका आयोजकले त्यहाँको अदालतमा मुद्दा हालेको थियो, यो प्रतियोगिता गर्न पाउनुपर्छ भनेर ।

अदालतको तर्क के थियो भने फुटबल जति सबै युईएफएलाई मात्र सोधेर गर्ने हो भने यसको स्वतन्त्रताको जुन मान्यता छ, त्यसको विरोध हुनेछ ।

यो प्रतियोगिता गर्न छेकबार लगाउने काम भने युईएफएले गर्न खोजेको थियो । भनिरहनुपर्दैन युईएफएलाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को समर्थन थियो नै । फिफा पनि चाहन्छ, यो सुपर लिग गर्नु ठीक हुँदैन ।

यसले युरोपमा जस्तो क्लब फुटबलको संस्कृति छ, त्यसको अस्तित्व मर्छ । तर, अदालतको तर्क के थियो भने फुटबल जति सबै युईएफएलाई मात्र सोधेर गर्ने हो भने यसको स्वतन्त्रताको जुन मान्यता छ, त्यसको विरोध हुनेछ ।

अदालतको यो निर्णय आएपछि अब सुपर लिग गर्ने बाटो खुलेको छ । अझ सिधाभन्दा युईएफए अदालतमा हारेको छ । तर, कुरा यत्तिकैमा सकिन्न ।

अदालतको निर्णय के आएको थियो, उक्त सुपर लिगमा खेल्ने भनिएका ठूला क्लबमध्ये केहीले विरोध गरिसकेका छन् । उनीहरूले हामी खेल्दैनौं भनिसकेका छन् ।

त्यसमा म्यानचेस्टर युनाइटेडदेखि बायर्न म्युनिख र बोरुसिया डर्टमन्डसम्म अनि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले यस्तो नखेल्ने बताएका हुन् ।

अदातलको पछिल्लो यो निर्णयपछि युरोपेली फुटबलमा फेरि एकपल्ट बहस सुरु भएको छ, सनसनी मच्चिएको छ अनि विवाद पनि सुरु भएको छ । 

जतिबेला सुरुमै यसको घोषणा भएको थियो, लगभग सबै क्लबले घोषणालगत्तै आफ्नो नाम फिर्ता लिएका थिए । यी थिए युरोपका तथाकथित ठूला क्लब ।

यस पछाडि युईएफए र फिफाको दबाबले पनि काम गरेको थियो । यी दुई संस्थाले यो सुपर लिगमा खेले प्रतिबन्ध लगाउनेसम्मका कुरा गरेका थिए ।

त्यसपछि त के चाहियो र भन्न सुरु भयो, युरोपेली सुपर लिग जन्मेको पनि थिएन मरिहाल्यो । तर, अदातलको पछिल्लो यो निर्णयपछि युरोपेली फुटबलमा फेरि एकपल्ट बहस सुरु भएको छ, सनसनी मच्चिएको छ अनि विवाद पनि सुरु भएको छ । अझै भन्न रोकिएको छैन, यो प्रतियोगिता कहिले हुने छैन, यो हुन दिने पनि छैन ।

यस पछाडिको एकमात्र कारण भनेको यो प्रतियोगिता खेल्न क्लबहरूकै आनाकानी हो । अझ विशेष रूपमा इङ्लिस प्रिमियर लिगका कोही पनि क्लब यो प्रतियोगिता खेल्न इच्छुक देखिएका छैनन् ।

अहिले तत्कालका लागि दुई क्लब मात्र यो प्रतियोगिताको समर्थनमा देखिएका छन् । संयोगले दुवै क्लब स्पेनका हुन् । त्यो पनि शत्रु क्लब । ती हुन् रियल म्यड्रिड र बार्सिलोना । यी दुई क्लबको लोभ भनेको एउटै हो, युरोपेली सुपर लिग खेलेर अझ बढी कमाउने ।

स्पेनी घरेलु फुटबलमा त्यति धेरै पैसा छैन जति इङ्ल्यान्डमा छ । इंग्ल्यान्डमा जति पनि माथिल्लो डिभिजनका क्लब छन्, तिनको आर्थिक हैसियतमा धेरै ठूलो फरक छैन । तर, स्पेनमा कुरा अलग छ, त्यहाँ धनी र सक्ने भनेका यिनै दुई क्लब हुन् ।

त्यसैले इङ्लिस मिडियाले यो प्रतियोगिता इङ्ल्यान्डले क्लबले खेल्नु हुन्न भनेर उस्काइरहेका छन् । मिडियाले अझ के पनि भनेको छ भने रियल र बार्सिलोना यो प्रतियोगितामा नाम लिएर इङ्लिस फुटबलमा रहेको संरचना धराशायी बनाउन चाहन्छ ।

स्पेनमा टेलिभिजनबाट हुने प्रत्यक्ष प्रशारणको जति पैसा उठ्छ, त्यसमध्ये लगभग सबै रियल र बार्सिलोनाले खान्छ । तर, इङ्ल्यान्डमा भने प्रिमियर लिगमा जति क्लब छन्, सबैले समान पैसा आउने गर्छन्, यही टेलिभिजन प्रशारणबाट उठ्ने पैसा ।

अदालतको निर्णय जस्तोसुकै आए पनि अहिले तत्कालका लागि यो सुपर लिग हुने कुनै छाँटकाँट छैन । यो सुपर लिग कम्तीमा अहिलेका लागि तुहिएकै छ ।

यहाँनिर युईएफए पनि उत्तिकै सजग देखिएको छ । युईएफएले पनि अबको युरोपेली च्याम्पियन्स लिगलाई अझ ठूलो र क्लबले अझ धेरै पैसा पाउने खालको बनाएको छ ।

अबको सिजनदेखि पारम्परिक रूपमा चार टिमसम्मिलित समूह चरणका खेल हुने छैनन् । यसपल्टसम्म ३२ टिमको सहभागिता रहेको प्रतियोगितामा अर्को वर्षदेखि ३६ टिम हुनेछन् ।

प्रत्येक टिमले कम्तीमा ६ खेल खेल्ने छैनन्, बरू ८ खेल खेल्नेछन् । युरोपेली सुपर लिगको खास उद्देश्य नै यही च्याम्पियन्स लिगलाई विस्थापित गर्ने हो । तर, अहिले तत्कालका लागि यो सम्भव पनि देखिन्न ।

त्यसैले अदालतको निर्णय जस्तोसुकै आए पनि अहिले तत्कालका लागि यो सुपर लिग हुने कुनै छाँटकाँट छैन । यो सुपर लिग कम्तीमा अहिलेका लागि तुहिएकै छ । तर भविष्यमा के हुन्छ, त्यो भन्न सकिन्न । अदालतबाट जे निर्णय आयो, त्यसले भविष्यका लागि अनेक बाटो भने खुला गरिदिएको छ ।