फाल्गुन १७, २०८२ आइतबार | ०९:१२:३२
यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल
शनिबारको दिन लियाेनल मेसी

मेसीको जादुमा अमेरिका भयो ‘फुटबलमय’

काठमाडौं । धेरै धेरै अगाडि होइन, सन् १९९४ को विश्वकप फुटबलको कुरा । त्यो वर्ष अमेरिकाले विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप आयोजना गरेको थियो ।

अमेरिकामा विश्वकप भनेपछि केहीले यसलाई लिएर आलोचना पनि गरेका थिए । कारण थियो, अमेरिकामा फुटबल खासै लोकप्रिय छैन । अमेरिकीहरू यसलाई फुटबल पनि भन्दैनन् । बरू ‘सकर’ भन्न रुचाउँछन् । त्यस विश्वकपअगाडि अमेरिकाका मुख्य सहरहरूमा एउटा सर्वेक्षण पनि गरिएको थियो ।

 विश्व प्रसिद्ध अमेरिकी पत्रिका टाइमले लियोनल मेसीलाई वर्षको उत्कृष्ट खेलाडी छनोट गरेको छ । टाइमले आफ्नो पहिलो अंकमा इन्टर मियामीका यी अर्जेन्टिनी खेलाडीलाई ‘एथलेट अफ द इयर’ घोषणा गरेको छ । 

त्यसमा सहभागी हुनेलाई सोधिएको थियो, ‘फुटबलको विश्वकपबारे कति थाहा छ ?’ अधिकांशको जवाफ दुई प्रकारको थियो । पहिलो थियो, ‘मलाई फुटबलमा रुचि छैन ।’

दोस्रो किसिमको जवाफ थियो, ‘के साँच्चै फुटबलको विश्वकप अमेरिकामा हुँदै छ र भन्या ?’ यसले देखाउँछ, अमेरिकामा फुटबलको स्थिति कस्तो छ भनेर । तर यी त इतिहासका कुरा भए ।

अमेरिकामा अब फुटबलको स्थिति त्यति साह्रो नराम्रो रहेन । बरू यो खेल अमेरिकामा सर्वाधिक लोकप्रियमध्ये एक भएको छ ।

सन् २०२६ को विश्वकप त फेरि अमेरिका फर्कंदै छ । त्यस विश्वकपमा अमेरिका मात्रै आयोजक रहेको छैन, क्यानडा र मेक्सिकोमा पनि विश्वकपका खेलहरू हुनेछन् ।

यो सबै प्रसंग किनभन्दा विश्व प्रसिद्ध अमेरिकी पत्रिका टाइमले लियोनल मेसीलाई वर्षको उत्कृष्ट खेलाडी छनोट गरेको छ । टाइमले आफ्नो पहिलो अंकमा इन्टर मियामीका यी अर्जेन्टिनी खेलाडीलाई ‘एथलेट अफ द इयर’ घोषणा गरेको छ । उनीबारे एउटा लेख पनि तयार पारेको छ ।

रंगशालामै गएर फुटबल हेर्नेको संख्या पनि धेरै पुगेको छ । त्यतिले नपुगेर टिकटको मूल्य बढेको छ तर यही महँगा टिकट पनि किन्न गाह्रो छ । भनेपछि अहिले अमेरिकामा फुटबलको माहोल चलिरहेको छ ।

मेसी किन ‘एथलेट अफ द इयर’ ? टाइमले यसका लागि कारणहरू खुलाएको छ । त्यसअनुसार मेसी आएपछि अमेरिकामा फुटबलको लोकप्रियता ह्वात्तै बढेको छ । आम जनतामा फुटबलप्रति जिज्ञासा अत्यधिक छ । त्यतिमात्र होइन, रंगशालामै गएर फुटबल हेर्नेको संख्या पनि धेरै पुगेको छ । त्यतिले नपुगेर टिकटको मूल्य बढेको छ तर यही महँगा टिकट पनि किन्न गाह्रो छ । भनेपछि अहिले अमेरिकामा फुटबलको माहोल चलिरहेको छ ।

यो सबैको सबैभन्दा ठूलो श्रेय कसैलाई जान्छ भने मेसीलाई नै जान्छ । टाइम पत्रिकाको निचोड हो यो । इन्टर मियामीसँग अनुबन्ध गर्दै यसै सिजनका लागि मेसी अमेरिका गएका हुन् ।

विश्व फुटबलका सर्वकालीन महान खेलाडीमध्ये एक रहेका मेसीले गत वर्षमात्रै अर्जेन्टिनाका लागि विश्वकप जितेको थियो । कतारमा भएको विश्वकपमा उनको प्रदर्शन उच्च रह्यो । त्यसैले उनी सन् २०२२ को बालोन डी’अर जित्न पनि सफल रहे ।

पेरिस सेन्ट जर्मेन (पीएसजी) सँगको अनुबन्ध सकिएयता उनीसामु फेरि बार्सिलोना फर्कने मौका थियो । अथवा उनी साउदी अरेबिया जान पनि सक्थे, त्यहाँको प्रो–लिग खेल्न । उनी साउदी अरेबिया मात्र गएको भए जति पारिश्रमिक पनि पाउँथे । 

विश्वकपअगाडि अमेरिकालाई फुटबलमय बनाउने । यसका लागि मेसी जत्तिको उपयुक्त पात्र अर्को को नै हुन सक्छ र ? 

तर, उनी गएनन् । बरू अमेरिकालाई आफ्नो गन्तव्य बनाए । उनी के आए मियामीले लिग कप उपाधि पनि जित्यो । अमेरिका पुगेलगत्तै त्यहाँ आफ्नो खेलको मदतमा मेसीले तहल्का नै मच्चाए ।

भनेपछि जे जति भयो, सबै योजनाअनुसार नै भएको थियो । यो योजना हो अबको विश्वकपअगाडि अमेरिकालाई फुटबलमय बनाउने । यसका लागि मेसी जत्तिको उपयुक्त पात्र अर्को को नै हुन सक्छ र ? 

टाइम पत्रिकाकै अनुसार पनि अमेरिकामा फुटबल यति धेरै लोकप्रिय हुन्छ भनेर कसैले यसअघि सोचेका पनि थिएनन् । यो त अकल्पनीय जस्तै थियो । तर मेसी आएपछि यस्तै भयो । अब त अमेरिका भयो, ‘सकर कन्ट्री’ ।