जेष्ठ १९, २०८२ आइतबार | २०:२२:३३
हिमेशको ‘स्वर्णकथा नेपाली फुटबलको’ सार्वजनिक हरियाणाले गर्याे घनश्याम राेक्का मगरलाई रिटेन क्रिकेटमा नयाँ नियम लागू गर्दै आइसिसी एरिका गुरुङले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै पञ्जाव र मुम्बई जोकोभिचको सहज जित मियामीको जितमा मेसीको दुई गोल विनानतिजा टुंगियो नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल सानदार जित निकाल्दै पिएसजी च्याम्पियन रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब हिमेशको ‘स्वर्णकथा नेपाली फुटबलको’ सार्वजनिक हरियाणाले गर्याे घनश्याम राेक्का मगरलाई रिटेन क्रिकेटमा नयाँ नियम लागू गर्दै आइसिसी एरिका गुरुङले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै पञ्जाव र मुम्बई जोकोभिचको सहज जित मियामीको जितमा मेसीको दुई गोल विनानतिजा टुंगियो नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल सानदार जित निकाल्दै पिएसजी च्याम्पियन रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब
शनिबारको दिन बायर लेभरकुजन

जर्मन बुन्डेसलिगामा ‘लेभरकुजन क्रान्ति’

काठमाडौं । जर्मन बुन्डेसलिगामा आइतबार बायर लेभरकुजनले बोरुसिया डर्टमन्डको आतिथ्यता गर्दै छ । सायद अघिपछि यो खेलले त्यति धेरै चर्चा पाउने थिएन । यसपालि सबैको ध्यान त्यसमै छ । नहोस् पनि किन ?  लेभरकुजन अंकतालिकाको शीर्षस्थानमा छ ।

धेरैले यो टिमबाट त्यति धेरै अपेक्षा गरेका पनि थिएनन् । लिगमा १२ चरणका खेल सकिएका छन् । लेभरकुजनको ३४ अंक छ । टोली अहिलेसम्म अपराजित छ । लेभरकुजनको पछाडि बायर्न म्युनिख ३२ अंकसहित छ ।

बायर्नलाई लगातार फेरि एकपल्ट लिग जित्नबाट कसैले रोक्न सक्छ भने त्यो लेभरकुजन मात्र हुनेछ । अहिले यी दुई टिमबीचको भिन्नता भन्नु नै लेभरकुजनले ११ खेल जितेको छ भने बायर्नले १० मात्रै । 

बायर्नले पनि अहिलेसम्म एकै खेल गुमाएको छैन । बायर्नको पनि पछाडि भीएफबी स्टुटगार्ट २७ र डर्टमन्ड २४ अंकमा छन् । भनेपछि स्पष्ट भएको छ, यसपल्टको उपाधि होड जर्मनीमा दुईपक्षीय हुनेछ ।

बायर्नलाई लगातार फेरि एकपल्ट लिग जित्नबाट कसैले रोक्न सक्छ भने त्यो लेभरकुजन मात्र हुनेछ । अहिले यी दुई टिमबीचको भिन्नता भन्नु नै लेभरकुजनले ११ खेल जितेको छ भने बायर्नले १० मात्रै । बायर्नले दुई बराबरी खेलेकाले यस्तो भएको हो ।

डर्टमन्डविरुद्धको खेललाई लेभरकुजनको वास्तविक परीक्षा मानिएको छ । यस्तो किनभन्दा डर्टमन्ड आफैंमा बलियो टिम हो र अधिकांस समय यसले उपाधिका लागि चुनौती पेस गर्ने गर्छ ।

डर्टमन्डको चुनौती पनि मज्जाले पार गर्न सक्छ भने लेभरकुजनलाई अझ धेरै सजिलो हुनेछ । त्यसैले यो खेलको सबै प्रतीक्षामा छन् । टोलीको अहिलेसम्मको यात्रामा आश्चर्य मान्ने धेरै छन् । यसलाई जर्मन फुटबलमा ‘लेभरकुजन क्रान्ति’ भन्न सुरु भएको छ ।

पछाडिको सारा श्रेय जाभी अलोन्सोलाई जान्छ । उनी हुन् लेभकुजनका प्रशिक्षक । फुटबल मन पराउनेका लागि उनी पटक्कै नयाँ नाम होइन । खेलाडी छँदा उनी अब्बल दर्जाका थिए ।

यो यस्तो क्रान्ति हो, जसको सफलता सिजनको अन्त्यमै मात्र थाहा हुनेछ । यस पछाडिको सारा श्रेय जाभी अलोन्सोलाई जान्छ । उनी हुन् लेभकुजनका प्रशिक्षक । फुटबल मन पराउनेका लागि उनी पटक्कै नयाँ नाम होइन । खेलाडी छँदा उनी अब्बल दर्जाका थिए ।

उनले आफ्नो खेल जीवन रियल सोसिडाडबाट सुरु गरे, त्यसपछि लिभरपुल पुगेर तहल्का मच्चाए । यत्ति पनि नपुगेर उनले रियल मड्रिडका लागि उत्तिकै राम्रो गरेको इतिहास छ ।

उनको खेल जीवनको अन्त्य संयोगले बायर्नमै भएको थियो । यी स्पेनी खेलाडीले त आफ्नो देशका लागि सबथोक नै जिते । दुईपल्ट युरोपेली च्याम्पियनसिप सन् २००८ र २०१२ मा । अनि एकपल्ट विश्वकप । त्यो भयो सन् २०१० को संस्करण ।

खेल जीवनपछि उनले प्रशिक्षक हुन चाहे र सबैभन्दा पहिले सोसिडाडको बी टिम सम्हाले । त्यो टिमले राम्रो गरेपछि अन्य ठूला क्लबको नजर उनमा परिसकेको थियो । तर, सबैलाई आश्चर्य पार्दै उनले सन् २०२२ को अक्टोबरमा लेभरकुजन रोजे ।

नी ३–४–२–१ को शैलीमा टिमलाई खेलाउन रूचाउँछन् र यो अत्यधिक मात्रामा आक्रमक हुने गर्छ । उनको यो शैलीमा टिमको मध्यपंक्ति सबैभन्दा बढी व्यस्त हुन्छ । यसले अगाडि खेल्नेलाई सजिलो बनाइदिन्छ ।

आश्चर्य के अर्थमा भन्दा त्यतिबेला लेभरकुजन लिगको अंकतालिकामा पुछारबाट दोस्रो स्थानमा थियो । ८ चरणको खेल सकिएको थियो । टिमको एउटै लक्ष्य रेलिगेसनबाट बच्ने मात्रै थियो । उनको डेब्यु खेलमै लेभरकुजनले साल्के०४ लाई ४–० ले हराएको थियो ।

त्यसपछि के भयो, सबै हाम्रो आफ्नै अगाडि छ । उनी ३–४–२–१ को शैलीमा टिमलाई खेलाउन रूचाउँछन् र यो अत्यधिक मात्रामा आक्रमक हुने गर्छ । उनको यो शैलीमा टिमको मध्यपंक्ति सबैभन्दा बढी व्यस्त हुन्छ । यसले अगाडि खेल्नेलाई सजिलो बनाइदिन्छ ।

 शनिबारका अन्य स्टोरीःफुटबल कमेन्ट्रीमा ‘डन डिरेक्टर’को पुनरागमनएनएसएलमा जम्दै विश्वकपदेखि युरोपियन लिग खेलेका खेलाडी (कुन टिममा कस्ता विदेशी खेलाडी नामावलीसहित)अबिच्युरीः रहेनन् फुटबलका ‘ट्रयु जेन्टलम्यान’ भीम थापायस्तो छ अक्सनअघिको आइपिएल टोली