चैत्र १७, २०८२ मंगलबार | १०:३४:२६
दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना
शनिबारको दिन बबी चार्ल्टन

‘युनाइटेड लेजेन्ड’ चार्ल्टन

काठमाडौं । आजभोलि पनि म्यानचेस्टर युनाइटेडका लागि खराव दिन नै चलिरहेको छ । युनाइटेड त्यस्तो टिम पनि रहेन, जस्तो यो कुनै समय थियो । त्यो भनेको कुनै समय इंङ्लिस फुटबलमा यसको हैकम चल्थ्यो । यही नै बेला युनाइटेडले एउटा निकै नराम्रो समाचार सुन्नु परेको छ र त्यो हो, बबी चार्ल्टनको निधन ।

त्यसैले युनाइटेडका समर्थक मात्र होइन, क्लब आफै अहिले स्तब्ध छ । नहोस पनि किन र भने, युनाइटेडलाई अहिलेको सफल स्थितिमा पु‍र्याउनेमध्ये उनी पनि एक थिए । सुरुमा खेलाडीका रूपमा ।

सन् १९५६ देखि १९७३ बीच चाल्र्टनले लगातार युनाइटेडका लागि खेले र यसबीच क्लबका लागि सबथोक जिते भन्दा हुन्छ । उनी सन् १९५८ को त्यस विमान दुर्घटनाबाट पनि बचेका थिए, जसमा युनाइटेडले आठ खेलाडी गुमाएको थियो । 

पछि कुनै न कुनै भूमिकामा । त्यसैले पनि उनलाई ‘युनाइटेड’ का लेजेन्ड भनिन्छ । भावनामा बगिरहेको युनाइटेडले चार्ल्टनको निधनबाट छाएको शोकलाई शक्तिमा बदलौं भनिरहेको छ ।

सन् १९५६ देखि १९७३ बीच चाल्र्टनले लगातार युनाइटेडका लागि खेले र यसबीच क्लबका लागि सबथोक जिते भन्दा हुन्छ । उनी सन् १९५८ को त्यस विमान दुर्घटनाबाट पनि बचेका थिए, जसमा युनाइटेडले आठ खेलाडी गुमाएको थियो । अनि तीन अन्य पदाधिकारी, अनि सँगै दुई पत्रकार पनि ।

युनाइटेडको टिम चढेको विमान युगोस्लाभियाका बेलग्रेडमा युरोपेली कप खेलेर फर्किरहेको थियो । त्यो म्युनिख विमान दुर्घटनामा परेर पनि बाँच्नेमध्ये एक थिए, चार्ल्टन। खालि घाइते मात्रै भए । खेल्न छाडेपछि उनी लगातार युनाइटेडका समर्थक रहे, क्लबको ‘बोर्ड’ सदस्य पनि भए ।  पछिल्लो समय युनाइटेडको खराव प्रदर्शनमा चिन्ता व्यक्त गरिरहन्थे ।

सायद चार्ल्टनलाई युनाइटेडकै लागि सम्झिनु ठीक हुन्न होला, उनीप्रति अन्याय पनि हुनेछ । तर उनी थिए, युनाइटेडकै लेजेन्ड । त्यस बाहिर उनलाई सबैभन्दा बढी सम्झिनु पर्ने कारण भनेकै सन् १९६६ को विश्वकप विजेता इंङ्लिस टिमको सदस्य रहनु हो ।

सायद चार्ल्टनलाई युनाइटेडकै लागि सम्झिनु ठीक हुन्न होला, उनीप्रति अन्याय पनि हुनेछ । तर उनी थिए, युनाइटेडकै लेजेन्ड । त्यस बाहिर उनलाई सबैभन्दा बढी सम्झिनु पर्ने कारण भनेकै सन् १९६६ को विश्वकप विजेता इंङ्लिस टिमको सदस्य रहनु हो । यो इंङ्लिस फुटबलका लागि अन्तर्राष्ट्रिय मञ्चमा अहिलेसम्मकै एक मात्र ठूलो सफलता हो ।

त्यस विश्वकप जितको यात्रमा उनको कति धेरै भूमिका रह्यो भने त्यही वर्ष उनले जितेका थिए, बालेन डि ओर’ । मैदानमा उनी आक्रामक स्वभावका खेलाडी थिए र अधिकांश समय एट्याकिङ मिडफिल्डर, सेन्ट्रल मिडफिल्डर र लेफ्ट विंगरको भूमिकामा रहे । सायद उनले इंङल्यान्डका लागि भन्दा पनि युनाइटेडका लागि बढी राम्रो खेले ।

सबै भन्दा ठूलो अर्काे तथ्य के भने उनी आफैमा एक निकै भलाद्मी फुटबलकर्मी थिए । त्यसैले पनि उनलाई धेरैले मन पराए, युनाइटेडका विरोधीका लागि पनि उनी उत्तिकै सम्मानित थिए ।

युनाइटेडमा आक्रामक ढंगले खेल्ने ढाँचा चार्ल्टनले नै भित्र्याएको मानिन्छ । अनि उनी मिठा सटिक पास पनि उत्तिकै निकाल्थे । यी सबै भन्दा ठूलो अर्काे तथ्य के भने उनी आफैमा एक निकै भलाद्मी फुटबलकर्मी थिए । त्यसैले पनि उनलाई धेरैले मन पराए, युनाइटेडका विरोधीका लागि पनि उनी उत्तिकै सम्मानित थिए ।

यहाँनिर उल्लेख योग्य अर्काे तथ्य के भने उनका एक उत्तिकै प्रसिद्ध फुटबल खेलाडी भाइ पनि थियो । उनको नाम थियो, ज्याक चार्ल्टन । उनी पनि त्यस विश्वकप विजेता टिमका सदस्य थिए । लिड्सका लागि डिफेन्डरको भूमिकामा खेल्थे । यी भाईको तीन वर्ष अगाडि निधन भइसकेको छ । जिउँन्जेल दुवैबीच मनमुटाव नै चलिरह्यो । अब फेरि उनीहरूको भेट भयो होला, कहीं कतै ।

 शनिबारका अन्य स्टाेरीः 

सम्झनामा ‘स्पिनका सरदार’

बार्सिलोनाको भर, युवा खेलाडी

‘युनाइटेड लेजेन्ड’ चार्ल्टन

युवा टोलीको अर्काे लक्ष्य एसिया कप र विश्वकप

अबको ध्यान ट्वान्टी २० विश्वकप