एडेन हाजार्ड

बिर्सनै नसकिने हाजार्ड

काठमाडौँ । एडेन हाजार्डले ३२ वर्षको उमेरमा फुटबलबाट संन्यास लिएका छन् । खेलाडीका रुपमा अब फेरि मैदान नफर्कने घोषणा गरिरहँदा उनले भने, ‘फुटबल खेलाडी बन्नु मेरो सपना थियो । त्यो पूरा गरेको छु ।’

हाजार्ड प्राविधिक कौशलले भरिएका खेलाडी थिए । उनको करियर पनि उपाधिले भरियो । यद्यपि उनलाई चोटले भने बारम्बार दुःख दिइरह्यो । उनले करियरको उत्तराद्र्धमा खासै खेल्न पाएनन् । जुन २०१९ मा चेल्सीबाट रियाल मड्रिड पुगेका हाजार्ड त्यहाँ सोचे अनुसारको प्रदर्शन गर्नबाट चुके । यसको मुख्य कारण चोट नै थियो ।

हाजार्ड बेल्जियमको ला लौभिएरमा जन्मिए । उनले फुटबलमा परिचय बनाएको भने फ्रान्सबाट हो । लिल सबैलाई छक्का पारेर फ्रान्सेली लिग च्याम्पियन बन्दा उनी मुख्य खेलाडी थिए ।

हाजार्ड रियालमा चार वर्ष रहे । तर त्यसबीचमा उनले जम्मा ७६ खेल मात्र खेले । ७६ मध्ये ६ खेलमा मात्र उनले ९० मिनेट मैदानमा बिताएका हुन् । डिसेम्बर, २०२१ पछि त उनले कुनै खेल ९० मिनेट खेलेनन् । यो यस्तो बिन्दू थियो, जहाँ हाजार्डले ठाने, अब धेरै खेल्न सक्दिनँ ।

‘खेलाडीले आफूभित्रको विचारलाई पनि सुन्नु पर्छ । कतिबेला रोकिने हो, जान्नुपर्छ,’ हाजार्डले समर्थकसँग बिदाइ माग्दै लेखेका छन् । ‘लगातार १६ वर्ष, सात सयभन्दा बढी खेल खेलेपछि मैले खेलाडीका रुपमा संन्यास लिने निर्णय लिएको छु । मैले आफ्नो सपना पूरा गरेको छु । विश्वका धेरै ठाउँमा खेल्न पाएँ, खेल्दा सधैँ आनन्द मानेर खेलेँ । यो क्षणमा सबैलाई धन्यवाद दिन चाहन्छु, म सबैलाई याद गरिरहनेछु,’ हाजार्डले भनेका छन् ।

हाजार्डले चेल्सी छानेका थिए । त्यो यस्तो चेल्सी थियो, जसले भर्खरै च्याम्पियन्स लिग जितेको थियो । त्यो पनि बायर्न म्युनिखलाई हराएर ।

हाजार्ड बेल्जियमको ला लौभिएरमा जन्मिए । उनले फुटबलमा परिचय बनाएको भने फ्रान्सबाट हो । लिल सबैलाई छक्का पारेर फ्रान्सेली लिग च्याम्पियन बन्दा उनी मुख्य खेलाडी थिए । सन् २०११ मा लिल विजेता बनेको थियो । त्यस सिजन हाजार्डले जसरी खेले, त्यसले युरोपका ठूला क्लबलाई प्रभावित नपार्ने कुरै थिएन । २१ वर्षीय विंगर हाजार्डलाई म्यानचेस्टर सहरका दुई क्लब, आर्सनलले मात्र होइन रियाल र बार्सिलोनाले पनि आँखा लगाएका थिए।

अन्ततः हाजार्डले चेल्सी छानेका थिए । त्यो यस्तो चेल्सी थियो, जसले भर्खरै च्याम्पियन्स लिग जितेको थियो । त्यो पनि बायर्न म्युनिखलाई हराएर । ‘चेल्सीसँग अरु क्लबको भन्दा राम्रो योजना छ । यो टिमका अधिकांश खेलाडी युवा छन् । फेरि यहाँ मैले खेल्न पाउने सम्भावना धेरै छ । राम्रो खेले पहिलो एघारमा ठाउँ बनाउन सक्छु । च्याम्पियन्स लिग विजेता भएकाले पनि चेल्सीप्रति म झनै आकर्षित भएको हो,’ त्यसबेला हाजार्डले भनेका थिए ।

हाजार्डको चेल्सी डेब्यु स्मरणीय रह्यो । पहिलो पटक इंङ्लिस प्रिमियर लिग खेल्दा दुई असिस्ट । तेस्रो खेलमा त उनले गोल नै गरे । उसो त उनले उतारचडाव नभोगेका होइन् । मध्ये सिजनमा उनले रातो कार्डका कारण दुई खेल गुमाए पनि । कारण थियो, स्वान्सी सिटीका बल ब्वाइलाई लात्तीले हान्नु । जनवरी, २०१३ मा लिग कपको खेल दौरान बल दिन ढिलो गरेको भन्दै हाजार्डले ती किशोरमाथि रिस पोखेका थिए ।

वलिष्ठ शरीर, बलमाथिको नियन्त्रण र विपक्षीको बक्समा निर्णायक, हाजार्डसँग भएका यी महत्त्वपूर्ण गुण थिए । 

चेल्सी करियरको सुरुवातमा यसरी विवादमा फसेका हाजार्ड त्यसपछिका दिनमा भने संयमित देखिए । उनी चेल्सीमा ६ वर्ष रहे । यो समय हाजार्ड करियरकै उत्कर्षमा थिए । तीव्र गतिमा खेल्ने हाजार्ड प्राविधिक रुपमा निपूर्ण थिए ।

वलिष्ठ शरीर, बलमाथिको नियन्त्रण र विपक्षीको बक्समा निर्णायक, हाजार्डसँग भएका यी महत्त्वपूर्ण गुण थिए । यी बलिया पक्षको बलमा हाजार्डले चेल्सीलाई दुई–दुई लिग, युरोपा, एक–एक एफए कप र लिग कप जित्न मद्दत गरे । सन् २०१५ मा उनी प्रिमियर लिगकै उत्कृष्ट खेलाडी पनि घोषित भए ।

के हाजार्ड चेल्सी इतिहासकै उत्कृष्ट खेलाडीमध्येका एक हुन् ? यस्तो प्रश्न उठिरहेको थियो । समर्थक बहसमा थिए । त्यही बेला हाजार्डले एउटा निर्णय लिए, जसले समर्थकलाई निराश बनायो । त्यो थियो, स्थान्तरण । उनी रियल जाने भए ।

 क्रिस्टियानो रोनाल्डो इटाली लागेपछि स्पेनी क्लबले हाजार्डलाई रोजेको थियो । खासमा यो स्थान्तरणले चेल्सीलाई संक्रमणकालमा धकेलिदियो । उसो त रोनाल्डोको बहिर्गमनले रियाल आफैँ संक्रमणकालमा थियो ।

हाजार्डलाई अनुबन्ध गर्ने लोभमा रियाल पहिलेबाटै थियो । दोस्रो प्रयासमा भने सफल भयो । जुन, २०१९ मा हाजार्ड अन्ततः रियालको खेलाडी बने । क्रिस्टियानो रोनाल्डो इटाली लागेपछि स्पेनी क्लबले हाजार्डलाई रोजेको थियो । खासमा यो स्थान्तरणले चेल्सीलाई संक्रमणकालमा धकेलिदियो । उसो त रोनाल्डोको बहिर्गमनले रियाल आफैँ संक्रमणकालमा थियो । एउटा क्लबलाई संक्रमणकालमा पुर्याइदिएका हाजार्ड अर्को क्लबको संक्रमणकाल पार लगाउन सारथि बन्ने भए ।

रियालका लागि हाजार्ड सही छनोट थिए । रियलले जसरी खेल्थ्यो, त्यसमा हाजार्ड फिट हुन्थे । हुन त हाजार्ड फिट नहुने ठूला क्लब सायदै थिए । तर सोचे जस्तो किन हुन्थ्यो र ? आखिर फुटबल न हो । स्पेनी राजधानीको यो ठूलो क्लबमा हाजार्डले आफ्नो जादु देखाउनै पाएनन् । फरक फरक समयमा गरी १८ पटक घाइते भए । यद्यपि त्यो बीचमा रियलले जितेका ६ उपाधिमा हाजार्डले आफ्नो भूमिका निर्वाह गरेकै हुन् । फलतः हाजार्डले आफूले जितेका उपाधि सूचीमा दुई ला लिगा र एक च्याम्पियन्स लिग पदक थप्न भ्याए ।

हाजार्ड सन् २००५ मा लिल पुगेका थिए । त्यसबेला उनी १४ वर्षका थिए । उनले विद्यालय शिक्षा त्यही पूरा गरे । फुटबलको जग पनि उनले त्यही बनाएका हुन् । यस्तोमा उनलाई लिलको उत्पादन भन्न पाइहाल्यो । अब प्रश्न उठ्छ, उनलाई कसरी सम्झिने ?

हाजार्डले आफ्नो क्षमताको पूर्ण उपयोग गरे गरेनन् ? जति सफल हुनुपर्ने थियो त्यति सफल भए भएनन् ? बहस भएकै हो, भविष्यमा हुनेछ । तर नजरअन्दाज गर्न नसकिने तथ्य यही हो, उनी आफ्नो पुस्ताको उत्कृष्ट खेलाडीमध्येका एक हुन् ।

सायद चेल्सीमा पुर्याएको योगदानको आधारमा । जहाँ उनले ३५२ खेल खेले, ११० गोल गरे । बेल्जियमका लागि पनि उनी स्मरणीय खेलाडी हुन् । राष्ट्रिय टिमबाट उनले १२६ खेल खेल्न पाए । तिनमा उनले गरेको गोल संख्या ३३ हो । कतार विश्वकप उनले बेल्जियमका लागि खेलेको अन्तिम प्रतियोगिता बन्यो ।

हाजार्डले आफ्नो क्षमताको पूर्ण उपयोग गरे गरेनन् ? जति सफल हुनुपर्ने थियो त्यति सफल भए भएनन् ? बहस भएकै हो, भविष्यमा हुनेछ । तर नजरअन्दाज गर्न नसकिने तथ्य यही हो, उनी आफ्नो पुस्ताको उत्कृष्ट खेलाडीमध्येका एक हुन् ।

याे पनिः

मानबहादुर अर्थात भलिबलका ‘रोलरकोष्टर’

भारतमाथि ‘जिङ्क्स’ तोड्ने पाकिस्तानी प्रयास

हेपिएको खेलको उचो प्रदर्शन

एसियाली खेलकुदः जम्बो टोलीको फुच्चे प्रदर्शन