काठमाडौं । नेपाली खेलाडीको हौसला बढाउन बुधबार साँझ करिब १० हजार घरेलु समर्थक त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुगेका थिए । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा घरेलु टोली नेपाल र भारत भिड्दै थिए ।
दर्शकको एउटै अभिलाषा थियो नेपालले भारतलाई हराएको हेर्ने । यसका लागि उनीहरू तयारीसाथ पुगेका थिए । बाजागाजासम्म साथमा ल्याए । तर, खेल सकिएपछि सबै निराश भएर घर फर्कनुपर्यो । नेपालको यात्रामा बिराम लाग्यो ।
पहिलो हाफमा भारतले एक गोलको अग्रता लिएको थियो । दोस्रो हाफको मध्यतिर नेपालका समीर तामाङले बराबरी गोल फर्काएर दर्शकको उत्साहलाई कायम राखेका थिए । ट्राजिसन समयमा नेपालले केही सेटपिस अवसरहरू पाएको थियो ।
घरेलु भूमिमा फाइनल पुग्न असफल भएसँगै विभिन्न प्रश्नहरू उठ्न थालेका छन् । गर्विलो छवि रहेको उमेर समूहमा नेपाली फुटबलको दबदबा सकिएकै हो त ?
तर, ती अवसरहरू नेपाली खेलाडीले खेर फाले, खेल टाइब्रेकरमा पुग्यो । त्यसमा पाँचमध्ये नेपालका तीन खेलाडी पेनाल्टीमा गोल गर्न असफल भए । प्रतिद्वन्द्वी भारतका खेलाडीले तीन पेनाल्टी गोलमा परिणत गर्दै फाइनल सुरक्षित गरे । आज शनिबार भारतले पाकिस्तानसँग फाइनल खेल्नेछ ।
प्रशिक्षक सुनिल श्रेष्ठको नेतृत्वमा रहेको नेपाली टोलीको कप्तानी गोलकिपर जियारत शेखले गरेका थिए । पहिलो खेलमा पाकिस्तानसँग १–० ले पराजित नेपालले समूहको अन्तिम खेलमा माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराएको थियो । समूहमा दोस्रो स्थानमा रहँदै नेपालले अन्तिम चारको यात्रा गरेको हो ।
उमेर समूहको यो प्रतियोगिता नेपाल र भारतले समान दुई पटक जितेका छन् । भारतलाई अब तीनपल्ट उपाधि जित्ने अवसर हुनेछ ।
घरेलु भूमिमा फाइनल पुग्न असफल भएसँगै विभिन्न प्रश्नहरू उठ्न थालेका छन् । गर्विलो छवि रहेको उमेर समूहमा नेपाली फुटबलको दबदबा सकिएकै हो त ?
धेरै वर्ष भएको छैन । उमेर समूहमा नेपाललाई ‘किङ अफ साउथ एसिया’ भन्ने गरिन्थ्यो । यो ट्याग नेपाली समर्थकले नै युवा टोलीलाई दिएको थियो । सिनियर टोलीमा लगातार असफलता पाइरहँदा उमेर समूहले त्यति बेला देशलाई पहिलो दुई संस्करणको उपाधि दिलाएको थियो ।
सन् २०१७ यता नेपाल उपाधिविही छ । सधैं उपाधि दाबेदार भनिए पनि नेपालले उपलब्धि हासिल गर्न सकेको छैन । उपाधि त टाढाको कुरा, पछिल्लो तीन संस्करणमा नेपालले फाइनलसम्म पनि यात्रा गर्न सकेको छैन ।
सन् २०१५ मा काठमाडौंमा सम्पन्न पहिलो संस्करणमा विमल घर्तीमगरको कप्तानीमा रहेको नेपालले भारतलाई हराउँदै उपाधि जितेको थियो ।
दुई वर्षपछि भुटानको थिम्पूमा अर्पण कार्कीको नेतृत्वमा नेपाल लगातार दोस्रोपल्ट च्याम्पियन बन्यो । सिंगल राउन्ड रोबिन पद्धतिमा भएको प्रतियोगितामा नेपाली टोली अंकतालिकाको शीर्षस्थानमा रहँदै उपाधि जित्न सफल भयो ।
तर, सन् २०१७ यता नेपाल उपाधिविही छ । सधैं उपाधि दाबेदार भनिए पनि नेपालले उपलब्धि हासिल गर्न सकेको छैन । उपाधि त टाढाको कुरा, पछिल्लो तीन संस्करणमा नेपालले फाइनलसम्म पनि यात्रा गर्न सकेको छैन ।
किन भइरहेको छ यस्तो ? यसको जिम्मेवारी कस्ले लिने ?
युवा खेलाडी उत्पादनमा पछिल्लो समय अखिल नेपाल फुटबल संघ (एन्फा) को मौनता छ । काठमाडौंसहित बुटबल र धरानमा सञ्चालित एन्फा एकेडेमी बन्द छन् । प्रतियोगिताका सुरुआती तीन संस्करण नेपाली टोली एकेडेमीबाटै उत्पादित खेलाडीले खेलेका थिए । सानै उमेरदेखि एकेडेमीमा बसेर प्राविधिक फुटबल सिकेका खेलाडीको प्रदर्शन उम्दा रहने गदथ्र्यो ।
हालको राष्ट्रिय टोलीमा रहेका विमल घर्तीमगर, अञ्जन विष्ट, अनन्त तामाङजस्ता खेलाडी एकेडेमीकै उत्पादन हुन् । सन् २०१५ बाट एन्फा एकेडेमी कमजोर हुँदै गयो । अहिले सञ्चालित तीनै स्थानका एकेडेमीमा ताला लागेको छ । सञ्चालनमा छैन । एन्फाले त्यसमा लगानी गर्न छाडेको छ ।
एकेडेमी नहुँदा एन्फाले यसपालि खुला छनोट गरेर अन्तिम २३ सदस्यीय टोली तयार पारेको थियो । टोली नराम्रो भन्न खोजिएको पटक्कै होइन । खेलाडीको प्रदर्शनमा कुनै शंका होइन । तर, उनीहरूसँग कमी थियो त म्याच एक्सपोजर अनि अनुभवको । जसको प्रत्यक्ष असर प्रतियोगितामा देखियो ।
त्यसो त प्रशिक्षक श्रेष्ठले प्रतियोगिता सुरु हुनुपूर्व भएको प्रि–म्याच कन्फ्रेन्समा भनेका थिए, ‘छनोट भएका खेलाडीहरू सबै खेलिरहेकै खेलाडी हुन्, नदेखिएका मात्र हुन् । खेलाडीको स्तरप्रति कुनै पनि शंका छैन ।’
‘सुरु–सुरुमा अलिकति गाह्रो भयो । तर, प्रशिक्षण गर्दै जाँदा खेलाडीहरू निखारिए । एन्फा एकेडेमीका खेलाडीहरूलाई प्रशिक्षण गराउँदा र अहिले प्रशिक्षण गराउँदा व्यक्तिगत रूपमा त्यस्तो फरक पाइनँ,’ २०१५ मा उपाधि जित्दा सहायक प्रशिक्षकको भूमिकामा रहेका श्रेष्ठले भने ।
श्रेष्ठले भने जस्तै खेलाडीहरूको स्तरमा फरक नै नभएको भने पक्कै होइन । यसका लागि २०१५ तिर फर्कौं । सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको उक्त फाइनलमा नेपालले भारतलाई टाइब्रेकरमा पराजित गरेको थियो । जसमा नेपालले प्रहार गरेका सबै पेनाल्टी गोलमा परिणत भएको थियो । संयोग नै भन्नुपर्छ आठ वर्षपछि फेरि त्यही इतिहास दोहोरियो । तर, कथाको अन्त्यमा यसपालि नेपाली समर्थक दुःखी हुने लेखेको रहेछ ।
हारका कयौं कारण छन् । देखिएका कारण असफल पेनाल्टी प्रहार भइहाल्यो । अरु लुकेका कारणहरू थुप्रै छन् । यसको जिम्मेवारी कस्ले लिने ?
यसपालि खेलाडीलाई पेनाल्टी हान्न सिकाउनुभएन ? खेलपछिको पोस्ट म्याच कन्फ्रेन्समा प्रशिक्षक श्रेष्ठलाई प्रश्न सोधिएको थियो ।
‘पेनाल्टी नसिकाएको होइन । पेनाल्टी प्रहार गर्ने प्रमुख तीन खेलाडीहरू घाइते थिए, मैदानमा थिएनन् । जसले गर्दा खेल हार्न पुग्यौं,’ श्रेष्ठको प्रतिक्रिया थियो ।
हारका कयौं कारण छन् । देखिएका कारण असफल पेनाल्टी प्रहार भइहाल्यो । अरु लुकेका कारणहरू थुप्रै छन् । यसको जिम्मेवारी कस्ले लिने ?
पूर्वअध्यक्षले भनेजस्तै हारको जिम्मेवारी एन्फा स्वयंले लिनुपर्छ । सीमित पूर्वाधार, कम प्रशिक्षण समय हारका मुख्य कारण हुन् । भारतविरुद्धको हार फुटबलको नियामक निकाय एन्फालाई सिक्ने पाठ बनोस् ।
टोली बाहिरिएको भोलिपल्टै एन्फा पूर्वअध्यक्ष गणेश थापाले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्ट्याटस लेखेका थिए । जहाँ उनले हारको जिम्मेवारी एन्फा नेतृत्वले लिनुपर्ने दाबी गरेका छन् । ‘एन्फाको छोटो तयारी र कुनै मैत्रीपूर्ण खेल खेल्न नपाएका खेलाडीहरूले जुन किसिमको प्रदर्शन गरे, व्यक्तिगत रूपमा म सन्तुष्ट छु । टिम तयारीमा एन्फाको लापरवाही भयो । हारको जिम्मेवारी एन्फा नेतृत्वले लिनुपर्छ,’ स्ट्याटसमा उल्लेख छ ।
आज रंगशालामा फाइनल खेल हुँदै छ । भारतले यही प्रतियोगिताका लागि दुई वर्ष प्रशिक्षण गरेको थियो । नेपालले भने करिब दुई महिनामात्र प्रशिक्षणमा बिताएको थियो । पूर्वअध्यक्षले भनेजस्तै हारको जिम्मेवारी एन्फा स्वयंले लिनुपर्छ । सीमित पूर्वाधार, कम प्रशिक्षण समय हारका मुख्य कारण हुन् । भारतविरुद्धको हार फुटबलको नियामक निकाय एन्फालाई सिक्ने पाठ बनोस् । नेपाली समर्थकले फेरि पनि भारतलाई हराएको हेर्न पाऊन् ।