जर्मन फुटबल

उत्साह खोज्दै जर्मन फुटबल

काठमाडौं । युरो २०२४ सुरु हुन ९ महिना बाँकी छ । विश्वकपपछि सर्वाधिक महत्त्व दिइने युरोको यसपालिको आयोजक जर्मनी हो । जसले सर्वाधिक तीन पटक उपाधि जितेको छ ।

तर जर्मनीले सन् १९९६ यता महादेशीय प्रतियोगिता जितेको छैन । यसपालि त जर्मनीलाई झनै दाबेदार मानिएको छैन । कारण ? जवाफ सजिलो छ, खराब वर्तमान लय । त्यसमाथि प्रशिक्षक परिवर्तन ।

जापानसँगको मैत्रीपूर्ण खेलमा हार बेहोरेपछि फ्लिकलाई निकालिएको थियो । त्यसपछिका खेलमा रुडी भोलर टचलाइनमा देखिए ।अब टिम नागेल्सम्यानको काँधमा छ । तर भोलरको टाउको दुखाइ सकिएको छैन । किनभने नागेल्सम्यान युरोपछि प्रशिक्षक नरहे, भोलरले नयाँ प्रशिक्षक खोज्नुपर्नेछ ।

गत विश्वकपमा जर्मनीलाई नकआउट चरण लैजान नसक्ने हान्सी फ्लिक बिदा भएका छन् । उनलाई युलियान नागेल्सम्यानले प्रतिस्थापन गरेका छन् । संयोग नै मान्नुपर्छ, यी दुवै बायर्न म्युनिखका पूर्वप्रशिक्षक हुन् ।

नागेल्सम्यानले नै हो फ्लिकलाई बायर्नमा प्रतिस्थापन गरेको । तर उनी बायर्नमा धेरै टिकेनन् । ६ महिनाअघि बर्खास्तगीमा परे । ३६ वर्षीय नागेल्सम्यानले जुलाई, २०२४ सम्मका लागि जर्मन राष्ट्रिय टिमसँग सम्झौता गरेका छन् । अब उनको काँधमा जर्मनीको साख फर्काउने अभिभारा छ । पछिल्ला दुई विश्वकप र युरोमा बिर्सनलायक प्रदर्शन गरेको जर्मनी यति बेला साँच्चै अप्ठ्यारोमा छ ।

होफनहम र आरबी लाइपजिगका पूर्व प्रशिक्षक नागेल्सम्यान दुई सिजन बायर्नमा रहे । पहिलो सिजन नै बायर्नलाई लिग च्याम्पियन बनाए । दोस्रो सिजन पूरा गर्न पाएनन् । जब बायर्नबाट निस्किए, उनलाई जागिर प्रस्ताव राख्नेको कमी भएन । उनीसँग चेल्सी र टोटनहमले छलफल पनि गरेका हुन् । तर, आखिरमा उनी इङ्ल्यान्ड गएनन् ।

केही महिनाको विश्रामपछि उनी प्रशिक्षणमा फर्किएका छन् । खासमा जर्मनीको रोजाइ योर्गान क्लोप थिए । तर उनले भनिदिए, ‘म लिभरपुल छाड्नेवाला छैन ।’ त्यसपछि जर्मनीका लागि उत्तम विकल्प नागेल्सम्यान ठहरिए । लिभरपुलसँग क्लोपको सम्झौता सन् २०२६ मा मात्र सकिनेछ ।

वर्तमान जे जस्तो भए पनि जर्मनी विश्व फुटबलको शक्ति हो । घरमा हुन लागेको युरो जित्नैपर्ने दबाब नहुने कुरै भएन । सन् २००६ मा विश्वकप आयोजना गर्दा जर्मनीको माहोल जस्तो थियो युरोले पनि त्यस्तै माहोल ल्याएको छ । 

जापानसँगको मैत्रीपूर्ण खेलमा हार बेहोरेपछि फ्लिकलाई निकालिएको थियो । त्यसपछिका खेलमा रुडी भोलर टचलाइनमा देखिए । खासमा उनी प्राविधिक निर्देशक हुन् । प्रशिक्षक नभएपछि उनी आफैंले प्रशिक्षण सम्हाले । उनको प्रशिक्षणमा जर्मनीले फ्रान्सलाई २–१ ले हरायो । अब टिम नागेल्सम्यानको काँधमा छ । तर भोलरको टाउको दुखाइ सकिएको छैन । किनभने नागेल्सम्यान युरोपछि प्रशिक्षक नरहे, भोलरले नयाँ प्रशिक्षक खोज्नुपर्नेछ ।

वर्तमान जे जस्तो भए पनि जर्मनी विश्व फुटबलको शक्ति हो । घरमा हुन लागेको युरो जित्नैपर्ने दबाब नहुने कुरै भएन । सन् २००६ मा विश्वकप आयोजना गर्दा जर्मनीको माहोल जस्तो थियो युरोले पनि त्यस्तै माहोल ल्याएको छ । यी सबै मैदानबाहिरका कुरा भए । मैदानभित्रको ? पछिल्ला तीन मुख्य प्रतियोगितामा खराब प्रदर्शन गरेका कारण जर्मन टिमको मनोबल उच्च छ भन्ने आधार छैन ।

सन् २०१४ को विश्वकप जितेको जर्मनी युरो २०१६ मा पनि च्याम्पियन बन्ने अपेक्षा थियो । तर सेमिफाइनल कटेन । त्यसपछि विश्वकप २०१८ त झन् बिर्सनलायक रह्यो, किनभने जर्मनी समूह चरणबाटै घर फर्कियो । सन् २०२० को युरोमा पनि जर्मनीको खराब लयले निरन्तरता पायो । अन्तिम १६ बाट बाहिरिएपछि विश्वकप विजेता प्रशिक्षक जोचिम लोउले राजीनामा दिए ।

अनि प्रशिक्षक बने फ्लिक । जसको पहिलो उद्देश्य थियो, जर्मनीको ओरोली यात्रामा पूर्णविराम लगाउने । सुरुआत त उनले भनेजस्तै गरेका हुन् । सुरुआती ८ खेलमा अपराजित भएपछि भन्न थालिएको थियो फ्लिक जर्मनीका लागि सही छनोट हुन् ।

विश्वकप २०२२ मा पनि जर्मनीका कमजोरी छचल्किए । न बलियो रक्षापंक्ति न भरपर्दो गोलस्रोत, जर्मनी फिक्का देखियो । पहिलो खेलमै जापानसँग पराजित भयो । 

तर त्यसपछिका खेलमा भने जर्मनी असफल हुन थाल्यो । खेल जित्न नसकिरहेपछि फ्लिकका कमजोरीबारे बहस हुन थाले । उनको प्रशिक्षणमा जर्मनीले रक्षात्मक खेल्ने टिमलाई पन्छाउन नसकेको भन्न थालियो । फेरि जर्मनीकै रक्षापंक्तिले पनि गोल खाइरह्यो ।

विश्वकप २०२२ मा पनि जर्मनीका कमजोरी छचल्किए । न बलियो रक्षापंक्ति न भरपर्दो गोलस्रोत, जर्मनी फिक्का देखियो । पहिलो खेलमै जापानसँग पराजित भयो । विश्वकपबाट चाँडै घर फर्किए पनि फ्लिकलाई बर्खास्त गरिएन । किनभने उनीप्रतिको भरोसा टुटिसकेको थिएन ।

तर मैत्रीपूर्ण खेलहरुमा पोल्यान्ड र कोलम्बियासँग हारेपछि भने जर्मन फुटबल संघ (डिएफबी) नयाँ प्रशिक्षकको खोजी गर्नुपर्ने दबाबमा पर्न थाल्यो । जापानसँगको पराजयले त डिएफबीलाई अप्रिय निर्णय लिन बाध्य बनायो ।

बर्खास्तगीमा पर्नु अघि फ्लिकले बारम्बार रणनीति परिवर्तन गरिरहे । यसो गर्दा उनले कतिपय खेलाडीलाई गलत पोजिसनमा खेलाए । जस्तै, मिडफिल्डर एल्काइ गुन्डोगनलाई विङ्समा । फ्लिकले गरेको अर्को गल्ती थियो, पहिलो रोजाइका खेलाडीको समूह निर्माण नगर्नु । बरु लगातार फरक–फरक खेलाडीलाई पहिलो एघारमा उपयोग गरे । जसले गर्दा जर्मन टिमको ‘कोर’ नै निर्माण भएन ।

प्रशिक्षक परिवर्तन भएपछि जर्मन टिममा उत्साह फर्किएको महसुस भए पनि नागेल्सम्यानले बग्रेल्ती चुनौती सामना गर्नुपर्नेछ । मुख्य चुनौती त सुहाउँदो रणनीति चयन नै हो । 

फ्लिकको प्रशिक्षणमा अन्तिम खेल खेल्दा जर्मनी जापानसँग ४–१ ले हारेको थियो । यही टिममा तीन खेलाडी परिवर्तन गरेर भोलरले फ्रान्सविरुद्ध उतारे । जसमा जर्मनी २–१ ले विजयी भएको थियो । जित आफ्नो ठाउँमा छ, यो खेलले दिएको सन्देश थियो, फ्लिकले खेलाडीहरुलाई उत्साहित बनाउन सकेका थिएनन् ।

फ्रान्सविरुद्धको खेल जर्मनीले घरेलु मैदानमा खेलेको थियो । जापानसँग पराजित भएको तीन दिनपछि फ्रान्सविरुद्ध भिडेका जर्मन खेलाडीले फरक मनस्थिति देखाएका थिए । उनीहरुलाई समर्थन गर्न रंगशाला पुगेका समर्थकमा फरक किसिमको जोस थियो । नयाँ प्रशिक्षक नागेल्सम्यानले समर्थकलाई अझ जोसिलो बनाउनुपर्नेछ ।

प्रशिक्षक परिवर्तन भएपछि जर्मन टिममा उत्साह फर्किएको महसुस भए पनि नागेल्सम्यानले बग्रेल्ती चुनौती सामना गर्नुपर्नेछ । मुख्य चुनौती त सुहाउँदो रणनीति चयन नै हो । पछिल्लो समय जर्मनीले रक्षात्मक खेल्ने टिमहरुविरुद्ध पनि बल नियन्त्रणमा राख्न सकेको थिएन । युरो छनोटका खेलमा जर्मनीले रक्षात्मक रणनीति भएकै टिमहरुको सामना गर्नेछ । यस्तोमा नागेल्सम्यानले सही रणनीति पहिल्याउनु पर्नेछ ।

 एक दशकअघि जर्मनीसँग हरेक पोजिसनमा कम्तीमा एक विश्वस्तरीय खेलाडी हुन्थे । तर आजकल जर्मनीले विश्वस्तरीय खेलाडी उत्पादन गर्न बिर्सिएको छ ।

फेरि यतिबेला जर्मन फुटबलमा स्टार खेलाडीको खडेरी छ । विश्वकप २०१४ जित्दा जर्मनीसँग जुनस्तरका खेलाडी थिए, त्यही स्तरका खेलाडी अहिले देखिएका छैनन् । एक दशकअघि जर्मनीसँग हरेक पोजिसनमा कम्तीमा एक विश्वस्तरीय खेलाडी हुन्थे । तर आजकल जर्मनीले विश्वस्तरीय खेलाडी उत्पादन गर्न बिर्सिएको छ ।

फ्लिकलाई पनि आफूले भनेजस्तो खेलाडी पहिचान गर्न असाध्यै कठिन भएको थियो । जसकारण उनी एकपछि अर्को रणनीति परीक्षण गर्न बाध्य भएका थिए । यसकारण नागेल्सम्यानलाई सजिलो हुनेछैन । यद्यपि उनले आफूलाई दिएको जिम्मेवारी भने पूरा गर्नु नै छ । जिम्मेवारी हो, विगतमा जस्तै बहादुर जर्मन टिमको निर्माण गर्ने ।

(एजेन्सीको सहयोगमा)