नेपाली फुटबल

जुनियर खेलाडी उत्पादनमा एन्फा उदासीन

काठमाडौं ।  उपाधि जित्ने योजनासहित भुटान पुगेको नेपाली यु–१६ फुटबल टोली लगातार दोस्रो हार बेहोर्दै समूह चरणबाटै घर फर्किएको छ । भुटानको पारोमा भएको साफ यु–१६ च्याम्पियनसिपमा नेपालले प्रारम्भिक चरणका दुवै खेल गुमाएको थियो ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आयोजना गर्ने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको थियो । नेपालसहित उक्त समूहमा भारत र बंगलादेश थिए । जसले गर्दा ‘ग्रुप अफ डेथ’ मानिएको थियो । नेपाली युवा टोली बंगलादेश र भारतसँग समान १–० को नतिजामा पराजित भयो । नेपाल र बंगलादेशलाई १–० कै नतिजामा हराएको भारत शीर्षस्थानमा रहँदै सेमिफाइनलमा पुग्यो ।

रवीन्द्र सिलाकारको प्रशिक्षणमा रहेको नेपाली टोलीको प्रदर्शन उत्साहजनक मान्न सकिन्न । नेपालले दुवै विपक्षी टोलीलाई दबाबमा राखेर खेल्न सकेन । फलतः मैदानमा नेपाली खेलाडी सबैतिर चुकेका थिए । शारीरिक, मानसिक र प्राविधिक सबै क्षेत्रमा कमजोर देखियो ।

भुटानमा गरेको प्रदर्शनबाट प्रशिक्षक सिलाकार पनि सन्तुष्ट छैनन् । प्रदर्शन अनपेक्षित तबरमा कमजोर भएकोमा उनी सहमत छन् । खेलाडीको उमेरमा इमान्दार हुँदा पनि नतिजा कमजोर भएको उनको तर्क छ ।

‘हामीले राम्रो फुटबल खेल्ने प्रयास गरेका थियौं । तर, फिनिसिङमा चुक्यौं,’ उनी भन्छन्, ‘हामी ग्रुप अफ डेथ मा थियौं । हामी एमआरआईको सिकार पनि भयौं । अन्य टोलीले साफमा एमआरआई नहुने भन्दै बढी उमेरका खेलाडी खेलाए । हाम्रो टोलीमा १३ देखि १६ वर्षका खेलाडीमात्र थिए । यही कारण हामी शारीरिक र प्राविधिक रूपमा कमजोर रह्यौं ।’

सुभाष बमको कप्तानीमा खुला छनोटबाट नेपाली टोली तयार पारिएको थियो । तीन वर्षयता नेपाली टोली खुला छनोटबाट बन्दै आएको छ । जिल्ला र प्रदेश हुँदै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खुला छनोटबाट २३ खेलाडी छान्दै प्रशिक्षक सिलाकार भुटानको पारो पुगेका थिए ।

छोटो तयारी र छनोटको समयसीमा नै कम हुँदा स्तरीय खेलाडी नै टोलीमा पर्न नसकेका थुप्रै घटना छन् । प्रशिक्षक उपलब्ध खेलाडीबाटै साफ जित्ने योजनासहित भुटान पुगेका थिए । तर, प्रतिद्वन्द्वी टोली नेपालजस्तै हचुवा पारामा पुगेका थिएनन् ।

भारतीय युवा टोली प्रशिक्षक विवियानो फर्नान्डेजले हेर्छन् । उनी ४–५ वर्षदेखि युवा टोली निर्माणको जिम्मेवारीमा छन् । भारतलगायतका देशमा युवा परियोजना बलियो छ । तर, नेपालमा सञ्चालनमा रहँदै आएका एकेडेमीहरू पनि अहिले बन्द छन् । खुला छनोट नै उमेर समूहमा राष्ट्रिय टिम बनाउने एकमात्र आधार हो । छनोटमै समस्या रह्यो । नाममात्रको तयारी थियो । आशा गरिएका ३० भन्दा बढी खेलाडी एमआरआईमा ‘फेल’ भएका थिए ।

नेपाली फुटबलको अर्को समस्या भनेको टिममा स्थायित्व नहुनु हो । कुनै पनि प्रशिक्षकलाई लामो समयको जिम्मेवारी दिइन्न । फुटबल राजनीति मिलाउने हतियारका रूपमा प्रशिक्षकजस्तो प्राविधिक जिम्मेवारीलाई लिइँदा धेरै भागबण्डाका भरमा नियुक्ति गरिन्छ । जसका कारण प्रशिक्षकले सही योजना बनाउन पाउँदैनन् । उपलब्ध टिमलाई नै प्रतिस्र्धामा उतार्नुपर्ने बाध्यता छ । जसका कारण पछिल्लो समय जुनियरतर्फ पनि नेपालको नतिजा कमजोर भइरहेको छ ।

आठ पटक यो प्रतियोगिता आयोजना हुँदा नेपाल चारपल्ट उपविजेता भएको छ । तर, उपाधि जित्न सकेको छैन । भारतले चार, बंगलादेशले दुई र पाकिस्तानले एक पटक उपाधि जितेका छन् ।

युवा खेलाडी उत्पादनमा एन्फा मौन छ । काठमाडौंसहित बुटबल र धरानमा भएका एकेडेमी बन्द छन् । प्रतियोगिताको सुरुआती चार संस्करण नेपाली टोली एकेडेमीबाटै निर्माण भएका थिए । सानै उमेरदेखि एकेडेमीमा बसेर प्राविधिक फुटबल सिकेका खेलाडीको प्रदर्शन उम्दा रहने गर्थ्यो । सन् २०११ देखि २०१५ सम्म एन्फा एकेडेमीबाट उत्पादित खेलाडीले नै अहिलेसम्म नेपाली फुटबल धानेका छन् ।

सन् २०२२ मा नेपाली टोली फाइनल पुगेको थियो । भारतलाई समूह चरणमा ३–१ ले पराजित गरे पनि फाइलनमा उर्जन श्रेष्ठको प्रशिक्षणमा रहेको नेपाली टिम भारतसँगै ४–० ले पराजित हुन पुग्यो । खुला छनोटबाटै कम्तीमा अघिल्लो सिजन राम्रो नतिजा निकाल्न सफल प्रशिक्षक श्रेष्ठलाई पुनः जिम्मेवारी दिन एन्फा नेतृत्वले चाहेन । त्यसले नतिजा पनि राम्रो आएन ।

साफ च्याम्पियनसिपमा पराजित यु–१६ टोलीले नै अर्काे वर्ष हुने एएफसी यु–१७ एसिया कप छनोट खेल्नेछ । अब सिलाकार नै प्रशिक्षक रहिरहन्छन् भन्ने पक्का छैन । एन्फाले उनलाई स्वदेश फर्किएसँगै केही निर्णय दिएको छैन ।

‘अहिलेको पहिलो रोजाइमै १३ वर्षका खेलाडी छन् । अर्काे वर्षसम्म नियमित प्रशिक्षण भए, यी खेलाडीले एएफसी कप छनोटमा राम्रो गर्न सक्छन् । एन्फाले त्यसतर्फ ध्यान दिनुपर्छ,’ सिलाकार भन्छन् ।

विमल घर्तीमगर, अञ्जन विष्ट, अनन्त तामाङजस्ता खेलाडी हालसम्म राष्ट्रिय टोलीमा छन् । सन् २०१५ बाट एन्फा एकेडेमी कमजोर हुँदै गयो । अहिले सञ्चालित  एन्फाका तीनै एकेडेमी बन्द छन् । एन्फाले त्यसमा लगानी गर्न छाडेको छ ।

युवा खेलाडी उत्पादनमा एन्फा मौन छ । काठमाडौंसहित बुटबल र धरानमा भएका एकेडेमी बन्द छन् । प्रतियोगिताको सुरुआती चार संस्करण नेपाली टोली एकेडेमीबाटै निर्माण भएका थिए । सानै उमेरदेखि एकेडेमीमा बसेर प्राविधिक फुटबल सिकेका खेलाडीको प्रदर्शन उम्दा रहने गर्थ्यो । सन् २०११ देखि २०१५ सम्म एन्फा एकेडेमीबाट उत्पादित खेलाडीले नै अहिलेसम्म नेपाली फुटबल धानेका छन् ।

विमल घर्तीमगर, अञ्जन विष्ट, अनन्त तामाङजस्ता खेलाडी हालसम्म राष्ट्रिय टोलीमा छन् । सन् २०१५ बाट एन्फा एकेडेमी कमजोर हुँदै गयो । अहिले सञ्चालित  एन्फाका तीनै एकेडेमी बन्द छन् । एन्फाले त्यसमा लगानी गर्न छाडेको छ ।

आन्तरिक द्वन्द्वमा फसेको एन्फाका पदाधिकारीहरू खेलाडी उत्पादनभन्दा कार्यसमिति बैठकमा बहुमतका लागि टाउको गन्न र ढुकुटी रित्याएर भए पनि उनीहरूलाई खुसी पार्न तँछाडमछाड गरिरहेका छन् । जसका कारण उमेर समूहको फुटबल साथै घरेलु प्रतियोगितासमेत प्रभावित बन्दै आएको छ ।

‘राम्रो प्रदर्शन निकाल्न एकेडेमीमा रहेर वर्षौंसम्म तयारी गर्नुपर्छ । हाम्रोमा यो परम्परा तोडिएको छ । एन्फाले एकेडेमीमै ध्यान दिए राम्रो नतिजा ल्याउन सक्छौं,’ प्रशिक्षक सिलाकारको ठम्याइ छ ।

आन्तरिक द्वन्द्वमा फसेको एन्फाका पदाधिकारीहरू खेलाडी उत्पादनभन्दा कार्यसमिति बैठकमा बहुमतका लागि टाउको गन्न र ढुकुटी रित्याएर भए पनि उनीहरूलाई खुसी पार्न तँछाडमछाड गरिरहेका छन् । जसका कारण उमेर समूहको फुटबल साथै घरेलु प्रतियोगितासमेत प्रभावित बन्दै आएको छ । एक पदाधिकारीले अर्काेलाई दुःख दिँदा एन्फाले कुनै पनि योजना असि बढाउन सकेको छैन ।

एन्फा एकेडेमीवेसमा जानुपर्छ । खेलाडीलाई मात्र दोष लगाएर हुन्न । पहिला यु–१४, १५, १६ हुँदै राष्ट्रिय टोलीमा खेलाडी आउने गर्थे । अहिले त्यो हराएको छ । प्रशासन बलियो भएर एकेडेमीवेसमा गएको खण्डमा हामी पुनः राम्रो नतिजा निकाल्न सक्छौं । 

एन्फा एकेडेमीका प्रमुख नवीन न्यौपाने एकेडेमीको योजना बनाएर अगाडि बढेमात्रै खेलाडी उत्पादन र नतिजामा आस गर्न सकिने बताउँछन् ।

‘यु–१६ खेलाडीले तयारी ११ दिनमात्र गर्न पाए । उनीहरू क्षमतावान छन् । तर, नियमित प्रशिक्षण नहुँदा नतिजा आउँदैन,’ पूर्वराष्ट्रिय खेलाडी तथा प्रशिक्षक न्यौपाने भन्छन्, ‘एन्फा एकेडेमीवेसमा जानुपर्छ । खेलाडीलाई मात्र दोष लगाएर हुन्न । पहिला यु–१४, १५, १६ हुँदै राष्ट्रिय टोलीमा खेलाडी आउने गर्थे । अहिले त्यो हराएको छ । प्रशासन बलियो भएर एकेडेमीवेसमा गएको खण्डमा हामी पुनः राम्रो नतिजा निकाल्न सक्छौं । त्यसका लागि नेतृत्वबाट कदम चाल्नुपर्छ ।’