आश्विन १, २०८१ मंगलबार | ०१:२४:२०
सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित
शनिबारको दिन मछिन्द्र फुटबल क्लब

एएफसी कप: मोहन बगानविरुद्ध मछिन्द्रको प्रदर्शन कस्तो ?

काठमाडौं । मछिन्द्र फुटबल क्लबले एएफसी कपको प्रारम्भिक छनोटमा इन्डियन सुपर लिग (आईएसएल) क्लब मोहन बगान सुपर जायन्टसँग प्रतिस्पर्धा गरेसँगै नेपाली फुटबलको स्तर एकपल्ट पुनः उदाङ्गिएको छ । कमजोर मानिएको भुटानी क्लब पारो एफसीलाई घरेलु मैदानमा हराएपछि मछिन्द्रले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्ने अवसर पाएको थियो ।

कोलकाताको साल्टलेक मैदानमा मछिन्द्रले स्तरीय देखिएको मोहन बगानविरुद्ध कुनै पनि समय दबाब सिर्जना गर्न सकेन । एकपक्षीय खेलमा मछिन्द्र ३–१ ले पराजित भयो । यो हारसँगै मछिन्द्र एएफसी कपको समूह चरण खेल्ने मौकाबाट चुकेको छ ।  

 कप्तान विशाल श्रेष्ठले मछिन्द्रको पोस्टको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दा मोहन बगानसँग ठूलो हारबाट टोली जोगिएको थियो ।

राष्ट्रिय टोलीबाट खेलिरहेका आधा दर्जन र घरेलु लिगमा सानदार प्रदर्शन गरेका विदेशी खेलाडी समेट्दै मछिन्द्रले २३ सदस्यीय टोली बनाएको थियो । कप्तान विशाल श्रेष्ठले मछिन्द्रको पोस्टको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दा मोहन बगानसँग ठूलो हारबाट टोली जोगिएको थियो ।

रक्षापंक्तिमा राष्ट्रिय टोलीबाट खेलिसकेका सनिश श्रेष्ठ, छिरिङ गुरुङ, देवेन्द्र तामाङ र अब्बल विदेशी खेलाडी नुरैन करिम रहँदा मछिन्द्रले औसत खेल प्रदर्शन गरेको थियो । मिडफिल्डरमा एरिक विष्ट, आन्द्रेस निआ र आयुष घलानले शतप्रतिशत दिए । मोहन बंगानको उत्कृष्ट रक्षापंक्ति चिर्न प्रशिक्षक किशोर केसीले राष्ट्रिय टोलीका छरिता विमल घर्तीमगरसहित सहिद स्मारक लिगका सर्वाधिक गोलकर्ता आफिज ओलावाले र मेसुके ओलोमोउलाई अग्रपंक्तिको जिम्मेवारी दिएका थिए ।

विश्वकप खेलिसकेका अस्ट्रेलियन स्ट्राइकर ज्यासन कुमिङ्ग्स चम्किएपछि दुई पटकको सहिद स्मारक लिग च्याम्पियन मछिन्द्रको केही चलेन । २८ वर्षीय ज्यासनले पछिल्लो पटक इक्वेडरविरुद्ध मार्चमा खेलेका थिए ।

मेसुकेले दोस्रो हाफमा २–० ले पछि रहँदा फ्रिकिकबाट गोल गर्दै टोलीलाई २–१ को   स्थितिमा ल्याएका थिए । तर, विश्वकप खेलिसकेका अस्ट्रेलियन स्ट्राइकर ज्यासन कुमिङ्ग्स चम्किएपछि दुई पटकको सहिद स्मारक लिग च्याम्पियन मछिन्द्रको केही चलेन । २८ वर्षीय ज्यासनले पछिल्लो पटक इक्वेडरविरुद्ध मार्चमा खेलेका थिए । उनले सन् २०२२ को कतार विश्वकप पनि खेलेका छन् ।

पारोविरुद्ध दशरथ रंगशालामा ३–२ को कठिन जित निकालेको मछिन्द्र मोहन बंगानसँग भने निकै कमजोर देखियो । मछिन्द्र सहिद स्मारक लिगको उपविजेता टिम हो । तर, च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग एएफसी क्लब लाइसेन्स नहुँदा मछिन्द्रले एएफसी कपको प्लेअफ खेल्ने अवसर पाएको थियो ।

कोलकाताबाट बिहीबार स्वदेश फर्किएका प्रशिक्षक किशोर केसी मोहन बगानविरुद्ध गतिलो प्रतिस्पर्धा दिँदादिँदै फिनिसिङमा चुकेको बताउँछन् । ‘मोहन बगानसँग राम्रो प्रतिस्पर्धा भयो । एउटा इतिहास बोकेको क्लब हरेक खेलमा इतिहास रच्न खेल्छ । हाम्रा सबै खेलाडीले रणनीतिक, शारीरिक, प्राविधिक र उच्च मनोबलका साथ खेले,’ प्रशिक्षक केसीले भने, ‘अलिकति हामीले सेट पिसमा गल्ती गर्यौं । एक काउन्टर अट्याकमा गोल गर्न असफल भयौं । खेलाडीले राम्रो फाइट दिँदा पनि हार्न पुग्यौं । यद्यपि यो खेलले क्लबको मनोबल उच्च पारेको छ । आगामी दिनमा टिम झनै राम्रो बन्ने विश्वास छ,’ केसीले सुनाए ।

अब मोहन बगानले प्लेअफमा बंगलादेशको अबहानी लिमिटेडसँग खेल्ने पक्का भएको छ । यो खेलको विजेताले दक्षिण एसियाको समूह चरणमा प्रतिस्पर्धा गर्नेछ । समूह चरणमा आईएसएलकै उडिसा एफसी, बंगलादेशको बसुन्धरा किङ्स र माल्दिभ्सको माजिया एससी छन् ।

एक पटक पुनः नेपाली क्लबले एएफसी कपको समूह चरण खेल्ने अवसर गुमाएको छ । एसियाली फुटबल महासंघ (एएफसी)ले एसियाका क्लबबीच दुई फरक प्रतियोगिता गराउँछ । माथिल्लो वरीयताका क्लबहरूले एएफसी च्याम्पियन्स लिग खेल्नेछन् । जहाँ साउदी प्रो लिग, कतार, जापान, दक्षिण कोरिया, इरान, युएई, चीन, हङकङ, अस्ट्रेलियालगायत देशका क्लबहरू हुनेछन् ।

एएफसी कपमा नेपाली क्लबहरूको प्रदर्शन उत्साहपूर्ण छैन । मनाङ मस्र्याङ्दी क्लबले सन् २०१९ मा समूह चरण खेल्नु नै ठूलो उपलब्धि हो ।

तल्लो वरीयतामा रहेकाले एएफसी कपको समूह चरणमा सिधै खेल्नेछन् । नेपालसँगै श्रीलंका, भुटान र पाकिस्तानका क्लबहरूले तल्लो वरीयताको प्रारम्भिक छनोट खेल्नुपर्छ । यी देशका क्लबले प्लेअफ खेलेर समूह चरणमा छनोट हुन्छन् ।

एएफसी कपमा नेपाली क्लबहरूको प्रदर्शन उत्साहपूर्ण छैन । मनाङ मर्स्याङ्दी क्लबले सन् २०१९ मा समूह चरण खेल्नु नै ठूलो उपलब्धि हो । एएफसीले पहिलो पटक प्रतियोगिता आयोजना गर्दा क्लब वरीयता थिएन । त्यसैले कीर्तिमानी आठपल्ट लिग जितेको मनाङले सिधै दक्षिण एसियाली समूह चरणमा खेल्ने अवसर पाएको थियो । 

मनाङले भारतको आईएसएल चेन्नई एफसी र तत्कालीन आई लिग क्लब मिनर्वा पन्जाब तथा बंगलादेशको अबहानी लिमिटेडसँग होम एन्ड अवेको आधारमा प्रतिस्पर्धा गरेको थियो । समूह ‘इ’ मा ६ खेल खेलेको मनाङ २ अंकसाथ पुछारमा रहेको थियो ।

मनाङको कमजोर प्रदर्शनसँगै नेपाली क्लबले सिधै समूह चरण खेल्न पाएका छैनन् । व्यावसायिक बन्न नसकेका नेपाली क्लबहरूले एएफसी क्लब लाइसेन्स पाउन नै ठूलो संघर्ष गर्नुपर्ने हुन्छ । सिजन २०२२–०२३ मा मछिन्द्र, विभागीय टोली त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले मात्रै एएफसी क्लब लाइसेन्स पाएका छन् । क्लब व्यावसायिक बन्न र ठूलो आर्थिक जुटाउँदै एएफसी कपको समूह चरण खेल्नु नेपाली क्लबहरूका लागि पहाड उचाल्नु जस्तै बन्ने गरेको छ ।

नेपाली क्लबहरूले एएफसी प्रेसिडेन्ट्स कपको फाइनल खेलेको इतिहास छ । तर, अहिले अन्य देशका क्लबहरू राम्रो हुँदै जाँदा  नेपाली क्लबहरुले लाइसेन्स पाउन नै संघर्ष गरिरहनुपरेको स्थिति छ ।

फुटबलका ज्ञाता सन्जिव मिश्र नेपालका क्लबहरूले एसियाली स्तरमा खेल्नका लागि तयारी नै नगरेको बताउँछन् । एएफसी क्लब लाइसेन्स पाउनका लागि नै संघर्ष गरिरहनुपरेको उनी मान्छन् । ‘नेपाली क्लबले एसियालीस्तरमा खेल्नका लागि आवश्यक तयारी नै गरेका छैनन् । एएफसी च्याम्पियन्स लिग नखेले पनि दोस्रो दर्जाको प्रतियोगिता खेल्न राम्रो तयारी गर्नुपर्ने हो । तर, हामी प्लेअफ खेल्नमै सीमित छौं,’ मिश्र भन्छन् । 

नेपाली क्लबहरूले एएफसी प्रेसिडेन्ट्स कपको फाइनल खेलेको इतिहास छ । तर, अहिले अन्य देशका क्लबहरू राम्रो हुँदै जाँदा क्लब लाइसेन्स पाउन नै संघर्ष गरिरहनुपरेको स्थिति छ । ‘एएफसी क्लब लाइसेन्स नवीकरणमै संघर्ष गर्दा क्लबहरूले आम फुटबलप्रेमीले आशा र अपेक्षा गरेअनुसार प्रदर्शन दिन सकेका छैनन्,’ मिश्रको बुझाइ छ ।

सन् २०२१ मा मछिन्द्र पहिलो पटक सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन भए पनि क्लब लाइसेन्स नहुँदा त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कपको प्रारम्भिक छनोट खेलेको थियो । दशरथ रंगशालामा श्रीलंकन पुलिसलाई ५–१ ले हराउँदै आर्मी दोस्रो चरणको प्लेअफमा छनोट भयो । तर, आईएसएल टोली बैंगलुरू एफसीसँग ५–० ले पराजित हुँदै आर्मी टिम बाहिरिएको थियो ।

सन् २०२२ मा मछिन्द्रले प्रारम्भिक छनोट खेल्यो । तर, श्रीलंकाको ब्लु स्टारसँग दशरथ रंगशालामा २–१ ले पराजित भएसँगै मछिन्द्र प्रारम्भिक छनोटको दोस्रो चरणमा पुग्नै सकेन ।

साँच्चै नेपाली क्लबहरूले भारतीय क्लबसँग प्रतिस्पर्धा गर्न कठिन संघर्ष गर्नुपर्ने अवस्था छ । भारतीय क्लबहरू व्यावसायिक बनेको धेरै भइसक्यो ।

साँच्चै नेपाली क्लबहरूले भारतीय क्लबसँग प्रतिस्पर्धा गर्न कठिन संघर्ष गर्नुपर्ने अवस्था छ । भारतीय क्लबहरू व्यावसायिक बनेको धेरै भइसक्यो । जसले युरोप र विश्वकप खेलिरहेका खेलाडीहरू अनुबन्ध गर्छन् । नेपाली क्लबलाई छिमेकी भारतीय क्लबको चुनौती पछ्याउन निकै कठिन छ ।

भारतीय क्लब र खेलाडीसँग नेपालका क्लब र खेलाडीको तुलना गर्न नमिल्ने प्रशिक्षक केसी बताउँछन् । ‘नेपाली क्लब र भारतीय क्लबबीच आकाश–जमिनको फरक छ । मोहन बंगानका खेलाडी र नेपाली खेलाडीबीच तुलना गर्नै मिल्दैन । उनीहरू करोडौं कमाउँछन् । फुटबलबाहेक केही सोच्नुपर्दैन । हाम्रोमा त्यो अवस्था छैन’ प्रशिक्षक केसी भन्छन् ।

उनले थपे, ‘आईएसएल टोलीमा अस्ट्रेलियन खेलाडी छन् । युरोपमा खेल्ने खेलाडी छन् । हामीले त प्रतिस्पर्धा गर्नु नै ठूलो कुरा हो । मोहन बगान र मछिन्द्रको तुलना गर्न नै मिल्दैन ।’

क्लब फुटबलसँगै नेपाली राष्ट्रिय टोलीको प्रदर्शन पनि उस्तै छ । नेपाली टोली पनि दक्षिण एसियाबाट बाहिर पुग्न सकेको छैन । हालसम्म दक्षिण एसियाली फुटबलको सबैभन्दा पुरानो प्रतियोगिता साफ च्याम्पियनसिप नै जित्न सकेको छैन ।

विश्वकप छनोट र एसिया कपमा माथिल्लो वरीयताका टोलीसँग बेला मौका खेल्ने अवसर पाउँछ । त्यतिबेला नेपाली फुटबलको स्तर छर्लङ्ग हुन्छ ।

साफ च्याम्पियनसिपमा एक पटक फाइनलमा पुग्नु नै नेपालको ठूलो उपलब्धि रहँदै आएको छ । विश्वकप छनोट र एसिया कपमा माथिल्लो वरीयताका टोलीसँग बेला मौका खेल्ने अवसर पाउँछ । त्यतिबेला नेपाली फुटबलको स्तर छर्लङ्ग हुन्छ । जहाँ नेपालले ठूलो अन्तरको हार बेहोर्दै आएको छ ।