फाल्गुन १२, २०८२ मंगलबार | ०३:२४:४२
फागुन अन्तिम साता स्टार क्रिकेट आयोजना हुने संकटाविरुद्ध प्लानिङ ब्वाइजको सानदार जित साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो फागुन अन्तिम साता स्टार क्रिकेट आयोजना हुने संकटाविरुद्ध प्लानिङ ब्वाइजको सानदार जित साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो
शनिबारको दिन साफ च्याम्पियनसिप

साफ च्याम्पियनसिपः कमजोर तयारी, भोगाइ पुरानै

काठमाडौं । साफ च्याम्पिनयपिसलाई लिएर नेपाली फुटबल प्रायः अलमलमा परेको देखिन्छ । भन्न त के भनिन्छ भने यो नेपालले आँट्न मिल्ने प्रतियोगिता हो । तर, वास्तविकता के हो भने धेरै अवसरमा यो प्रतियोगितामा नेपालको सहभागितामै मात्र सकिने गरेको छ ।

यसपल्टको कथा फेरि त्यस्तै रह्यो । नेपाल उपविजेताका रूपमा बेलुरु पुगेको थियो । तर, घर फर्किंदा नेपालको प्रदर्शन सबैभन्दा कमजोर टिममध्ये नै रह्यो । नेपाली टोली लिग चरणमै रोकियो । अझ लिग चरणका दुई खेल टुंगिँदा नै नेपालको सेमिफाइनल पुग्ने सम्भावना बन्द भइसकेको थियो ।

सुरुमै सबैलाई लागेको थियो, यसपल्ट समूह चरण पार गर्न गाह्रो छ । गाह्रो के अर्थमा भन्दा नेपाल अलिकति कठिन समूहमा परेको थियो । नेपालको समूह ‘ए’ मा साविक विजेता भारतमात्रै थिएन आमन्त्रित टिमका रूपमा कुवेत थियो अनि पाकिस्तान ।

संयोगले नेपालको सुरुआती दुई खेल नै कुवेत र भारतविरुद्ध खेल्नुपरेको थियो । सुरुमा नेपाल कुवेतसँग ३-१ ले पराजित भयो । त्यसमा नेपालका लागि एक गोल अञ्जन विष्टले गरे । यो नेपालका लागि अञ्जनको १२ औं गोल रह्यो । उनी कीर्तिमानी गोलका लागि एक कदम अगाडि बढेका छन् । लगत्तै अर्को खेलमा नेपाल भारतको हातबाट २-० ले पराजित भयो । यसरी नेपालले लगातार दुई खेल गुमाएको थियो ।

उता पाकिस्तानले पनि दुई खेल गुमाइसकेको स्थितिमा दुवै टिम प्रतियोगिताबाट बाहिरिए । यिनै दुई टिमबीचको अन्तिम खेल महत्वहीन रह्यो । कम्तीमा त्यसमा नेपाल १-० ले विजयी रह्यो । आशिष चौधरी त्यसमा गोल गर्ने खेलाडी रहे । धेरै अर्थमा नेपालका लागि यसपल्टको साफ च्याम्पियनसिप फुटबल बिर्सनलायक बन्यो ।

मुख्य प्रशिक्षक रहेका इटालीका भिन्सेन्जो अल्बर्टो एनिसले पनि माने, नेपालले राम्रो गर्न सकेन । तर, उनी टिमको प्रदर्शन भने राम्रै रहेको मान्छन् । प्रतियोगितामा नेपाल लिग चरणमै रोकिनुको मुख्य कारण भने उनी कमजोर तयारी नै ठान्छन् ।

नेपाल आएयता एनिसले टिम तयारीका लागि पर्याप्त समय नै पाएनन् । यो धेरै हदसम्म ठीक कारण पनि रह्यो । तर, यही कारणले नेपाली फुटबलको सर्वोच्च निकाय राष्ट्रिय टिमलाई लिएर कत्ति पनि गम्भीर हुने गर्दैन भनेर देखाउँछ ।

सहिद स्मारक लिग ए डिभिजन ०७९-८० सकिँदा साफ च्याम्पियनसिप मुखमै आइसकेको थियो । त्यसपछि नेपालले फिलिपिन्सविरुद्ध एक मैत्रीपूर्ण खेल त खेल्यो । तर, यो कुनै स्थितिमा साफ च्याम्पिनयसिप जत्तिको प्रतियोगितालाई सुहाउँदो तयारी थिएन । यो स्थितिले नेपाली फुटबललाई दिने शिक्षा हो, राष्ट्रिय टिमको तयारीका लागि समयको व्यवस्थापन ठीक ढंगले गर्नुपर्छ ।

पछि यस्तै स्थितिमा गुनासो गर्ने अवसर दिनुहुन्न । र, साफ च्याम्पियनसिपको अन्त्यसँगै नेपाली फुटबलले राष्ट्रिय टिमबारे एउटा ठोस निर्णय गर्ने समय आइसकेको छ । अब नेपाली फुटबलले राष्ट्रिय टिमको भविष्यलाई लिएर चाँडै ठोस निर्णय लिने समय भइसकेको छ ।

अबको समय भनेको पुस्ता हस्तान्तरणको हो । अबको समय भनेको केही पुराना खेलाडीलाई सम्मानसहित बिदा दिने हो । यहींनिर विदेश पलायन भइरहेका खेलाडीका कारण उत्पन्न भएको समस्याबारे गम्भीर भएर विवेचना गर्नु पनि आवश्यक छ । त्यही विवेचना र त्यसमा टिकेर गर्ने निर्णयले अबको नेपाली राष्ट्रिय टिमले सही गन्तव्य लिन सक्नेछ ।