फाल्गुन ९, २०८२ शनिबार | ०२:२२:१९
एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा
शनिबारको दिन अञ्जन बिष्ट

राष्ट्रिय टोलीबाट गोल कीर्तिमान: हरि र नीराजन पछ्याउँदै अञ्जन

काठमाडौं । नेपाली फुटबलको लागि चासोको एक सर्वकालीन कीर्तिमान हो १३ गोलको । नेपालले औपचारिक रूपमा सन् १९८२ देखि अन्तर्राष्ट्रिय फुटबल खेलेको मान्ने हो भने अहिलेसम्म दुई खेलाडीले समान सर्वाधिक १३ गोल गरेका छन् । यी दुई खेलाडी हुन् हरि खड्का र नीराजन रायमाझी ।

दुवै खेलाडी धेरै अर्थमा समकालीन खेलाडी रहे । हरि केही हदसम्म सिनियर हुन् । जहाँ हरिको खेलाडी जीवन अपेक्षाकृत रूपमा लामो रह्यो, त्यहीं नीराजनको खेलाडी जीवन भने त्यहीं छोटो रह्यो । नीराजन आफ्नो खेलजीवनको उत्कर्ष रहेका बेला अविश्वसनीय ढंगले विदेश पलायन भए ।

नीराजन फेरि नेपाल फर्केर राष्ट्रिय टिममा पुनरागमन पनि गरे । यस विपरीत हरिको खेल जीवनमा त्यति साह्रो उतारचढाव रहेन । हरिले सबैभन्दा पहिले १३ गोलको कीर्तिमान बनाए । यो कीर्तिमान केही समय कायम रह्यो । पछि त्यसलाई नीराजनले बराबरी गरेका थिए । त्यसपछि यो कीर्तिमान लामो समय पहुँचभन्दा बाहिर रह्यो । लागिरहेको थियो सायद यो कीर्तिमान अब कसैले छुन सक्दैनन् । त्यसलाई भंग गर्ने त परकै कुरा । तर एकाएक यो परिदृश्यमा देखापरे अञ्जन विष्ट ।

अहिले साफ च्याम्पियनसिप २०२३ चलिरहेको छ र नेपालले आफ्नो पहिलो खेल खेलिसकेको छ कुवेतविरुद्ध । त्यसमा नेपालको तर्फबाट सम्भव एक गोल अञ्जनकै नाममा रह्यो । यो रह्यो उनको १२ औं गोल । ढिलोचाँडो अञ्जनले हरि र नीराजनको कीर्तिमान भंग गर्ने पक्कापक्की जस्तै छ । हुनसक्छ, अञ्जनले यो कीर्तिमान बेंगलुरुमै हात पार्न सक्नेछन् । कम्तीमा बराबरी, होइन भने कीर्तिमान नै उछिन्ने अवसर छ ।

सबैभन्दा पहिले हरिकै कुरा । हरिले सबैभन्दा पहिले सन् १९९५ मा गोल गरे पाकिस्तानविरुद्ध । अवसर थियो सार्क गोल्डकप । त्यही वर्ष दक्षिण एसियाली खेलकुदमा हरिले माल्दिभ्सविरुद्ध आफ्नो दोस्रो गोल गरेका थिए ।

हरिको तेस्रो गोल सन् १९९६ मा सम्भव भयो ओमानविरुद्ध एसिया कप छनोटमा । हरिको चौथो गोल सन् १९९७ मा मकाउविरुद्ध रह्यो विश्वकप छनोटमा । सन् १९९९ मा भारतको गोवामा साफ च्याम्पियनसिप भएको थियो र त्यसमै हरिले पाँचौ र छैटौं गोल गरेका थिए । प्रतिद्वन्द्वी थियो माल्दिभ्स । सन् १९९९ मै काठमाडौंमा दक्षिण एसियाली खेलकुद भएको थियो, त्यसमा भुटानमाथि प्राप्त ७ गोलको जितमा हरिले दुई गोल गरे । त्यसमा उनको गोल संख्या पुग्यो ८ । त्यसै प्रतियोगितामा उनले पाकिस्तानविरुद्ध पनि गोल गरे । यो नवौं गोल भयो । उनी त्यत्तिकै रोकिएनन्, त्यही प्रतियोगितामा माल्दिभ्सविरुद्ध पनि गोल गरेर दसौं गोल पुर्याए ।

सन् २००१ को विश्वकप छनोटमा मकाउविरुद्ध हरिले एक गोल गरेका थिए, जुन उनको व्यक्तिगत ११ गोल थियो । हरिको १२ औं गोल रह्यो, त्यही विश्वकप छनोटमा इराकविरुद्ध । सन् २००३ मा एसिया कप छनोट प्रारम्भिक चरणको अफगानिस्तानविरुद्धको खेलमा हरिले गोल गरेका थिए । यो भयो उनको कीर्तिमान १३ औं गोल ।

नीराजनले सन् २००० मा नेपालका लागि पहिलो गोल गरे । अवसर थियो एसिया कप छनोटमा भुटानविरुद्ध । उनले सन् २००१ को विश्वकप छनोटमा कीर्तिमान ७ गोल गरे । यस प्रकार उनको गोलसंख्या आठ पुग्यो । नीराजनले इरानविरुद्ध दुई र मकाउविरुद्ध पाँच गोल गरेका थिए । मकाउविरुद्ध नीराजनको एक ह्याट्रिक पनि रहेको थियो ।

सन् २००३ मा ढामा भएको साफ च्याम्पियनसिपमा नीराजनले दुई गोल गरे भुटान र माल्दिभ्सविरुद्ध । यसरी उनको गोल संख्या १० पुग्यो । लगत्तै हरिले जुन खेलमा १३ गोल गरेका थिए, त्यही खेलमा नीराजनले आफ्नो १२औं गोल गरेका थिए अफगानिस्तानविरुद्ध । नीराजनको १३ औं गोल भने सन् २००८ मा आएर सम्भव भयो । यो गोल पाकिस्तानविरुद्ध साफ च्याम्पियनसिपमै थियो ।

अब अञ्जनको पालो आएको छ हरि र नीराजन रायमाझीलाई उछिन्ने । प्रश्न यत्तिमात्र हो, अञ्जनले यो अवसर अहिले नै चुम्न सक्लान् त ?