पुस ३०, २०८२ बुधबार | १७:४१:०१
एन्फा बैठकमा भएन चुनाव विवादको छलफल, लिग गर्न पैसा नहुने संस्थाको बजेट डेढ अर्बभन्दा बढि साफ फुटसल च्याम्पियनसिपः भुटान र श्रीलंकाले खेल्यो रोमाञ्चक बराबरी शहीद मानबहादुर स्मृति कप माघ ३ गते देखि एन्फा राष्ट्रिय लिगः काँक्रे बिहारविरुद्ध फ्रेन्ड्सको सानदार जित भारत शृंखला कब्जा गर्ने योजनामा, दबाबमा न्युजिल्यान्ड अदालत र राखेपले निर्वाचनको सबै प्रक्रिया रोकेपछि एन्फाको बैठक आज बस्दै साउदी पुगेका कन्सेलो बार्सिलोना फर्किए पहिलो लेगमा सिटीको सहज जित वार्म अप खेलमा नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकासँग बराबरीमा रोकियो नेपाल एन्फा बैठकमा भएन चुनाव विवादको छलफल, लिग गर्न पैसा नहुने संस्थाको बजेट डेढ अर्बभन्दा बढि साफ फुटसल च्याम्पियनसिपः भुटान र श्रीलंकाले खेल्यो रोमाञ्चक बराबरी शहीद मानबहादुर स्मृति कप माघ ३ गते देखि एन्फा राष्ट्रिय लिगः काँक्रे बिहारविरुद्ध फ्रेन्ड्सको सानदार जित भारत शृंखला कब्जा गर्ने योजनामा, दबाबमा न्युजिल्यान्ड अदालत र राखेपले निर्वाचनको सबै प्रक्रिया रोकेपछि एन्फाको बैठक आज बस्दै साउदी पुगेका कन्सेलो बार्सिलोना फर्किए पहिलो लेगमा सिटीको सहज जित वार्म अप खेलमा नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकासँग बराबरीमा रोकियो नेपाल
शनिबारको दिन साफ च्याम्पियनसिप

भारत मुख्य दाबेदार

काठमाडौं । साविक विजेता भारतलाई यसपाली पनि उपाधिको प्रमुख दावेदारका रुपमा हेरिएको छ । सर्वाधिक आठ पटकको साफ च्याम्पियनसिप विजेता भएकाले मात्र होइन भारतलाई यसपाली पनि उपाधिको प्रबल दाबेदारका रुपमा हेरिएको । पछिल्ला वर्षहरुमा भारतीय फुटबलले मारेको छलाङका आधारमा घरेलु टोली साफ च्याम्पियनसिपको मुख्य दाबेदार बनेको हो ।

भारतले आइतबार मात्र आफूभन्दा माथिल्लो वरियताको लेबनानलाई २-० ले पराजित गर्दे टोलीले भुवनेश्वरको कलिङ्गा रंगशालामा ‘हिरो इन्टरकन्टिनेन्टल’ प्रतियोगिताको उपाधि हासिल गरेको थियो । राउन्ड रोबिन पद्धतिमा खेलाइएको प्रतियोगितामा भारतले फाइनलसँगै कुनै पनि खेलमा गोल खाएको थिएन ।

दुई वर्षअघि माल्दिभ्सको मालेमा सम्पन्न १३ औं साफ च्याम्पियनसिपको फाइनलमा नेपालमाथि ३-० को सहज जित हासिल गर्दै भारतले कीर्तिमानी आठौं पटक साफको उपाधि जितेको थियो । दुई वर्ष अगाडि भएको प्रतियोगितामा टोलीको नेतृत्व क्रोएसियाली प्रशिक्षक इगोर स्टिमेकले गरेका थिए । यसपाली पनि स्टिमेककै नेतृत्वमा टोलीले उपाधि रक्षा अभियान थाल्दैछ ।

नवौं पटक उपाधि जित्ने लक्ष्यको सुरुआत भारतले बुधबार चिर प्रतिद्धन्द्धी पाकिस्तानसँग खेल्दै गर्नेछ । घरेलु टोलीले दोस्रो खेलमा असार ९ गते नेपाल तथा तेस्रो खेलमा असार १२ गते कुवेतको सामना गर्नेछ ।

बेङलुरुमा यसपाली पनि भारतीय टोलीका मुख्य हतियार हुनेछन् कप्तान सुनिल क्षेत्री । सुनिल साफ च्याम्पियनसिप इतिहासको सर्वाधिक सफल खेलाडी तथा कम्तान हुन् । उनको नेतृत्वमा भारत तीन पटक विजेता र दुई पटक उपविजेता भएको छ । प्रतियोगितामा सर्वाधिक १८ गोल गर्ने कीर्तिमान पनि उनकै नाममा छ । त्यस्तै गोलकिपर गुरप्रीत सिंह सन्धु र रक्षक सन्देश झिंगनको प्रदर्शन पनि हेर्नलायकको हुनेछ ।

कुनैबेला भारत विश्वकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता फिफा विश्वकपमा पनि छनोट भइसकेको टिम हो । यो कुरा हो १९५० को । त्यतिबेला फुटबल खेल्ने जुत्ता नहुँदा भारतले ब्राजिलमा सम्पन्न उक्त विश्वकपबाट नाम फिर्ता लिएको थियो । त्यसको एक वर्षमै उसले घरेलु भूमिमा सम्पन्न एसीयाली खेलकुदमा स्वर्ण पदक जितेको थियो । जार्कातामा सम्पन्न १९६२ को एसीयाली खेलकुदमा पनि टोलीले स्वर्ण पदक हासिल गरेको थियो ।

यसबाहेक भारत १९६४ एफसी एसियन कपमा उपविजेता र २००८ एफसी च्यालेन्ज कपमा च्याम्पियन बनेको थियो । यसैगरी २०११, २०१९ र २०२३ का एसियन कपमा लगातार छनोट भएर भारतले आफूलाई एसियाली स्तरमा उक्लँदै गरेको टोलीका रुपमा उभ्याएको छ । यसकारण पनि साफ च्याम्पियनसिपमा फिफा विश्व वरियताको १०१औं स्थानमा रहेको भारत मुख्य दाबेदार हो