चैत्र ४, २०८२ बुधबार | १६:००:५२
सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल
शनिबारको दिन साफ च्याम्पियनसिप

भारत मुख्य दाबेदार

काठमाडौं । साविक विजेता भारतलाई यसपाली पनि उपाधिको प्रमुख दावेदारका रुपमा हेरिएको छ । सर्वाधिक आठ पटकको साफ च्याम्पियनसिप विजेता भएकाले मात्र होइन भारतलाई यसपाली पनि उपाधिको प्रबल दाबेदारका रुपमा हेरिएको । पछिल्ला वर्षहरुमा भारतीय फुटबलले मारेको छलाङका आधारमा घरेलु टोली साफ च्याम्पियनसिपको मुख्य दाबेदार बनेको हो ।

भारतले आइतबार मात्र आफूभन्दा माथिल्लो वरियताको लेबनानलाई २-० ले पराजित गर्दे टोलीले भुवनेश्वरको कलिङ्गा रंगशालामा ‘हिरो इन्टरकन्टिनेन्टल’ प्रतियोगिताको उपाधि हासिल गरेको थियो । राउन्ड रोबिन पद्धतिमा खेलाइएको प्रतियोगितामा भारतले फाइनलसँगै कुनै पनि खेलमा गोल खाएको थिएन ।

दुई वर्षअघि माल्दिभ्सको मालेमा सम्पन्न १३ औं साफ च्याम्पियनसिपको फाइनलमा नेपालमाथि ३-० को सहज जित हासिल गर्दै भारतले कीर्तिमानी आठौं पटक साफको उपाधि जितेको थियो । दुई वर्ष अगाडि भएको प्रतियोगितामा टोलीको नेतृत्व क्रोएसियाली प्रशिक्षक इगोर स्टिमेकले गरेका थिए । यसपाली पनि स्टिमेककै नेतृत्वमा टोलीले उपाधि रक्षा अभियान थाल्दैछ ।

नवौं पटक उपाधि जित्ने लक्ष्यको सुरुआत भारतले बुधबार चिर प्रतिद्धन्द्धी पाकिस्तानसँग खेल्दै गर्नेछ । घरेलु टोलीले दोस्रो खेलमा असार ९ गते नेपाल तथा तेस्रो खेलमा असार १२ गते कुवेतको सामना गर्नेछ ।

बेङलुरुमा यसपाली पनि भारतीय टोलीका मुख्य हतियार हुनेछन् कप्तान सुनिल क्षेत्री । सुनिल साफ च्याम्पियनसिप इतिहासको सर्वाधिक सफल खेलाडी तथा कम्तान हुन् । उनको नेतृत्वमा भारत तीन पटक विजेता र दुई पटक उपविजेता भएको छ । प्रतियोगितामा सर्वाधिक १८ गोल गर्ने कीर्तिमान पनि उनकै नाममा छ । त्यस्तै गोलकिपर गुरप्रीत सिंह सन्धु र रक्षक सन्देश झिंगनको प्रदर्शन पनि हेर्नलायकको हुनेछ ।

कुनैबेला भारत विश्वकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता फिफा विश्वकपमा पनि छनोट भइसकेको टिम हो । यो कुरा हो १९५० को । त्यतिबेला फुटबल खेल्ने जुत्ता नहुँदा भारतले ब्राजिलमा सम्पन्न उक्त विश्वकपबाट नाम फिर्ता लिएको थियो । त्यसको एक वर्षमै उसले घरेलु भूमिमा सम्पन्न एसीयाली खेलकुदमा स्वर्ण पदक जितेको थियो । जार्कातामा सम्पन्न १९६२ को एसीयाली खेलकुदमा पनि टोलीले स्वर्ण पदक हासिल गरेको थियो ।

यसबाहेक भारत १९६४ एफसी एसियन कपमा उपविजेता र २००८ एफसी च्यालेन्ज कपमा च्याम्पियन बनेको थियो । यसैगरी २०११, २०१९ र २०२३ का एसियन कपमा लगातार छनोट भएर भारतले आफूलाई एसियाली स्तरमा उक्लँदै गरेको टोलीका रुपमा उभ्याएको छ । यसकारण पनि साफ च्याम्पियनसिपमा फिफा विश्व वरियताको १०१औं स्थानमा रहेको भारत मुख्य दाबेदार हो