चैत्र १७, २०८२ मंगलबार | ०९:४०:४५
दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना
शनिबारको दिन सहिद स्मारक ‘ए’ डिभिजन लिग

‘सायद लिगको कथा बेग्लै हुन्थ्यो’

काठमाडौं । साबिक विजेता मछिन्द्र एफसी जुन दिन च्यासल रंगशालामा नेपाल पुलिस क्लबसँग २-१ ले पराजित भयो, त्यस दिन मुख्य प्रशिक्षक किशोर केसीको अनुहारमा रिस, राग, आक्रोश, तनाव सबै भरिएको थियो ।

मानौं, अनुहारबाट आगो निस्कने छ । पत्रकारसँगको कुराकानीमा कोही कसैलाई गाली गर्न बिर्सेनन् । यो भयो सहिद स्मारक लिगको २४ औं चरणका प्रसंग । त्यही मछिन्द्रले २५ औं चरणमा हिमालयन शेर्पालाई दशरथ रंगशालामा ३-१ ले हरायो । यस नतिजाले टोलीको कम्तीमा दोस्रो स्थानमा रहने निश्चित गरायो ।

यो खेलपछि तिनै पत्रकारसँगको कुराकानीमा भने प्रशिक्षक केसी खुसी देखिए । अनुहारमा प्रसन्नता झल्कन्थ्यो । त्यही दिन मछिन्द्रसँग उनको दुई महिनाको अनुबन्ध पनि सकिएको थियो । प्रशिक्षक केसीले यसैक्रममा मुसुक्क हाँसे अनि भने, ‘मछिन्द्रसँग पछिल्लो दुई महिनाको यात्रा सुखद रह्यो ।’

त्यही बेला उनले एकथान आफ्नो विचार पोखे भित्री मनदेखि नै । सुनाए, ‘सायद त्यो पुलिससँगको खेलमा हामीले विदेशी खेलाडी खेलाउन पाएको भए लिगको कथा बेग्लै हुने थियो ।’

हो नै । यो २४ औं चरणको खेलमा एउटा ठूलो विशेषता के थियो भने केही टिमले आफ्ना विदेशी खेलाडीलाई मस्तसँग खेलाए । कसैले सक्दै सकेनन् । कुरा वर्क परमिटको थियो । केही विदेशी खेलाडीको वर्क परमिट सकिएको थियो, समयमै त्यसमा समय थप्ने काम भएन । यसको सबैभन्दा ठूलो मार साबिक विजेता मछिन्द्रलाई नै परेको थियो । टोलीले आफ्ना दुई नियमित खेलाडी ओमोलाजा करिम र आन्द्रेस निआलाई खेलाउन पाएको थिएन ।

त्यही चरणमा चर्च ब्वाइज युनाइटेडले जावलाखेल युथलाई ३-० ले हरायो । दुवै खेलमा अधिकांश विदेशी खेलाडी थिएनन् । विदेशी खेलाडीविनाको सबैभन्दा राम्रो टिम चर्च ब्वाइज नै थियो । जसले गर्दा जावलाखेललाई हराउन सफल रह्यो ।

यो खेल अघोषित फाइनलजस्तै थियो लिगको । यसमा आउने नतिजाको महत्वका दृष्टिले पनि । जावलाखेलले आफ्नो चुनौती कायम राख्न पनि यो खेल जित्नैपर्थ्यो, तर सकेन । उल्टै बराबरीको नतिजा निकाल्न पनि असफल भयो ।

यो खेलपछि त चर्च ब्वाइजलाई उपाधि जित्न एक अंक नै पर्याप्त भइसकेको थियो । त्यसलाई टोलीले अर्को खेलमा थ्रीस्टारसँग  गोलरहित बराबरी खेलेर प्राप्त गरेको थियो ।

यसपल्टको लिगमा लामै समयसम्म उपाधि होड धेरै अर्थमा त्रिकोणात्मक रह्यो । विशेषतः लिगका पछिल्ला चरणका कारण । यी चरणमा धेरै अर्थमा चर्च ब्वाइज भाग्यमानी रह्यो । जति-जति बेला चर्च ब्वाइजले जित निकाल्न सक्दैन थियो, मछिन्द्र र जावलाखेल पनि तीन अंक बटुल्न असफल रहन्थे ।

अनि चर्च ब्वाइजले तीनै अंक बटुल्दा भने मछिन्द्र र जावलाखेल उल्टै कमजोर साबित हुन्थे । यो शृंखला केही चरण चलेपछि त चर्च ब्वाइज निर्णायक अग्रता लिन सफल भयो । मछिन्द्रको सुरुआत राम्रो रहेन । त्यसको तुलनामा मुख्य प्रशिक्षकमा केसी आएपछि टिमको प्रदर्शनमा सुधार आएकै हो । तर, त्यो पर्याप्त रहेन । प्रशिक्षक केसीले भनेजस्तै त्यो २४ औं चरणमा अधिकांश टिमले आफ्ना विदेशी खेलाडीलाई नियमित अवस्थामा जस्तै खेलाउन पाएको भए सायद लिगको कथा बेग्लै हुने थियो कि ?