फाल्गुन २१, २०८२ बिहीबार | १५:४९:०५
फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो
शनिबारको दिन इतिहासको पानाबाट

भारतलाई हराएको त्यो संस्करण

काठमाडौं । सन् २०१३ मा फेरि एकपल्ट साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता नेपालमा फर्केको थियो । यो अवसर १६ वर्षको अन्तरमा जुरेको थियो । यही कारण नेपाली भूमि फेरि एकपटक दक्षिण एसियाली राष्ट्रमाझ फुटबलमय रह्यो ।

नेपालमा कुनै ठूलो फुटबल प्रतियोगिता हुनुपर्छ, पूरा देशलाई यो खेलको ज्वरोले समाउने गर्छ । धेरैलाई विश्वास थियो, सायद यसपल्ट नेपालले प्रतियोगिता जित्छ कि ? नेपालका प्रशिक्षक थिए, ज्याक स्टेफानोस्की । उनी दाबी गरिरहेका थिए, ‘हामी वास्तवमै साफमा बलियो चुनौती पेस गर्नेछौं ।’

नेपाल प्रतियोगिताको समूह ‘ए’ मा थियो । नेपालका प्रतिद्वन्द्वी थिए भारत, बंगलादेश र पाकिस्तान । कम्तीमा नेपालले सजिलै सेमिफाइनलमा स्थान बनाउन सक्थ्यो । तर, समूह आफैमा सहज थिएन ।

नेपाली टोली आफ्नो पहिलो खेलमा बंगलादेशलाई २-० ले हराएर सानदार सुरुआत गर्न सफल रह्यो । नेपालका लागि अनिल गुरुङ र भरत खवासले गोल गरेका थिए ।

फाइल तस्बिरः विकास कार्की

दोस्रो खेलमा नेपालको प्रतिद्वन्द्वी थियो पाकिस्तान । त्यस खेलमा सुरुमै पाकिस्तानले हसन बसारको गोलमा अग्रता लिएको थियो । पूरा खेल अवधिमा नेपाल दबाबमा रह्यो । दोस्रो हाफको इन्जुरी समय सुरु हुँदा पनि नेपाल एक गोलले पछाडि थियो । लागिरहेको थियो, अब नेपाललाई गाह्रो हुनेछ ।

ठीक त्यही बेला विमल घर्तीमगरले नेपालका लागि गोल गरे । उनको यो पहिलो अन्तर्राष्ट्रिय गोल थियो । यो गोलसँगै पूरा दशरथ रंगशालामा खुसीको लहर छाएको थियो ।

लिग चरणमा नेपालको अन्तिम खेल थियो, भारतविरुद्ध । त्यस खेलमा नेपाल २-१ ले विजयी भयो । समूह विजेता बन्न सफल भयो । भारतमाथि निर्धारित समयको खेलमा स्पष्ट जित हात परेको यो नै पहिलो अवसर थियो । त्यस अर्थमा यो ऐतिहासिक जित थियो । नेपालका लागि अनिल गुरुङ र जुमनु राईले एक-एक गोल गरे ।

यसरी नेपाल अपराजित रहँदै समूह विजेताका रूपमा सेमिफाइनल पुग्यो । भारत दोस्रो स्थानमा रहेर अन्तिम चारमा प्रवेश गरेको थियो । अर्को समूहबाट माल्दिभ्स र अफगानिस्तान सेमिफाइनल पुगेका थिए ।

फाइल तस्बिरः विकास कार्की

अन्तिम चारमा नेपालको प्रतिद्वन्द्वी थियो, अफगानिस्तान । यस्तोमा नेपालसामु प्रतियोगिताको इतिहासमै पहिलोपल्ट फाइनल प्रवेशको बलियो सम्भावना तयार भएको थियो । तर, फेरि एकपल्ट नेपाल सेमिफाइनलमै रोकिन पुग्यो । नेपाल १-० ले पराजित भयो । अफगानिस्तानका सान्दजर अहमदले गरेको गोलमा कुनै दम थिएन । त्यो गोल कसरी सम्भव भयो, त्यसलाई अहिलेसम्म पनि ठ्याक्कै वर्णन गर्न गाह्रो छ । खासमा यो गोलमा गोलरक्षक किरण लिम्बु नराम्रोसँग चुकेका थिए ।अहिले पनि किरणसँग कुराकानी गर्नुपर्छ । त्यो गोललाई लिएर उनमा ठूलो अपसोच छ । यो खेल पछाडिका अनेक कथा पनि छन् । तनाव, विवाद, आपसी आलोचनाबीच यो खेल सकिएको थियो । यस खेलबारे मात्र कुरा गर्न अलग्गै समय र अवसर चाहिन्छ ।

अर्को सेमिफाइनलमा भारतले माल्दिभ्सलाई १-० ले नै हरायो । सुनसान दशरथ रंगशालामै भएको फाइनलमा अफगानिस्तानले भारतलाई २-० ले स्तब्ध पार्दै उपाधि जितेको थियो ।